संविधान सभा चुनावमा उम्मेदवार बन्ने समलिंगी तेश्रोलिंगीको घोषणा (उम्मेदवारको नामावली सहित )

संविधान सभा चुनावमा उम्मेदवार बन्ने समलिंगी तेश्रोलिंगीको घोषणा (उम्मेदवारको नामावली सहित )

  • बुधबार, असार १९ २०७०

काठमाडौं (पहिचान) असार १९ – अव लुकेर होइन, खुलेर आउनु पर्छ । खोइ त मेरो अधिकार नयाँ नेपालमा । कलाकार तेश्रोलिंगी समिक्षा राणाले गाएको यो गीतमा मात्रै होइन, नयाँ नेपालमा आफ्नो अधिकार खोज्दै समलिंगी तेश्रोलिंगी जागेका छन् । कति लुकेर बस्नु समलिंगी तेश्रोलिंगीले काठमाण्डौमा पत्रकार सम्मेलन गरेर भने : घर, परिवार, समाज र यो राज्यबाट विभेदमा परेका हामी सबैलाई अधिकार सम्पन्न गराउँछौ ।

हामी तोकिएको समयमा संविधान बनाउँछौ, भ्रष्टाचार अन्त्य गर्छौ समलिंगी तेश्रोलिंगी उम्मेदवारको भनाई थियो : सधै आफ्नो स्वार्थ पूरा गर्ने नेतालाई हेर्नु भो, अव हामीलाई मत दिएर हेर्नुहोस, यो देशको काँचुली फेर्छौ । यी भनाई समलिंगी तेश्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजले आगामी संविधानसभा चुनावमा यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको सहभागिता सकृयता लगायत संम्भाव्यता र उम्मेदवारी घोषणा कार्यक्रममा आएको हो ।

कार्यक्रममा उनीहरुले दोस्रो संविधानसभा निर्वाचनका लागि समलिङ्गी तेस्रोलिङ्गीहरुले आफ्नो उम्मेदवारी घोषणा गरे । कार्यक्रममा तेस्रोलिङ्गी पुरुष भक्ति शाहले घोषणा गरेको नामावली अनुसार आगामी संविधानसभा चुनावमा २८ जना तेस्रोलिङ्गी महिला, २० जना तेस्रोलिङ्गी पुरुष, एक जना अन्तरलिङ्गी र १३ समलिङ्गी पुरुष गरी ६२ जनाले उम्मेदवारी दिने छन् । उनीहरुले कुन पार्टीबाट संविधानसभामा भाग लिने भन्ने खुलाएका छैनन् ।

कार्यक्रममा पूर्व सभासद तथा नीलहिरा समाजका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले अघिल्लो संविधानसभामा भाग लिएका दलहरुसंग समलिङ्गी तेस्रोलिङ्गीहरुलाई समावेश गराउन छलफल भइरहेको बताए ।

छलफल टुङ्गोमा पुगेपछि कुन दलबाट कति उम्मेदवार प्रतिष्पर्धामा जाने भन्ने टुङ्गोलाग्ने पन्तको भनाई छ । तेस्रोलिङ्गी महिला भूमिका श्रेष्ठले भने आफु नेपाली कांग्रेस पार्टीबाट संविधानसभामा उम्मेदवार बन्ने घोषणा गरेकी छन् । उनी कांग्रेसकी महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि पनि हुन । कार्यकारी निर्देशक पन्तले संविधानसभाको माहोल तताउनका लागि आफुहरुले उम्मेदवारी घोषणा गरेको बताए ।

नया संविधानमा पहिचान, अधिकार र अवसरको सुनिश्चितताका लागि संविधान निर्माण गर्ने थलोमा जान पर्ने आवस्यकता महसुश गरी उम्मेदवारी घोषणा गरेको उनले बताए । अघिल्लो संविधानसभामा समानुपातिक तर्फका सभासद रहेका पन्त यस पटक भने आफु सभासद बन्न अनिच्छुक रहेको बताए । कार्यक्रममा उम्मेदवार विष्णु अधिकारीले दिशाहिन बनेको राजनीतिलाई सहि दिशामा डोह¥याई मुलुकलाई आर्थिक उन्नतीको बाटो तर्फ अग्रसर गराउन आफुहरु पनि संविधानसभामा पुग्नु पर्ने आवस्यकता देखि उम्मेदवारी घोषणा गरेको बताए ।

कार्यक्रममा नीलहिरा समाजकी अध्यक्ष पिङ्की गुरुङले आगामी संविधानसभाको चुनावका सन्दर्भमा राजनीतिक दल, निर्वाचन आयोग तथा नेपाल सरकारसंग समाजका तर्फबाट पेश गरिएको सात बुदे मागपत्रका बारेमा जानकारी दिएकी थिइन । सो मागपत्रमा यौनिक तथा लैङ्गिक समुदायले मतदान गर्न पाउने गरी नीति, कानुन र बातावरण बनाइनु पर्ने, निर्वाचन ऐनमा यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायका उमेर पुगेका नागरिकले आफ्नो पहिचान सहित उम्मेदवारी दिन सुनिश्चित गरिनु पर्ने, राजनीतिक दलहरुले अल्पसंख्यक समुदाय समलिङ्गी तेस्रोलिङ्गीलाई पनि समेटने गरी समावेशी रुपमा नीति परिवर्तन गर्नुपर्ने लगायतका माग समेटिएका छन् ।

पत्रकार सम्मेलनमा पन्तले के भन्नु भयो ?

यसपालि विघठित संविधानसभामा बितेको चार पाच बर्षको अनुभवद्धारा हामीले धेरै कुरा सिक्ने मौका पायौ । यो भन्दा अगाडीको सबिधानमा उल्लेख नभएको छुटेको अधिकार नपाएको समुदायभित्र हामी परेको हुनाले नयाँ सबिधानको असाध्यै टडकारो खाचो हामीलाई छ । सबभन्दा बढी खाचो भएका र आबश्यकता भएका समुदाय मध्ये एक नम्वरमा हामी पर्छौ । हाम्रो पहिचान होस, हाम्रा अधिकार सुनिश्चित हुन् । अवसरहरुको सुनिश्चित होस र हामीलाइ एउटा जिम्वेवार नागरीकको रुपमा स्थापित गराउने मौका पनि सबिधानले दिओस भन्ने पनि हाम्रो अपेक्षा रहेको छ । नया सबिधानमा हामी अधिकार मात्रै खोजिरहेका छैनौ ।

हामी एउटा जिम्मेवार नागरीकको हैसियत र भुमिका पनि खोजिरहेका छौ यो नया नेपालमा । अब हाम्रो पहिचान अनुसारकै हामीले मतदाता सुचिमा सुचिकृत हुन पाउनुपर्छ भनेर माग राख्यौ । निर्वाचन आयोगले त्यसलाइ सकारात्मक रुपमा सुनेर महिला पुरुष र तेश्रोलिङ्गी मतदाता सुचि हुने ढंगले अगाडी बढाइरहेको छ । अब त्यो कार्यन्वयन हुने क्रममा छ भन्ने लागेको छ । हुन त निर्वाचन आयोगले प्रचारप्रसार गरेको छैन । नील हिरा समाजको सम्पर्कमा रहेकालाई मात्रै थाहा छ ।

अहिलेसम्म त्यसकारण हाम्रो सन्जालमा भएकाहरुले केहिलाई थाहा छ सहरी क्षेत्रका तेश्रोलिङ्गीहरुले दर्ता गराउन जानु भएको छ तर दुर दराजमा गाँउमा रहनुभएका तेश्रोलिङ्गीलाइ थाहा छैन । तेश्रोलिङ्गीको मतदाता सुचिमा आफु सुचिकृत हुन अहिलेसम्म पनि सुचनाको अभावले पाउनु भएको छैन । निर्वाचन आयोगले बढी पहल गर्नुपर्छ भन्ने लाग्छ । अर्को नागरिकतालाई आधार मानेको छ । पुरुष या महिलाको नागरिकता लिएका तेश्रोलिङ्गीले पनि तेश्रोलिङ्गी हु भनेपछि तेश्रोलिङ्गीको मतदाता सुचिमा सुचिकृत गरिदिएको छ भने कतिलाइ गरिदिएको छैन । यो दोहोरो मापदण्ड हटाइनु पर्छ ।

राज्यले नागरिकता दिने निर्णय गरेपनि प्रसासनिक निकायले अप्ठयारो बनाइदिनु भएन । म अस्ति एक महिना अगाडी धनगढी नेपालगन्ज गएको थिए र महेन्द्रनगर पनि पुगेको थिए र त्यहाको सिडियोसंग मैले कुरा गरेको थिए । तपाइकोमा नागरिकता लिन आउने तेश्रोलिङ्गीहरु कतिको हुनुहुन्छ भनेर सोेधेको थिए । उहाले भन्नुभयो म भखरै नया आएको एउटा केस आएको थियो मैले उहालाइ डक्टरको प्रमाणपत्र लिएर आउनु भनिदिए भन्नुभयो ।

अब डक्टरले जाचेर कसरी दिन्छ तेश्रोलिङ्गी हो कि होइन भनेर ? जन्मदा छोरा जस्तो हुर्कदा छोरी जस्तो भएको डक्टरले के जाच्छ योनाङ्ग भनेको त जन्मदा जे छ त्यहि हुने हो । जन्मदर्तामा जे छ त्यहि नै हुने भइहाल्यो त्यसले त हुदैन भनेपछि ए मलाइ थाहा थिएन अब आउनेलाइ सजिलै दिन्छु भन्नुभयो । यसले गृहमन्त्रालय अन्तर्गतका प्रशासनमा रहेका नागरिकता दिने अधिकृतहरुलाई तेश्रोलिङ्गीले सहज तरिकाले नागरिकता पाउनुपर्ने गरी सचेत गराउनुपर्यो ।

गाविस सचिवहरुलाइ पनि सिफारीस लिन जादा यो छोरै जन्मेको अथवा छोरी नै जन्मेको भन्ने गरिएको छ । छोरा जन्मेका र पुरुषको स्वभावमा हुर्केका, छोरी जन्मेका र महिलाको स्वभावमा हुर्केका तेश्रोलिङ्गी होइन भन्छन प्रशासनका सरकारी अधिकारी । सरकारले बनाएको नीति नियम, ऐन कानुन र निर्देशन सिंहदरवारमा जसरी बनाइएको छ त्यसरीनै कार्यान्वन गर्न भन्नु पर्छ ।

को को हुन् त उम्मेदवार ?
सि.न. उम्मेदवारीको नाम जिल्ला पहिचान
१. भुमिका श्रेष्ठ काठमाण्डौ तेस्रोलिङ्गी महिला
२. निरुता पाण्डे “ “ “ “ “ “ “ “ “ “
३. ज्योति थापा भक्तपुर “ “ “ “ “
४. अञ्जली थापा चितवन “ “ “ “ “
५. कमल थपलिया “ “ “ “ “ “ “ “ “ “
६. एलिसा गुरुङ्ग “ “ “ “ “ “ “ “ “ “
७. राजु थकाली पोखरा “ “ “ “ “
८. विन्ध्या गौतम “ “ “ “ “ “ “ “ “ “
९. सपना थारु बर्दीया “ “ “ “ “
१०. परिना चौधरी नेपालगञ्ज “ “ “ “ “
११. मुस्कान श्रेष्ठ विराटनगर “ “ “ “ “
१२. क्रृषिना थापा सुनसरी “ “ “ “ “
१३. दुर्गा कर्णकार सिराहा “ “ “ “ “
१४. रविना नेपाल ईलाम “ “ “ “ “
१५. सिमरन शेरचन पोखरा “ “ “ “ “
१६. रोजिन गुरुङ्ग रुपन्देही “ “ “ “ “
१७. आनिक राना “ “ “ “ “ “ “ “ “ “
१८. सन्तु पुन “ “ “ “ “ “ “ “ “ “
१९. अनुपा साह बारा “ “ “ “ “
२०. पुष्पा लामा “ “ “ “ “ “ “ “ “ “
२१. नारायणी गोसाई “ “ “ “ “ “ “ “ “ “
२२. कम्रुद विनिया “ “ “ “ “ “ “ “ “ “
२३. मनिका शाही कैलाली “ “ “ “ “
२४. मनिला शर्मा महेन्द्रनगर कञ्चनपुर “ “ “ “ “
२५. सुदीप सिंह कैलाली
२६. चिन्तामणी नेपाल “ “ “ “ “
२७. रामचन्द्र चौधरी “ “ “ “ “
२८. निराजन चौधरी “ “ “ “ “
२९. प्रदीप यादव धनुषा समलिङ्गी पुरुष
३०. सञ्जय शर्मा सुनसरी “ “ “ “ “
३१. देबनारायण चौधरी राजविराज “ “ “ “ “
३२. मदान प्रसाद कुर्मी बरा “ “ “ “ “
३३. रोशन चौधरी मोरङ्ग “ “ “ “ “
३४. इन्द्र नारायण लेखी राजविराज “ “ “ “ “
३५. हरीमान श्रेष्ठ धनकुटा “ “ “ “ “
३६. राजु बराल चितवन “ “ “ “ “
३७ विष्णु निउरे “ “ “ “ “ “ “ “ “ “
३८. गणेश परिवार “ “ “ “ “ “ “ “ “ “
३९. देब श्रेष्ठ “ “ “ “ “ “ “ “ “ “
४०. विश्वराज अधिकारी हेटौडा “ “ “ “ “
४१. मनोरञ्जनकुमार बैद्य ललितपुर “ “ “ “ “
सि.न. उम्मेदवारीको नामहरु जिल्ला प्हिचान
१. सनक साप्कोटा भक्तपुर तेस्रोलिङ्गी पुरुष
२. अमित अधिकारी चितवन “ “ “ “ “
३. मिलन बास्तोला “ “ “ “ “ “ “ “ “ “
४. राज थापा पोखरा “ “ “ “ “
५. विष्णु अधिकारी “ “ “ “ “ “ “ “ “ “
६. राज चौधरी मोरङ्ग “ “ “ “ “
७. सुमन तामाङ्ग झापा “ “ “ “ “
८. विवेक सिंह बझांङ्ग “ “ “ “ “
९. मनिष यादव सप्तरी “ “ “ “ “
१०. रुपेश थापा बाग्लुङ्ग “ “ “ “ “
११. सुदीप गौतम मक्वानपुर “ “ “ “ “
१२. भक्ति शाह कैलाली “ “ “ “ “
१३… कल्पु गुरुङ्ग पर्सा “ “ “ “ “
१४. मिना नेपाली काभ्रे “ “ “ “ “
१५. शिला गुरुङ्ग बर्दिया “ “ “ “ “
१६. रिता यादव सप्तरी समलिङ्गी महिला
१७. विना गुप्ता पर्सा “ “ “ “ “
१८. विपना पनेरु गोरखा “ “ “ “ “
१९. प्रेङ्का सिंह कैलाली “ “ “ “ “
२०. विष्णुमाया चेपाङ्ग चितवन “ “ “ “ “
१. पार्बति रेग्मी बाजुरा कुल्देबमाण्डु अन्त्तरलिङ्गी

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.