डनका रुपमा चिनिएका मोहिनीलाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा दायर

डनका रुपमा चिनिएका मोहिनीलाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा दायर

काठमाडौं(पहिचान) चैत्र ८ -समलिंगी तेस्रोलिंगी माथि आतंक मच्चाउने मोहिनी र रजनका नामले चिनिने दिलिप राईलाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा म्याद थप गरेर तेस्रोलिंगी डनका रुपमा चिनिने मोहिनी विरुद्ध अनुशन्धान भइरहेको महानगरिय प्रहरी वृत्त दरवारमार्गका प्रहरी नायव उपरीक्षक रमेश बस्नेतले वताए ।

तेस्रोलिंगी साथी शिक्षक अनिल शेर्पालाई कुटपीट गरेको उजुरीका आधारमा पक्राउ परेका मोहिनीले प्रहरी समक्ष यसअघि पनि धेरै समलिंगी तेस्रोलिंगीलाई कुटपीट गरेको स्वीकार गरेकी छन् । महिले सम्झाउने बुझाउने भनेर दुई चार थप्पड हानेको हुँ, डनको रुपमा चिनिएका मोहिनीले प्रहरी समक्ष भनिन्, के मलाई मान्छे कुट्ने अधिकार छैन ? गल्ती स्वीकार गर्ने कि हिरासतमै रहने भन्ने प्रश्नमा मोहिनीले भनिन्, गल्ती गरेको छैन, हिरासतमा कति दिन राख्नु हुन्छ ?

उनलाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाएर सुधार्ने प्रयास गरिरहेको प्रहरी नायव उपरीक्षक बस्नेतले वताए । मोहिनीले ठमेल, रत्नपार्क र लाजिम्पाट क्षेत्रमा बसोबास गर्ने समलिंगी तेस्रोलिंगीलाई आफूले भनेको नमाने ज्यानै मार्ने धम्की दिदै आएकी थिइन् । साथी शिक्षक शेर्पा माथि कुटपीट गर्ने मोहिनीलाई पक्रन प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरी नायव निरीक्षक नेत्र रानाको टोलीलाई हम्मेहम्मे परेको थियो ।

उनले प्रहरीकै अगाडि पत्रकारलाई तस्विर नलिन र लिए जे पनि हुन सक्ने धम्की दिएकी थिइन । मोहिनीमा रहेको घमण्ड र चेतावनी पूर्ण भाषाले आफूहरु त्रासमा बाच्नु परेको समलिंगी तेस्रोलिंगीले वताएका थिए । उनीहरुले मोहिनीलाई सार्वजनिक अपराध ऐन अन्तर्गत भन्दा पनि ज्यानै मार्ने उद्योग अन्तर्गत मुद्धा चलाउन र आफूहरुको ज्यानको सुरक्षा गर्न प्रहरी प्रशासन समक्षा अनुरोध गरेका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.