पर्वत समाज युएईमा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा पूर्ण भुसाल

पर्वत समाज युएईमा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा पूर्ण भुसाल

453
SHARES

युएई – पर्वत समाज युएईको अध्यक्षमा पूर्ण भुसाल सर्वसम्मत निर्वाचित भएका छन्। युएईमा सक्रिय पर्वत समाज युएईको दुबईमा भएको सातौँ अधिवेशन‌ले अध्यक्ष सहित सबै पदाधिकारी निर्विरोध निर्वाचित गरेको हो।

निर्वाचित कार्यसमितिको वरिष्ठ-उपाध्यक्षमा हरि प्रसाद शर्मा, प्रथम उपाध्यक्ष किशन पुलामी मगर सहित चार जना उपाध्यक्ष र महिला उपाध्यक्षमा रूपमा कुमारी अधिकारी निर्वाचित भएका छन्।

अधिवेशनबाट महासचिवमा जीवनाथ शर्मा, सचिवमा रमेश तिवारी र सञ्जीव अधिकारी निर्वाचित भएका छन् भने कोषाध्यक्षमा नवीन थापा र सह कोषाध्यक्षमा नारायण अधिकारी निर्वाचित भए। अधिवेशनले पालिका स्तरीय संयोजक समेत चयन गर्दै ५१ सदस्यहरू निर्वाचित गरेको छ।

उक्त अधिवेशनको उद्घाटन गर्दै उप–महावाणिज्य दूत, नेपाली महावाणिज्य दूतावास, दुबई, युएईका कृष्ण प्रसाद चापागाईँले आफू जन्मेको ठाउँ र समाजका लागि आफूहरू विश्वको जुनसुकै मूलकमा रहे पनि आफ्नो सिप र क्षमताले भ्याएसम्म सहयोग पुर्‍याउनु पर्नेमा सम्पूर्ण पर्वतेलीले विशेष जोड दिनु पर्ने बताए।

अधिवेशन कार्यक्रममा पर्वतबाट रोजगारीको सिलसिलामा आएका एक जना घाइतेलाई समाज देखि आर्थिक सहयोग समेत हस्तान्तरण गरिएको थियो।

त्यसैगरी, विशिष्ट अतिथि पर्वत समाज युएईका संरक्षक मोहन शर्मा ,आजीवन सदस्यहरू तथा साधारण सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

अधिवेशनमा एनआरएन युएई, नेपाली समाज युएई, स्याङ्जा समाज युएई, मोना युएई लगायतका सङ्घ संस्थाले नव निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना मन्तव्य दिएका थिए।

पर्वत समाज युएईलाई यहाँसम्म ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने निवर्तमान कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूले पुर्‍याएको योगदान, सेवा र समर्पणको उच्च मूल्याङ्कन गर्दै हार्दिक धन्यवाद ज्ञापन गरेको थियो।

समाजका अध्यक्ष तिलक सापकोटाको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा सन् २०१३ देखि मणि भुर्तेलको संयोजकत्वमा पर्वत समाज युएई गठन भएको हो।

समाचार शेयर गर्नुहोस्
453
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.