अबको संसद्

चुनावमा समलिङ्गी तेस्रोलिंगी : राधाको जोगिएन जमानत, गोमा झिनो मतले पराजित 

चुनावमा समलिङ्गी तेस्रोलिंगी : राधाको जोगिएन जमानत, गोमा झिनो मतले पराजित 

काठमाडौँ : प्रतिनिधि र प्रदेश सभा चुनावको प्रत्यक्षमा उम्मेदवार बनेका समलिङ्गी तेस्रोलिंगी पराजित भएका छन्। प्रदेशसभा तेस्रोलिंगी महेन्द्र शाह तेली (राधा मौसी) र प्रतिनिधि सभामा गोमा तामाङ (शरीन) दुवै जना पराजित भएका हुन्। 

सर्लाही क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) मा नेपाली जनता पार्टीबाट उम्मेदवार रहेका तेस्रोलिंगी राधा मौसीले जमानत नै जोगाउन सकेनन्। मौसीले जम्मा १०९ मत मात्रै पाए। प्रदेश सभा (ख) मा काँग्रेसका कौशल किशोर राय ९ हजार ६२६ मत ल्याएर विजयी भए। प्रतिस्पर्धी लोसपाका मेयुर चौधरीले ९ हजार ४४७ मत पाए। 

जनताको सेवा गर्न उम्मेदवारी : तेस्रोलिंगी राधा मौसी

जसपाका अशोककुमार यादवले ८ हजार ९४० मत पाएर जमानत जोगाए पनि ६४९ मत पाएका जनमत पार्टीका दिलीपकुमार कर्ण र १०९ मत पाएका नेपाल जनता पार्टीका महेन्द्र साह तेली (राधा मौसी) ले जम्मा १०९ मत ल्याएर जमानत जोगाउन सकेनन्। राधा मौसीको निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका अरू १३ उम्मेदवारले एक मत पनि पाएनन्। 

प्रतिनिधि सभा सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका गोमा तामाङ (शरीन) झिनो मतले पराजित भएका छन्। २०४८ सालदेखिका सांसद अशोककुमार राई शरीन भन्दा जम्मा ४५३ मतान्तरले विजयी भए। 

२०५१ सालमा नेकपा एमाले सरकारमा निर्माण तथा यातायात मन्त्री, २०५३ सालमा संयुक्त सरकारको संसदीय व्यवस्था मन्त्री र २०६२ सालमा स्वास्थ्य मन्त्री बनेका राई २०७० सालको संविधान सभामा समानुपातिक तर्फबाट निर्वाचित भएका थिए। 

तिरस्कारका बिचमा मैले फुल फुलाउन खोजेको हो

एमाले छोडेर जनता समाजवादी पार्टीबाट चुनाव लडेका राईलाई समलिङ्गी शरीनले जित निकाल्न आच्छुआच्छु पारे। राई १७ हजार ५९ मत ल्याएर निर्वाचित भए। प्रतिस्पर्धी गोमाले १६ हजार ६०६ मत ल्याए। 

प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र मध्ये प्रत्यक्ष चुनाव लड्ने शरीन एक्लो उम्मेदवार हुन्। उनको पराजयसँगै प्रतिनिधि सभामा समलिङ्गीको यात्रा यो चुनावमा प्रतिस्पर्धामै रोकिएको छ। २०६४ को पहिलो संविधान सभा चुनावमा समलिङ्गी सुनिलबाबु पन्त समानुपातिक तर्फबाट निर्वाचित भएका थिए। 

सूचीमै समिति 

नेकपा एकीकृत समाजवादीको समानुपातिक तर्फ बन्द सूचीमा म्याग्दीबाट तेस्रोलिंगी डिलु बुदुजा (बद्री पुन) र दाङबाट शिल्पा चौधरी परेका छन्। निर्वाचन आयोगले लैङ्गिक पहिचान फरक परेको भन्दै बद्री पुनको नाम बन्द सुचीबाट हटाएको थियो। 

तेस्रोलिंगी डिलु बुदुजाको उम्मेदवारी कायम

पार्टीले बुझाएको सुचीमा महिला र मतदाता नामावली एवं नागरिकतामा तेस्रोलिंगी रहेकाले नाम हटाएको आयोगले सर्वोच्च अदालतको आदेश पछि बुदुजाको नाम कायम गरेको छ। दाङकी शिल्पा चौधरी समेत गरी समानुपातिक तर्फ दुई जना तेस्रोलिंगी चुनावी प्रतिस्पर्धामा छन्। 

समानुपातिक तर्फको मतगणना सकिनै लाग्दा बद्री र शिल्पालाई बन्दसूचीमा राखेको एकीकृत समाजवादीले भने थ्रेस होल्ड कटाउनै सकेको छैन। थ्रेस होल्ड कटाउने मत नपाए समाजवादीका समानुपातिक उम्मेदवार सबै पराजित हुनेछन्। समानुपातिकमा रहेका दुवै तेस्रोलिंगीको संसदीय यात्रा बन्दसूचीमै सीमित हुने देखिएको छ। 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.