“कुनै महिलासँगको मेरो सम्बन्ध अप्राकृतिक हो”

“कुनै महिलासँगको मेरो सम्बन्ध अप्राकृतिक हो”

20160304_151008ललितपुर (पहिचान) फागुन २१- “आज भन्दा १६ बर्ष अगाडि मानसिक रुपमा जेल जान पनि तयार भएर बस्नु पर्ने थियो, यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्य प्रहरीले पक्राउ गर्ने डर र त्रासमा बाच्नु पथ्र्यो, कसैले डोका खोल्दा झ्यालबाट भाग्थ्यौ र समूदाय भन्दा बाहिरका व्यक्तिसँग डिल गर्न सक्दैनथ्यौ” समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी र दुईलिंगी समूदायको मातृ संस्था नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले भनिन्, “त्यति बेला अरु मान्छेसँग सुनिलबाबु पन्तले डिल गर्नुहुन्थ्यो ।”

समाजले नेपाल बार एसोसिएसन ललितपुर कार्य समितिसँग गरेको छलफलमा अध्यक्ष गुरुङले अहिले त्यो डर र त्रासमा बाच्न पर्नु पर्ने अबस्था धेरै कम भएको वताइन । संस्थाको कार्यालयमा पन्तले आफूहरुको क्षमता अभिवृद्धि गरेकै कारण आज यसरी बोल्न सक्ने र डिल गर्न सक्ने अवस्थासम्म आइपुगेको उनको भनाई छ । सन् २००१ मा पन्तको नेतृत्वमा ६ जना समूदायका व्यक्ति बसेर स्थापना भएको संस्थाको अहिले देशका २९ वटा जिल्लाका ५३ वटा शहरमा शाखा कार्यालय रहेको अध्यक्ष गुरुङले जानकारी दिइन ।

20160304_135848उनले संस्थामा ७ सय ५० जना भन्दा धेरै कर्मचारी रहेको पनि वताइन । उनले समलिंगी पुरुषसँग यौन सम्बन्ध राखेकै कारण सम्बन्ध राख्ने व्यक्ति समलिंगी नै हो भन्न नमिल्ने वताइन । व्यवहार, हाउभाउ, यौनिक झुकावका हिसावले व्यक्ति स्वयंले महसुस गर्ने कुरा नै यौनिकता भएको अध्यक्ष गुरुङले जानकारी दिइन ।

यौनिकताको बारेमा अभिमुखिकरणका क्रममा कोही बुझ्ने, कोही नबुझ्ने, कोही बुझ्न नचाहने र कोही बुझेर पनि बुझ पचाउने व्यक्तिहरु भेटेको अध्यक्ष गुरुङको भनाई छ । “केटासँगको मेरो सम्बन्ध प्राकृतिक हो अध्यक्ष गुरुङले भनिन्, कुनै महिलासँगको मेरो सम्बन्ध अप्राकृतिक हो ।” अध्यक्ष गुरुङ जन्मदाँ पुरुष हुर्कदै बढ्दै जादाँ महिला स्वभाव, हाउभाउ भएकी तेस्रोलिंगी महिला हुन् । “महिले केटीसँग लभ गर्ने प्रयास पनि गरे तर अन्तरआत्माबाटै केटीसँग लभ गर्नुपर्छ भन्ने आएन अध्यक्ष गुरुङले भनिन्, महिला भएर पुरुषको गुण हुनु र पुरुष भएर महिलाको गुण हुनु प्राकृतिक हो ।”

उनले कानुन व्यवसायीहरुलाई आफ्नो समूदायकोबारेमा सकारात्मक भइदिन आग्रह गरिन् । नील हिरा समाजको नर्वेजियन परियोजनाका कार्यक्रम अधिकृत बिश्वराज अधिकारीले समलिंगी सम्वन्ध प्राकृतिक हो भनेर सन् १९९० मा बिश्व स्वास्थ्य संगठनले घोषणा गरिसक्दा पनि यो बिषयमा बुझाइरहनु परेको वताए ।

ललितपुर बारका अध्यक्ष प्रकाश महर्जनले बहुसंख्यक व्यक्ति पूरातनवादी सोच भएका कारण यो बिषयमा बुझाउन समस्या परेको वताए । म विपरितलिंगी हुन्छ भनेर आमा र बुबासँग अनुरोध गरेर जन्मेको होइन अध्यक्ष महर्जन भने, बहुसंख्यकको हितमा मात्रै सोच्ने व्यक्तिका कारण अल्पसंख्यक समूदाय व्यक्ति विभेदमा पर्ने गरेका छन् । उनले २०६३ सालमा जेण्डरको बिषयमा अध्ययन गर्दा बुझ्न नसकेको र त्यति बेला जेडरको बिषयमा टेण्डर खोल्नु पर्नेसम्मको सोच समेत आएको वताए । अध्यक्ष महर्जनले यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको अधिकारका लागि ललितपुर बार अग्र मोर्चामा आएर लड्न तयार रहेको प्रतिवद्धता जनाए ।20160304_135940

नील हिरा समाजका कानुनी सल्लाहकार एवं अधिवक्ता प्रेम बहादुर थापाले अहिले पनि केही जिल्ला प्रशासन कार्यालयले यो समूदायका सदस्यलाई पहिचान अनुसार लिंगको महलमा अन्य उल्लेख भएको नागरिकता दिन नमानेको वताए । संबिधानमा लैंगिक पहिचान अनुसार नागरिकता दिने व्यवस्था हुँदा हुँदै पनि पहिचान अनुसारको नागरिकता नपाउनु बिडम्बना भएको अधिवक्ता थापाको भनाई छ । दुर्भाग्य नै भन्नु पर्छ नेपाल बारले संबिधानमा लेखिएको यौनिक अभिमुखिकरण शब्द हटाउनु सुझाव दियो अधिवक्ता थापाले भने, बारकै सुझावका कारण संबिधानको मस्यौदामा परेको यौनिक अभिमुखिकरण शब्द हट्यो ।

अधिबक्ता रिता शेर्पाले यस्ता छलफललाई व्यापक बनाउन सुझाव दिइन । अधिवक्ता रत्न अवालेले नील हिरा समाजमा रहेका समलिंगी तेस्रोलिंगी, अन्तरलिंगी र दुईलिंगी व्यक्तिका लागि संचालन भएका कार्यक्रमबारे चासो राखेका थिए । तेस्रोलिंगी अधिकारकर्मी ज्योती थापाले मानवअधिकार उल्लघंनका कुनै घटना भएमा आफू सहयोगका लागि ललितपुर बारमा आउने र सहयोग गरिदिनुहुन अनुरोध गरिन् । उनले जेण्डर पढाउने व्यक्ति नै तेस्रोलिंगी व्यक्तिबारे अनभिज्ञ रहेको वताइन ।

उनले तेस्रोलिंगीलाई अन्तरलिंगी हो भनेर समेत प्रश्न गर्ने गरेको वताइन । परिचय समाज ललितपुरका मनोरञ्जन कुमार बैद्यले आफ्नो समूदाय बिरुद्ध भएका नियम कानुन संसोधनका लागि सहयोग गरिदिन आग्रह गरे । बैद्यले कानुनमा लेखिएको अधिकार कार्यान्वयनमा पनि सहयोग गर्न आग्रह गरे । नील हिरा समाजका उपाध्यक्ष उमेश पाण्डेले केटीको पहिरन लगाएर हिड्ने मात्रै नभएर भित्र आत्मादेखि अनुभुती गर्ने पनि तेस्रोलिंगी हुने जानकारी दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading