निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

राष्ट्रपतिको सवारी गाडी कि पैदल?

राष्ट्रपतिको सवारी गाडी कि पैदल?

316
SHARES

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल बिहीबार दिउँसो इन्द्रजात्रा अवलोकनका लागि वसन्तपुर जाँदै छन्। राष्ट्रपति पौडेलको सवारी रुटमा नेपाली सेनाले बुधवार रेकी गरेको छ। राष्ट्रपति पौडेल जुद्ध सालिकसम्म गाडीमा सवार हुने गरी रुट तय भएको छ।

काठमाडौं महानगरपालिकाले जुद्ध सालिकबाट वसन्तपुरमा सवारी साधन प्रवेशमा गत असारदेखि रोक लगाएको छ। राष्ट्रपतिको सवारीलाई जुद्ध सालिकदेखि कुमारी घरसम्म प्रवेश गर्न दिने/नदिने निर्णय नगरिएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले गाडी लिएर जाने या पैदल जाने राष्ट्रपति पौडेलको चाहना अनुसार नै हुने बताए। ‘पैदल नै गए खोल्नु परेन,’उनले पहिचानसँग भने,‘गाडी लिएर जान चाहे विशेष भएकाले लान सक्नु हुन्छ।’

इन्द्रजात्राको मुख्य दिन बिहीबार राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका कुमारी, गणेश र भैरवको रथयात्रा हेर्ने तालिका छ। दिउँसो ३ बजे राष्ट्रपति पौडेल रथयात्रा अवलोकनका लागि वसन्तपुर पुग्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपतिलाई जुद्ध सालिकबाट कुमारी घरसम्म बग्गीमा लैजाने प्रस्ताव भने अस्वीकृत भएको छ। काठमाडौं महानगरपालिकाले जुद्ध सालिकबाट वसन्तपुरमा सवारी साधन प्रवेश निषेध गरेकाले बग्गीमा लैजाने प्रस्ताव इन्द्रजात्रा व्यवस्थापन समितिले गरेको थियो।

तर, महानगरपालिकाका मेयर शाहले हिँडेर जाँदा पनि हुने बताए पछि राष्ट्रपति पौडेललाई बग्गीमा लैजाने प्रस्ताव अस्वीकृत भएको स्रोतले बताएको छ। महानगरपालिकाका प्रवक्ता मानन्धरले जुद्ध सालिकबाट कुमारी घरसम्म बग्गीमा लैजाने कुरा नभएको बताए। गाडी प्रवेश निषेध गरिएकाले पैदल नै जानु पर्ने आशयको उनको भनाई थियो।

राष्ट्रपतिको सवारीमा बालेनको अडान

राष्ट्रपतिका लागि बिहीबार वसन्तपुरमा सवारी साधन खुला गर्न सकिने प्रवक्ता मानन्धरले बताए। ‘राष्ट्रपति पौडेल जुद्ध सालिकबाट पैदल नै जान्छन् या गाडीमा जान्छन् त्यसको टुङ्गो भोलि नै लाग्छ,’प्रवक्ता मानन्धरले पहिचानसँग भने,‘राष्ट्रपतिको चाहना अनुसार नै महानगरले व्यवस्थापन गरिदिने छ।’

इन्द्रजात्रा व्यवस्थापन समितिले सर्वसाधारणका लागि सवारी साधन निषेध गरिएकाले राष्ट्रपतिलाई बग्गीमा लैजान प्रस्ताव गरेको थियो। समितिको प्रस्तावमा मेयर बालेन्द्र शाहले असहमति जनाएका थिए।

बालेनको असहमति पछि राष्ट्रपति कार्यालयले परोपकार भिमसेनस्थानबाट राष्ट्रपतिको सवारी गराउने तयारी समेत गरेको थियो। तर, बालेनले जुद्ध सालिकबाट कुमारी घरसम्म गाडीमा जान चाहे त्यसै अनुसार गर्न भने पछि सवारीको रुट परिवर्तन नभएको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ।

इन्द्रजात्रा पर्वको अवसरमा वसन्तपुरमा बुधवार सामूहिक कुमारी पूजा गरिएको छ। हरेक वर्षझैँ यस वर्ष पनि इन्द्रजात्रा पर्वको पूर्वसन्ध्यामा सामूहिक कुमारी पूजा गरिएको हो। वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी इन्द्रजात्रा पर्व मनाइन्छ।

मङ्गलवार हुनुमानढोका अगाडि धार्मिक विधिअनुसार इन्द्रश्वजासहितको लिङ्गो ठड्याएपछि सुरु भएको यो जात्रामा विभिन्न प्रकारका नाचगान, रथयात्रा तथा देवीदेवताको पूजाआजा गरी ८ दिनसम्म मनाइँदै छ। इन्द्रजात्राको मुख्य दिन बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ।

बग्गीमा जाने भए राष्ट्रपति पौडेल

समाचार शेयर गर्नुहोस्
316
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.