यौन तथा प्रजनन स्वास्थ्य

लैङ्गिक हिंसाका घटना कम गर्न सहयोग गर्ने नर्वेको प्रतिबद्धता

लैङ्गिक हिंसाका घटना कम गर्न सहयोग गर्ने नर्वेको प्रतिबद्धता

काठमाडौं : नर्वेले संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोष युएनएफपिएलाई नेपालमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार र लैङ्गिक हिंसाका घटना कम गर्न सहयोग रहने प्रतिबद्धता जनाएको छ।
युएनएफपिए नेपालको कार्यालय काठमाडौं तथा लैङ्गिक हिंसा सम्बन्धी एकद्धारा व्यवस्थापन केन्द्र ओसिएमसिको भ्रमणका क्रममा नर्वेका क्षेत्रीय अधिकारी वियोर शमसरले नर्वे सरकार लैङ्गिक समानता, महिला अधिकार, यौन तथा प्रजनन स्वास्थ्यमा समान पहुँच गराउन प्रतिबद्ध रहेको बताएकी हुन्।
२०१६ मा भएको नेपालको जनसङ्ख्या तथा स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा १५ देखि ४९ वर्ष उमेर समूहका प्रत्येक पाँच मध्ये एक जना महिलाले १५ वर्षको उमेरमा नै शारीरिक हिंसा भोग्न बाध्य रहेको देखिएको छ।
नेपालमा विवाह गर्ने उमेर २० वर्ष तोके पनि बालविवाह भइरहेको र प्रत्येक १० मध्ये एक जनाले १५ वर्षमा नै विवाह गर्न बाध्य रहेको सर्वेक्षणले देखाएको छ।
युएनएफपिए नेपालकी प्रतिनिधि लुब्ना बाकीले नेपाल महिलाको हक अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ अघि बढिरहेको र अझैँ पनि विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त भएका प्रतिबद्धताहरूलाई पुरा गर्न लागिरहेको बताइन।
युएनएफपिए नेपालले नर्वेजिएन दूतावास काठमाडौँ र स्विस एजेन्सी फर डेभलपमेन्टको सहयोगमा लैङ्गिकताको आधारमा हुने हिंसा रोकथाम तथा प्रतिक्रिया परियोजनाको दोस्रो चरण सुरु गर्न लागेको पनि युएनएफपिए नेपालद्वारा जारी गरिएको विज्ञप्तिमा लेखिएको छ। युएनएफपिए नेपालसँग सहकार्य गर्ने नर्वे सरकार चौथौँ ठुलो सहयोगी राष्ट्र रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.