विवादमा एनआरएनए

सांसदलाई ‘भाइरस’ भन्ने रविको अभिव्यक्तिले एनआरएनएमा तरङ्ग

सांसदलाई ‘भाइरस’ भन्ने रविको अभिव्यक्तिले एनआरएनएमा तरङ्ग

काठमाडौँ : विदेशमा बस्ने नेपालीको साझा संस्थाका रूपमा रहेको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) विवादमा परेको छ। विदेशमा रहेका करिब ८० लाख नेपाली आबद्ध रहेको सङ्घ कार्यकारी निर्देशकको राजनीतिक अभिव्यक्तिका कारण विवादमा परेको हो।

नेपाल सरकार, संसद् र संवैधानिक निकायहरूसँगको सहकार्यमा एनआरएनएले विदेशमा रहेका नेपालीको सहयोगार्थ काम गर्दै आएको जनाएको छ। संविधानको धारा १४ अनुसार विदेशमा रहेका नेपालीलाई गैरआवासीय नेपाली नागरिकता दिने मुद्दा संसद्मा विचाराधीन छ।

आगामी दिनमा सो विषयलाई नवनिर्वाचित सांसदहरूले टुङ्गो लगाउने बताइरहँदा सङ्घका कार्यकारी निर्देशक रबी किरण अधिकारीले सांसदहरूलाई भाइरसको संज्ञा दिएपछि विवादमा तानिएका हुन्। सङ्घको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा कार्यरत कार्यकारी निर्देशक अधिकारीले नवनिर्वाचित पदाधिकारीहरूलाई भाइरसको संज्ञा दिएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत संसद्मा भाइरसहरू छिरेको र ५ वर्षभित्र ९० प्रतिशत भाइरस प्रभावित हुने भन्दै जनप्रतिनिधिहरूमाथि प्रहार गरेका छन्। अधिकारीले फेसबुक मार्फत नै तीनै सांसदहरूलाई राजनैतिक र आर्थिक अधिकार सहितको दोहोरो नागरिकताको आवश्यकता थप पुष्टि भएको भनेका छन्।

सङ्घको उच्चस्रोतका अनुसार अधिकारीलाई सङ्घकी कार्यकारी अध्यक्ष रबिना थापाले मर्यादामा रहन भन्दै यसअघि नै पत्र थमाएकी थिइन्। उनी सुरु देखिनै विवादमा छन्।

साढे तीन लाख भन्दा कम तलबमा काम गर्दिन भनेर अन्तरवार्ता दिएका अधिकारी अहिले डेढ लाख तलबमा काम गरिरहेका छन्। अहिले उनको गतिविधिलाई नियाल्ने काम मात्र भएको छ।

यसअघि अधिकारीले अध्यक्ष थापालाई चुनौती दिँदै उनको निर्देशन नमान्ने ओठे जवाफ दिए पछि विवादमा तानिएका थिए। सङ्घको केन्द्रीय कार्यालयका एक कर्मचारीका अनुसार उनले सङ्घको कार्यालय भवनमा छुट्टै आफ्नो कोठा बनाएर एनजिओ र आएनजीओको काम गर्दै आएका छन्।

उनी सङ्घकी अध्यक्ष थापाका विरुद्ध पदाधिकारीहरू समक्ष उजुरी दर्ता गरे पछि थप विवादमा छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading