पिंकी गुरुङले शेयर बिक्री बापत समुदायबाट लाखौँ उठाएको आरोप

पिंकी गुरुङले शेयर बिक्री बापत समुदायबाट लाखौँ उठाएको आरोप

काठमाडौं : नील हिरा समाजकी अध्यक्ष सञ्जीव गुरुङ (पिंकी, शीतल)ले जलविद्युत कम्पनीको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यलाई शेयर बिक्री गरेर लाखौँ रकम उठाएको पाइएको छ। विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनी प्रा.ली.को नाममा समुदायबाट लाखौँ रुपैयाँ उठाएर अपचलन गरेको गुनासो पीडितहरूले गरेका छन्।

लमजुङ विचौर गा.वि.स. जन्मस्थान भएका काठमाडौं धापासी बस्ने गुरुङले जलविद्युत कम्पनीको शेयर भर्ने नाममा लाखौँ उठाएको पाइएको हो। २०५९ साल देखि ब्लु डाइमण्ड सोसाइटीमा फिल्ड वर्करको रूपमा काम गर्दै आएका समुदायका सदस्यसँग ११ हजार देखि लाखौँ रुपैयाँसम्म उठाएर ठगी गरेको आरोप गुरुङमाथि लागेको छ।

ब्यु डायमन्ड सोसाइटीकी अध्यक्ष गुरुङले २०७४ वैशाख १८ गतेका दिन रसुवा धुन्चे, ५ मा रहेको विवेकशील आदर्श इन्भेस्टमेन्ट क.प्रा.ली.नामको हाइड्रोपावरमा शेयर खुलेको भन्दै समुदायका सदस्यसँग नगद उठाएकी हुन्। कम्तीमा एक सय कित्ता किनेमा साँवाको ब्याज जोगिने गरी धेरै फाइदा हुन्छ भनी नगद उठाएका उनले सोधखोज गर्नेलाई आजभोलि भन्दै टार्दै आएका छन्।

तर, आजको मितिसम्म उक्त हाइड्रोपावर कम्पनीको शेयर नपरेको र साँवासमेत फिर्ता नपाएको पीडितहरूले बताए। ‘पटक पटकभेटी छलफल गर्दा पिङ्की गुरुङ भन्ने सञ्जीव गुरुङ र नागरिकतामा सुदिपा गौतम भएको ट्रान्सम्यान सुदिप गौतमसमेतलाई भेटी छलफल गर्दा नागरिकताको फोटोकपी र २ प्रतिफोटो दिनुस् भनी लिएकोमा हालसम्म पनि त्यो नागरिकता र फोटोको प्रयोग दुरुपयोग के भएको छ सो समेतको जानकारी पाएको छैन,’पीडितहरूले भने,साँवा ब्याज फिर्ता गर्नुस् भन्दा आज भोलि गर्दै अल्झाएका छन्।’

विवेकशील आदर्श इन्भेस्टमेन्ट क.प्रा.लिको शेयर उपलब्ध गराउने भनी विश्वास दिलाई रकम लिएकोमा सो नगरी झुक्क्याई दुःख हैरानी दिने नियतले धोका दिई ठगी गरेकोले कानुन बमोजिम सजाय गरी न्याय पाउन पीडितहरूले माग गरेका छन्।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्ने ब्लु डाइमण्ड सोसाइटीको अध्यक्ष पदमा रहेको व्यक्तिले भनेको ठिक साँचो होला भनी विश्वासमा पारी सो बमोजिमको कार्य नगरी करिब आठ वर्षसम्म रकम नदिएकोले ठगीमा परेको पीडितहरूले बताएका छन्।

उनले समुदायका सदस्यलाई आफ्नो विरुद्धमा बोले माटोमै मिलाइदिने धम्की समेत दिने गरेको गुनासो पीडितहरूले गरेका छन्। उनीहरूले अब आफूहरू प्रहरी समक्ष उजुरी गर्ने तयारीमा रहेको बताए।

सम्बन्धित समाचार :

हर्मोन क्लिनिक र लिङ्ग परिवर्तनको विरोध गर्नेलाई धम्की

अकालमा ज्यान गुमाउनु पर्ने अवस्थामा यौनिक अल्पसङ्ख्यक

लिङ्ग परिवर्तन गराउने धन्धाको संसदमा खैलाबैला, महिला बनेका पुरुष देखि तर्सिए सांसद

सांसद झाले गराइन सरकारको ध्यानाकर्षण : हर्मोन क्लिनिक र लिङ्ग परिवर्तनको गैरकानुनी काम तत्काल रोकियोस्

सांसदहरूले भने, ‘लिङ्ग परिवर्तन र हर्मोन बन्द गर्नुहोस्, मुद्दा साझा बनाउनुहोस्’

स्वार्थका लागि गठित समूह सक्रिय, पारदर्शिताको कुरा उठाउँदा जागिर चट

हर्मोन क्लिनिक सञ्चालन गर्न अमेरिकी अनुदान लिएको खुलासा

विपिनको निधनमा समुदायको वेदना : जसले जे भने पनि हार्दिक श्रद्धाञ्जली

वैवाहिक अधिकारको आवरणमा हार्मोन बाड्ने क्लिनिक

सर्वोच्चमा पहिलो रिट दर्ता गर्ने मध्येका एक वैद्यको निधन

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले गरे प्रश्न : व्यवस्था बदलिए पनि अवस्था उस्तै किन?

नेपालको सर्वेका लागि भुटानमा छलफल, अर्थले रोक्यो २७ करोड

व्यक्तिको स्वास्थ्य भन्दा अभियान रोकिने त्रास

हर्मोन प्रयोग गर्नेहरुमा मुटु र किड्नीको समस्या

नागरिकता बनाउन लिङ्ग परिवर्तनको प्रमाणपत्र किन?

किन लुक्यो ‘अन्य’ पहिचानको तथ्याङ्क? (भिडियो)

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.