पराक्रम राणाको गैरकानुनी अभिव्यक्ति, अदालतमा मुद्दा दर्ता

पराक्रम राणाको गैरकानुनी अभिव्यक्ति, अदालतमा मुद्दा दर्ता

काठमाडौँ : पराक्रम राणाविरुद्ध लिखित गाली बेइज्जती मुद्दा दर्ता भएको छ। काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको मुद्दामा राणाले मुलुकी अपराध संहिता २०७४ को दफा ३०५,३०६(क), ३०७ बमोजिम कसुर गरेको दाबी गरिएको छ।

दफा ३०७ मा बेइज्जती गरेमा दुई वर्षसम्म कैद वा बिस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। राणाले यौनअभिमुखिकरणतर्फको झुकावलाई लिएर लिखित रूपमा सामाजिक सञ्जालको प्रयोग गरी सार्वजनिकिकरण, प्रवाहीकरण गरेको दाबी निवेदकले गरेका छन्।

मुलुकी अपराध संहिताको दफा ३०८ को हदम्याद भित्र कानुन बमोजिम गाली बेइज्जतीमा सजाय गरी क्षतिपूर्ति समेत दिलाउन माग गरिएको छ।

छिमेकी मुलुक भारतमा अध्ययन गरेका राणा नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारहरू तथा माहौल सुरक्षित र सुनिश्चित हुन थाले पश्चात् नेपाल आएका हुन्।

भारतको मुम्बईमा अध्ययन गरेर नेपाल फर्किएका परा अर्थात् पराक्रम एसजेवी राणा सोसल मिडिया इन्फ्लुएन्सरका रूपमा चिनिएका छन्। कुनै कुरामा अन्य व्यक्तिलाई प्रेरित गर्न सक्ने गुण हुने इन्फ्लुएन्सर पराक्रमलाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको संवैधानिक अधिकारबारे सामान्य ज्ञान समेत नभएको पाइएको छ।

समुदायको अधिकारको अभियानमा भाँजो हाल्न पराक्रम अगाडि देखिएका छन्। उनकै भनाइमा समुदाय विरोधी अभियानमा टिम नै परिचालन भएको छ। तपाईँको कुरा गर्न मिल्छ भन्ने प्रश्नमा पराक्रमले टिमसँग कुरा गर्नुपर्ने जवाफ दिए। एक साता अघि पराक्रमले पहिचानसँग भनेका थिए,’तपाईँलाई भोलि म्यासेज गर्छु, मेरो टिमसँग कुरा गरेर हुन्छ?’

तर उनले यस्तो म्यासेज छोडेको एक साता बढी भैसकेको छ। टिमसँग के कुरा भयो भन्ने प्रश्नमा उनले कुनै जवाफ दिएका छैनन्। कोभिडपछि नेपाल फर्किएका उनले आफूलाई समलिङ्गी पुरुषको पहिचानमा सञ्चारमाध्यमहरूमा अन्तरवार्ता समेत दिएका छन्।

आफ्नो जीवन बदल्नमा अङ्ग्रेजी गायक रिक्की मार्टिनको ठुलो हात रहेको बताउने उनी नेपालमा समुदायको अधिकारका लागि भएको सङ्घर्षबारे अनविज्ञ समेत देखिएका छन्। राणाले चैत २८ गते सामाजिक सञ्जाल इन्स्टाग्राममा लाञ्छनायुक्त, बेइज्जतयुक्त ट्रान्सफोविक भन्ने शब्द लेखेर आफ्नो अनविज्ञता सार्वजनिक नै गरे।

अपमानजनक, आपत्तिजनक, यौनअभिमुखिकरण प्रतिको झुकावलाई धज्जी उडाउने लाञ्छना, निन्दित, घृणित शब्द प्रयोग गरी राणाले सार्वजनिक रूपमा लिखित बेइज्जती गरेको दाबी निवेदकले गरेका छन्।

उनले वाक स्वतन्त्रता सम्बन्धी संवैधानिक र अन्तर्राष्ट्रिय कानुनहरूको मर्मविपरीत अपहेलना र द्वेष फैलाउने गरी अभिव्यक्ति सार्वजनिक गरेका हुन्। यस किसिमको अभिव्यक्तिलाई कानुनी मर्यादाभित्र ल्याई हदैसम्मको कारबाही गर्न निवेदकले माग गरेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading