स्थानीय चुनावमा ‘अन्य’ उम्मेदवार शून्य

पाल्हीनन्दनको उपाध्यक्षमा गीता सैथवारको उम्मेदवारी : नाचगान गरेर दुई पैसा कमाउने हो, खाने हो, त्यही देखेर तेस्रोलिंगी भनेछन्

पाल्हीनन्दनको उपाध्यक्षमा गीता सैथवारको उम्मेदवारी : नाचगान गरेर दुई पैसा कमाउने हो, खाने हो, त्यही देखेर तेस्रोलिंगी भनेछन्

काठमाडौं : नवलपरासी पाल्हीनन्दन गाउँपालिकाको उपाध्यक्षमा गीता सैथवार उम्मेदवार बनेकी छन्। सिके राउतको जनमत पार्टीले सैथवारलाई उपाध्यक्षको उम्मेदवार बनाएको हो।

जनमत पार्टीले अध्यक्षको उम्मेदवार शम्भु गुप्तालाई बनाएको छ। गुप्ता उपाध्यक्ष सैथवारसहित वैशाख ३० को चुनावका लागि भोट माग्न मतदाताको घरदैलामा पुगिरहेका छन्। सैथवारले २०७० सालमा भएको संविधान सभा सदस्यमा प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवारी दिएकी थिइन।

संविधान जारी भएपछि स्थानीय तहमा दोस्रो कार्यकालका लागि जनप्रतिनिधि चुन्न हुन लागेको चुनावमा उनले महिला लैङ्गिक पहिचानमा उम्मेदवारी दिएकी हुन्। ‘नेपालमा किन्नर र अन्यको दर्जा नै छैन,’उनले भनिन्,‘म किन्नर हुँ, तेस्रोलिंगी होइन।’

‘हिजडा’ भनेर सरापेका कांग्रेस मकवानपुरका सभापति लामाले मागे माफी, आचारसंहिता उल्लङ्घनमा परेन उजुरी

उनले आफ्नो पेसा नाचगान गर्ने रहेको सुनाइन। ‘अर्कोले देख्दा तेस्रोलिंगी देख्छन्, जनताले पनि तेस्रोलिंगी देख्छन्,’उनले पहिचानसँग भनिन्,‘मेरो पेसा नाचगान गरेर दुई पैसा कमाउने हो, खाने हो, त्यही देखेर तेस्रोलिंगी भनेछन्।’

सैथवारका बुबा आमा छैनन्। उनले श्रीमानकै नामबाट नागरिकता बनाएको बताइन। उनका श्रीमान् रामजीले दोस्रो विवाह गरेका छन्। ‘मेरा बच्चाबच्ची छैन,सौतेनी दोस्री बुढीको बच्चाबच्ची छ,’उनले भनिन्,‘बच्चा नहुनेभएपछि श्रीमाले दोस्रो विवाह गरे।’

उनी इन्डियामा किन्नरको अधिकार(दर्जा) भए पनि नेपालमा नपाएको बताउँछिन्। ‘नेपालमा तेस्रोलिंगी पुरुष पनि छन्,उनीहरू मेरो घरमा आएर बसेछन्,चियापानी खाना खाएछन्,’उनले भनिन्,‘इन्डियामा जस्तो नेपालमा दर्जा नै छैन।’

जनताको मन जित्ने भन्दा नेता रिझाएर टिकट लिनेहरूको वर्चस्व

उनको नेपाली नागरिकतामा महिला रहेको र नवलपरासी सुक्रोलीका पूर्व वडा अध्यक्ष रामजी सैथवारसँग विवाह गरेकी सैथवार नवलपरासी आएर बस्न थालेको २५३० वर्ष भएको अध्यक्षका उम्मेदवार शम्भु गुप्ताले बताए। ‘२५३० वर्षदेखि गाउँघरमा हुनुहुन्छ,जग्गा पनि छ उहाँको,’गुप्ताले पहिचानसँग भने,‘वडा रामपुरवा खडेरी छ,उजेनीमा घर छ, शुक्रोलीमा पूर्व वडा अध्यक्ष रामजी सैथवारसँग विवाह नै गर्नु भएको छ।’

उनले सैथवार महिला नै भनेर फिल्डमा भोट माग्दै हिँड्नु भएको सुनाए। बच्चा जन्माउन नसके पनि विवाह त गर्नै पर्ने भएकाले सैथवारले विवाह गरेको अध्यक्षका उम्मेदवार गुप्ताले बताए। ‘बच्चाबच्ची जन्माउन नसके पनि विवाह त गर्नुपर्छ,’उनले भने,‘हिन्दु धर्ममा पाप लाग्छ भनेर पनि विवाह गर्नुपर्छ नि होइन?’

निर्वाचन अधिकृतको कार्यालय नवलपरासीले सैथवारको मतदाता नामावली अनुसार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले निर्वाचन आयोगको अनुसूचीमा मतदाता नम्बर राखेपछि सबै विवरण आउने प्रणाली रहेको बताए।

२०७४ को चुनावमा अन्य लैङ्गिक पहिचानका दुई जनाले उम्मेदवारी दिएका थिए। तर दोस्रो कार्यकालका लागि हुन लागेको चुनावमा अन्य लैङ्गिक पहिचानका उम्मेदवार शून्य भएका छन्।

एमालेको विशेष कार्यक्रममा लैङ्गिक अल्पसङ्ख्यक, राप्रपाले दिएन चासो

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading