राजनीतिमा लाग्न चाहने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई अवसर

राजनीतिमा लाग्न चाहने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई अवसर

270
SHARES
फाइल तस्बिर

काठमाडौं : मायाको पहिचान नेपालले करिब ३०० जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकलाई राजनीतिक समावेशी गराउने अठोटका साथ पाँच वर्षीय परियोजना सुरु गरेको छ।

राजनीतिमा पहिलेदेखि सक्रिय वा सक्रिय हुन चाहने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकहरूलाई राजनीतिमा समावेश गराउन परियोजना सुरु भएको मायाको पहिचान नेपालले जनाएको छ।

सातै प्रदेशबाट ४/४ जना, राजनीतिक दलका नेताहरूको उपस्थितिमा वैशाख १० र ११ गते, काठमाडौँमा परियोजनाको रूपरेखा तथा लक्ष्य, कार्यक्रम र कार्यतालिकामा परामर्श कार्यक्रम हुनेछ।

नेपालको संविधानको धारा ४२ ले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समेत राज्यका हरेक निकायमा समानुपातिक समावेशी हुने व्यवस्था सुनिश्चित गरेको छ।

तर कानुन बनाउँदा बेइमानी भएर यो अधिकार व्यवहारमा लागु हुन नसकेको पहिलो संविधान सभाका सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले बताए।

राजनीतिक समावेशीका लागि मायाको पहिचान नेपालले सर्वोच्च अदालतमा रिट पनि दायर गरेको छ। सर्वोच्चले रिटलाई अग्राधिकार दिएर सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

पहिलो संविधान सभामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबाट पन्तको प्रतिनिधित्व थियो। त्यसयता भएका दोस्रो संविधान सभा र दुई वटा आम चुनावबाट एक जना पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व हुन सकेन।

नीतिहरूको पनि राजनीतिमा समुदायको सहभागिता गराउने अठोटका साथ पन्तको नेतृत्वमा मायाको पहिचान नेपालले परियोजना सुरु गरेको हो।

समुदायकै व्यक्ति सङ्गठित हुन नसक्नु र विदेशी दातृ निकायको आर्थिक सहयोगमा मात्रै केन्द्रित रहँदा राजनीतिक दलको पदाधिकारी वा सदस्यका रूपमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व हुन सकेको छैन।

अधिकारका लागि लडिरहेका संस्थाका जिम्मेवार व्यक्ति स्वयम् समुदायभित्र द्वन्द्व सिर्जना गराउने मनसायले अघि बढ्दा समुदायका व्यक्तिमा सिर्जना भएको निराशा र पलायनको अवस्था आउन नदिन पाँच महिना अघि मात्रै स्थापना भएको मायाको पहिचान नेपालले सुरु गरेको परियोजना फलदायी हुने आशा समुदायका सदस्यहरूले गरेका छन्।

सम्बन्धित समाचार

राजनीतिमा आरक्षण माग गरिएको रिटलाई अग्राधिकार

चुनावमा समलिङ्गी तेस्रोलिंगी : राधाको जोगिएन जमानत, गोमा झिनो मतले पराजित

तेस्रोलिंगी डिलु बुदुजाको उम्मेदवारी कायम

चुनावमा अन्य : समानुपातिक तर्फ दुई जना उम्मेदवार, मतदानमा प्राथमिकता दिइने

पाल्हीनन्दनको उपाध्यक्षमा गीता सैथवारको उम्मेदवारी : नाचगान गरेर दुई पैसा कमाउने हो, खाने हो, त्यही देखेर तेस्रोलिंगी भनेछन्

जनताको सेवा गर्न उम्मेदवारी : तेस्रोलिंगी राधा मौसी

नवलपरासीमा मेयर पदका लागि तेस्रोलिंगी उम्मेदवार चयन

संविधान सभा चुनावमा उम्मेदवार बन्ने समलिंगी तेश्रोलिंगीको घोषणा (उम्मेदवारको नामावली सहित )

स्थानीय चुनावका मतदाता १ करोड ७७ लाख, ‘अन्य’ लैङ्गिक पहिचानका १८३ जना मात्रै

समाचार शेयर गर्नुहोस्
270
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.