अमेरिकामा पुरुषसँग यौनसम्बन्ध राख्ने पुरुषले रक्तदान गर्न तीन महिना यौनसम्पर्क गर्न नपाउने

अमेरिकामा पुरुषसँग यौनसम्बन्ध राख्ने पुरुषले रक्तदान गर्न तीन महिना यौनसम्पर्क गर्न नपाउने

एजेन्सी : संयुक्त राज्य अमेरिकाले गे र बाइसेक्सुअल पुरुषहरूले रक्तदान गर्न सक्ने व्यवस्था विस्तार गर्ने घोषणा गरेको छ। समलिङ्गी र द्वयलिंगी पुरुषहरूलाई रक्तदान गर्न प्रतिबन्ध खुकुलो पार्दै अमेरिकाले सबै सम्भावित दाताहरूका लागि एउटै नियम बनाउन लागेको हो।

युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले रक्तदानका लागि अद्यावधिक गरिएको सङ्घीय दिशानिर्देशअनुसार, पुरुषसँग यौनसम्बन्ध राख्ने पुरुषले रक्तदान गर्नका लागि तीन महिनासम्म यौनसम्पर्क गर्न पाउने छैनन्।

सबै सम्भावित दाताहरूमाथि यौन झुकाव, यौन तथा लैङ्गिक क्रियाकलापको प्रवाह नगरी, नयाँ प्रश्नावलीका आधारमा जाँच गरिनेछ। यौनजन्य व्यवहार, हालको संलग्नता तथा साझेदार र अन्य कारकहरूमा आधारित एचआइभीका लागी उनीहरूको व्यक्तिगत जोखिम समेतको मूल्याङ्कन गर्नेछ।

‘यी सिफारिसहरूको कार्यान्वयनले एजेन्सी र एलजीबीटीक्यूआई प्लस समुदायका लागि महत्त्वपूर्ण कोसेढुँगाको प्रतिनिधित्व गर्नेछ’ एफडीएका जैविक चिकित्सा केन्द्रका निर्देशक डाक्टर पिटर मार्क्सले भने।

यो परिवर्तन दशकौँको आलोचनापछि आएको हो। सरकारले रक्तदान गर्न चाहने समलिङ्गी पुरुषहरूलाई अन्यायपूर्ण रूपमा भेदभाव गरेको छ। एचआइभी एड्सले विभिन्न पृष्ठभूमिका मानिसहरूलाई प्रभावित गर्न सक्ने सम्भावनाका बाबजुद उनीहरूलाई रक्तदान गर्नुअघि अतिरिक्त उपाय अपनाउन बाध्य पार्दै आएको छ।

नयाँ नियम जनवरीमै तयार गरिएको थियो। ब्लड बैङ्कहरूले यो नियममा रहेर यौन झुकावको सट्टा व्यक्तिगत व्यवहारमा ध्यान केन्द्रित गर्नेछन्।

नयाँ गाइडलाईनअनुसार, पछिल्लो तीन महिनामा गुदा मैथुन (एनल सेक्स) गरेको पाइए त्यस्ता समलिङ्गी पुरुषले रक्तदानका लागि थप समय कुर्नुपर्नेछ। ब्लड बैङ्कले उनीहरूलाई पछाडिको मिति दिएर पर्खन भन्नेछन्।
एफडीएले नयाँ नियम युके र क्यानडा जस्ता देशहरूमा नवीनतम वैज्ञानिक प्रमाणहरूमा आधारित मापदण्डहरूसँग मिल्दोजुल्दो रहेको बताएको छ।

समलैङ्गिक अधिकार समूहहरू र अमेरिकन मेडिकल एसोसिएसन जस्ता चिकित्सा सङ्गठनहरूले यौन झुकावमा आधारित नियमहरूको विरोध गरेका छन्।

एचआइभीका लागि सकारात्मक परीक्षण गर्ने जो कोहीलाई रक्तदान गर्न रोक लगाइनेछ भने एचआइभी रोकथामका औषधि जस्तै पीआरईपी लिने मानिसहरूलाई पनि उनीहरूको अन्तिम खुराकपछि तीन महिनासम्म प्रतिबन्ध लगाइनेछ।

एलजीबिटीक्यू अधिकार समूह मानव अधिकार अभियानले एफडीएको घोषणाको स्वागत गर्दै पीआरईपी लिने व्यक्तिहरूले पनि रगत दान गर्न सक्छन् भन्ने सुनिश्चित गर्न थप कदम चाल्नुपर्ने आवश्यकता औँल्याएको छ। एफडीएले भने पीआरईपीले स्क्रीनीङ्ग परीक्षणहरूमा भाइरस पत्ता लगाउन अझ गाह्रो बनाउन सक्ने बताएको छ।

रक्तदानसँग सम्बन्धित नीतिहरू लामो समयदेखि एलजिबिटीक्यू समुदायमा भावनात्मक भारको विषय बन्दै आएको छ, जसले एड्स सङ्कटका समयमा सरकार र नागरिक समाज सङ्गठनहरूबाट दुर्व्यवहार, उपेक्षा र भेदभावको सामना गर्नुपरेको थियो।

अमेरिकामा सन् १९८१ मा एड्सको पहिलो केस फेला परेको थियो। रिपब्लिकन राष्ट्रपति रोनाल्ड रेगनले सन् १९८५ को अन्त्यसम्म सार्वजनिक रूपमा यस रोगको बारेमा उल्लेख गरेनन्। रोगको सिकार भइरहेका एक व्यक्तिमाथि सहानुभूति देखाउँदा समलैङ्गिकतासँग जोडिएका कयौँ व्यक्तिलाई हानी गर्न सक्ने चिन्ता यसको आंशिक कारण थियो।

स्यान फ्रान्सिस्को एड्स फाउन्डेसनका अनुसार, रेगनले त्यसो गरेपछि देशभर २१ हजारभन्दा धेरै मानिसले एड्सबाट ज्यान गुमाइसकेका थिए।

यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार, अमेरिकामा काला र ल्याटिनी समलिङ्गी पुरुषहरूले एचआइभी सङ्क्रमितको ठुलो समूह बनाइरहेको छ।

यद्यपि, सबै पृष्ठभूमिका मानिसहरू एचआइभी सङ्क्रमण गर्न सक्छन्। तथापि, सिडीशीले सन् २०२० मा करिब २२ प्रतिशत मध्यमलैङ्गिक सम्पर्क यसका लागि जिम्मेवार रहेको बताएको छ।

सन् २०१५ मा एफडीएले पुरुषहरूसँग यौनसम्पर्क गर्ने पुरुषबाट रक्तदानमा अघिल्लो आजीवन प्रतिबन्ध हटायो र यसलाई एक वर्षको परित्याग आवश्यकतासँग बदल्यो, जुन सन् २०२० तीन महिनामा संशोधित गरियो।

अमेरिकामा हालै गरिएको एक सर्वेक्षणअनुसार, ६.४ प्रतिशत महिला र ४.९ प्रतिशत पुरुषले आफूलाई एलजिबीटी समुदायको हिस्साका रूपमा पहिचान गरेका छन्। हालैका दशकहरूमा अमेरिकी समाजले यस समुदायका सदस्यहरूलाई थप स्वागत र स्वीकार गरिरहेका छन्। यद्यपि यौन झुकाव र लैङ्गिक पहिचानमा आधारित भेदभाव अझै पनि संयुक्त राज्य अमेरिकामा गम्भीर चिन्ताको विषय हो।

सन २००१ मा गरिएको सर्वेक्षणमा ५३ प्रतिशत उत्तरदाताहरूले समलिङ्गी वा समलैङ्गिक सम्बन्धलाई नैतिक रूपमा गलत हो भनेका थिए भने सन् २०२० मा यस्तो जवाफ दिने उत्तरदाताको सङ्ख्या ३२ प्रतिशतमा झरेको थियो।

यो सामग्री अलजजिराबाट अनुवाद गरिएको हो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading