निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

युरोपियन युनियनलाई भुटानी शरणार्थीको पत्र : जीवनयापन र स्वदेश फिर्तीको पहल गरिदिनु

युरोपियन युनियनलाई भुटानी शरणार्थीको पत्र : जीवनयापन र स्वदेश फिर्तीको पहल गरिदिनु

663
SHARES

काठमाडौं : भुटान स्वतन्त्र पिपुल्स फोरमले भुटानी शरणार्थीहरूको जीवनयापन र स्वदेश फिर्तीको पहल गरिदिन युरोपियन युनियन (ईयु) लाई पत्र पठाएको छ।

नेपालका शरणार्थी शिविरमा बस्ने शरणार्थीहरूले अकल्पनीय पीडा भोगिरहेको भन्दै फोरमले जीवनयापन र स्वदेश फिर्ताको पहल गरिदिन नेपाल र भुटान हेर्ने ईयुका डेस्क अफिसरलाई सम्बोधन गरेर पत्र पठाएको हो।

अन्तर्राष्ट्रिय निकायले भुटानी शरणार्थीहरूको दुर्दशामा चिन्ता गर्नुलाई फोरमले उच्च सम्मान गरेको पत्रमा उल्लेख गरेको छ। भुटान स्वतन्त्र पिपुल्स फोरमका महासचिव डीबी सुब्बाले भुटानी शरणार्थीको शान्ति र सम्मानका लागि ईयुको समर्थन आवश्यक रहेको पत्रमा लेखेका छन्।

भुटानी शरणार्थी शिविर भित्र विशेष गरी स्वास्थ्य, शिक्षा, कुपोषण लगायतका समस्या रहेको पत्रमा उल्लेख गरिएको छ। आर्थिक अवस्थाका कारण बालबालिकाहरू प्राथमिक शिक्षा लिने अवसरबाट वञ्चित हुनु परेको छ।

भुटानी शरणार्थीलाई पहिले सहयोग गरेको संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले अहिले सहयोग रोकेको छ। ‘दिगो समाधानका लागि समर्थन गरेको छैन’ महासचिव सुब्बाले पत्रमा लेखेका छन्,‘परोपकारी संस्थाहरू स्वास्थ्य सेवा, शिक्षा, सफा पानी र सरसफाइका आवश्यक सेवाहरू बन्द गरेको छ।’

शिक्षा, स्वास्थ्य सेवा र रोजगारी जस्ता आधारभूत अधिकारहरू खोसिएको छ। भुटानको शाही सरकारसँग स्वतन्त्रता र मानव अधिकारको माग गर्ने नागरिकलाई राजनीतिक बन्दी बनाइएको छ। उनीहरूको अवस्था सम्झन पनि महासचिव सुब्बाले पत्र लेखेर ईयुसँग अनुरोध गरेका छन्।

भुटानी जनताको सुरक्षा, सम्मानको अधिकार र इज्जत सुनिश्चित गर्ने, दबाइएका मुद्दाहरूको लागि शान्तिपूर्ण न्यायोचित समाधानको सुविधालाई प्रभावकारी रूपमा हेरिदिन पत्रमा आग्रह गरिएको छ। पत्रमा शरणार्थी शिविरका बासिन्दाहरू र सहकर्मी भुटानी नागरिकहरुबीचको सद्भावलाई प्रवर्द्धन गर्नका लागि ईयुले प्रयास गर्न सक्ने भनिएको छ।

सम्बन्धित समाचार

भुटानका प्रधानमन्त्रीलाई ह्युमन राइट्स वाचको पत्र : राजनीतिक बन्दीहरूलाई रिहा गर्नु

भुटानका प्रधानमन्त्रीलाई सुझाव : राजाको कठपुतली नबन्नु

भुटानका नवनिर्वाचित प्रधानमन्त्रीसँग देश निकालिएका नागरिकलाई स्वदेश फर्काउन अपिल

भुटानको लोकतन्त्र नक्कली, चुनाव नाटक मञ्चन मात्रै

भुटानी शरणार्थी : सर्वोच्चले मगायो उच्चको आदेश, कार्कीले गरे राजासँग अपिल

भुटानी शरणार्थी : दीर्घकालीन समाधानमा दबाब

परिवारले जुटाएको धरौटीमा रिहा भए रिजाल, दिए सबैलाई धन्यवाद

भुटानी शरणार्थी : प्रधानमन्त्रीको कुरा नक्कली, पीडामा सक्कली

भुटानी शरणार्थीलाई स्वदेश फिर्तीको चिन्ता, शिविरको नाम परिवर्तनले त्रसित

समाचार शेयर गर्नुहोस्
663
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.