केटीको भेषमा लुटपाट, पीडितलाई नै जेल हाल्ने धम्की

केटीको भेषमा लुटपाट, पीडितलाई नै जेल हाल्ने धम्की

8.6k
SHARES

काठमाडौँ : २९ भदौको बिहान ११:४० बजे नयाँ बसपार्कमा एक व्यक्तिले होटेल जाऊ भन्दै टोखा मिलनटोलमा रहेको सिद्धि गणेश गेस्टहाउस पुर्‍याए।

होटेलका कर्मचारीले रुम देखाए। उनी मिर्गौलाका बिरामी आराम गर्न होटेलको रुममा प्रवेश गरे। सडकको धुलो पखाल्न बाथरुम गए।

१६ वर्षकी वालिकाले बाथरुममा पानी छ्याप्न थालिन। ढोकाको कापैमा लुकेका महिला गेटअपका अर्का व्यक्ति पर्स निकालेर भागे।

पीडितले होटेल सञ्चालकसँग लुटिएको रकम फिर्ता मागे। रकम फिर्ता दिने भन्दा बालिका बलात्कारको आरोप लगाएर उल्टै थुनाउने धम्की दिए सञ्चालकले। ‘लुटिएको रकम फिर्ता पाउने त कुरै गरेनन्, उल्टै पीडामाथि थप पीडा व्यहोर्नु पर्‍यो,’गत शुक्रवार काठमाडौँ जिल्ला अदालत परिसरमा भेटिएका पीडितले पहिचानसँग भने,‘यस्तो उल्टो खेलाउनेहरूका कारण न्याय माग्दा अन्यायमा पर्ने डर हुँदो रैछ।’

तर, साहस आएको उनले बताए। गलत काम हुन नदिने अभियान सञ्चालन गरेकाहरूसँग भेटे पछि साहसका लागि प्रहरीमा उजुरी गरेको उनले बताए। गलत कामको भण्डाफोर गर्दै विकृति विसङ्गति अन्त्य गर्ने अभियान चलाएका समलिङ्गी तेस्रोलिंगीले न्यायका लागि साथ दिएका छन्।

मायाको पहिचान नेपालका स्वयंसेवकहरूले ती व्यक्तिलाई प्रहरी चौकी पुर्‍याए। सिसिटिभी फुटेज निकाल्न अनुरोध गरे। प्रहरीले फुटेज देखाउँदा ‘मेटी र केटी’ मिलेर लुटपाट गरेको देखियो। ‘हेर्नू त, मेटी र केटी मिलेर लुटेका,’पीडकहरूतर्फ देखाउँदै पीडितको साक्षी बसेका तेस्रोलिंगीले भने,‘कस्तो लुट्न जानेका।’

प्रहरीले सिसिटिभी फुटेजका आधारमा धादिङ गजुरीका एन्जेला तामाङ र १६ वर्षकी बालिकालाई पक्राउ गरेको छ। एन्जेलको नाममा यसअघि पनि लुटपाट, ठगी लगायतको उजुरी परेको छ। लामो कपाल किन्ने भनेर चिनेको ब्युटी पार्लरमा लगेर काट्न लगाउने र त्यहीँ कपाल आफ्नोमा हालेर मेटी बन्दै लुटपाट र ठगी गरेको उजुरी एन्जेलमाथि यसअघि पनि परेको प्रहरी स्रोतले बताएको छ।

सर्वोच्चको जुन आदेश जसले पारलिंगी पुरुषलाई पुरुष र पारलिंगी महिलालाई महिला बनाउँदै

चोरी मुद्दामा पक्राउ परेका एन्जेलासहित तीन जनाको काठमाडौँ जिल्ला अदालतमा बयान चलिरहेको छ। सरकारवादी मुद्दामा समेत केहीले वकिल राख्न सहयोग गर्ने भनेर फोन गरेको पीडित व्यक्तिले सुनाए। ‘बिरामी छु,दसैँमा घर जान पनि पाइएन,’पीडितले भने,‘मेरो लुटिएको पैसा फिर्ता भए हुन्छ, मुद्दा फिर्ता नलिए बलात्कारको मुद्दा हाल्ने भनेका छन्।’

काठमाडौँ जिल्ला अदालतका १ नम्बर न्यायाधीश राजेन्द्रकुमार सुवेदीको इजलासमा बिहीबारबाट बयान सुरु भएको छ। शुक्रवार पनि उनीहरूको बयान भएको छ। आदेश आए नआएको जानकारीमा नभएको काठमाडौँ जिल्ला अदालतका प्रवक्ता दीपक दाहालले बताए।

बयान नसकिए दसैँको बिदा पछि हुने बताए। ‘पक्राउ पुर्जीका लागि अनुमति दिने बाहेक नियमित काम बन्द भएको छ,’उनले पहिचानसँग भने,‘बयानको काम दसैँको बिदा सकिएपछि हुन्छ।’ बयान सकिए पछि थुनछेक बहस भएर आदेश आउने उनले बताए।

इजलासले पीडित व्यक्तिसँग आवश्यक परेमा बकपत्र गराउने भनेको छ। ‘उनीहरूसँग बयान लिए पछि आवश्यक परे बकपत्र गर्न बोलाउँछौ,’गएको शुक्रवार इजलासले भन्यो,‘आबश्यक्ता हेरेर हामी बोलाउँछौ।’

एन्जेलसहित तीन जनाले पीडित व्यक्तिको साथमा रहेको अमेरिकन डलर १०३०/–, कोरियन वोन २०,०००/– (बिस हजार), भारतीय रु.३००/– नेपाली १०,०००/– गरी जम्मा १,४५,०००/– (एक लाख पैँतालिस हजार) रकम लुटपाट गरेको अभियोग पत्र अदालतमा दायर भएको छ।

प्रहरीले सी.सी.टी.भि. फुटेजको आधारमा खोजतलास गर्ने क्रममा ५ असोजको राति ११ बजे टोखा न.पा. लक्ष्मीनगरमा एन्जेला र १६ वर्षकी बालिकालाई फेला पार्याे। सोधपुछ गर्दा लुटपाट गरेको स्वीकार गरे। लुटपाट गरेको साबित गरेकाले पक्राउ गरी थप अनुसन्धान एवं कारबाहीको लागी पठाएको प्रहरीले जनाएको छ।

महिला गेट-अपमा बलात्कार गर्ने गोरेसँगै जेलमा

यौनकर्मीका नाममा महिला गेटअप सहित लुटपाटमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन मायाको पहिचानमा आबद्ध भोलियन्टियरहरू पनि सक्रिय भएका छन्। उनीहरूले तेस्रोलिंगी यौनकर्मीको नाममा लुटपाट मच्चाउने, समाजमा विकृति फैलाउनेहरूका कारण वास्तविक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकार विहीन हुन नपरोस् भनेर सचेतना अभियान नै सञ्चालन गरेको बताएका छन्।

दोषी उम्कनु हुँदैन, निर्दोष फस्न हुँदैन भन्ने आफूहरूको अभियान रहेको उनीहरूले बताए। ‘फोहोर सफा गर्ने अभियानमा लागेका छौँ,’अदालतमा पीडितको न्यायका लागि पुगेका मायाको पहिचानमा आबद्ध समलिङ्गी तेस्रोलिंगीले भने,‘हामीलाई अधिकार विहीन बनाउन भइरहेको घुसपैठ अन्त्य गर्ने अभियानको सबैले साथ दिनुहुने आशा गरेका छौँ।’

भुटानी शरणार्थी, सुन तस्करीलाई देखाएर यो त सानो हो नि मिलाउनु पर्छ भन्नेहरू पनि रहेको उनीहरूले सुनाए। एन्जेला पक्राउ परे पछि लुटपाट, चोरीमा संलग्नहरूको गतिविधि कम भएको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले बताए।
घटना २८ भदौकाे हुनुपर्नेमा सच्याइएकाे छ। सम्पादक
हेर्नुस् भिडियो

केही वर्ष पहिलेका सम्बन्धित समाचारहरु

तेस्रोलिंगी साथी शिक्षकलाई कुटपीट गर्ने मोहिनी पक्राउ

तेस्रोलिंगी साथी शिक्षकलाई कुटपीट गर्ने मोहिनीलाई हिरासतमै राखेर कारवाही गर्न माग

डनका रुपमा चिनिएका मोहिनीलाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा दायर

मोहिनीलाई कारबाहीका लागि प्रहरी प्रशासनलाई सहयोग गर्ने समाजको प्रतिबद्धता

आफूलाई डन भन्दै कुटपीट गर्ने मोहिनीलाई कारवाही गर्न हस्ताक्षर संकलन

हिरासतमा रहेका मोहिनीको त्रास र आतंक कायम

मोहिनीलाई रिहा नगर्न समलिंगी तेस्रोलिंगीको माग

तेस्रोलिंगी डन मोहिनीले धम्की दिए फेरी हिरासतमा लिने : प्रहरी प्रशासन

तेस्रोलिंगी डन मोहिनीलाई रिहा नगर्न प्रहरी समक्ष पीडित समलिंगी तेस्रोलिंगीको दवाव

तेस्रोलिंगी डन मोहिनी दैनिक हाजिरी गर्ने शर्तमा रिहा

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.