१५ सय अपाङ्गता भएका बेरोजगार व्यक्तिलाई रोजगारी दिलाउने दावी

१५ सय अपाङ्गता भएका बेरोजगार व्यक्तिलाई रोजगारी दिलाउने दावी

काठमाडौं (पहिचान) पुस ९ – १५ सय अपाङ्गता भएका बेरोजगार व्यक्तिलाई रोजगारी दिने एक परियोजनाले दावी गरेको छ । चार वर्षे परियोजनामा १५ सय वेरोजगार अपाङ्गता भएका व्यक्तिले कम्तिमा एक वर्ष रोजगारी पाउने दाबी उक्त परियोजनाले गरेको हो । चार वर्षे परियोजना सन २०२३ मा सकिने छ ।

बेलायत सरकारको सहयोगमा द लेप्रोसी मिशन नेपालले रोजगारबिहीन अपाङ्गता भएका व्यक्तिहरुका लागि उर्जाशील अबसर फाउण्ड परियोजना सुरु गरेको एक बर्ष भएको जनाएको छ । काठमाडौंमा भएको कार्यक्रममा फाउण्ड परियोजनाका ललितपुर क्लस्टरका व्यवस्थापक शिब कुमार प्रधानले सात सय जनालाइ सिडमनी दिने लक्ष्य रहेको जानकारी दिए ।

उनले रोजगार दातासँंगको सहकार्यमा अपाङ्गता मैत्री कार्यस्थल बनाउने योजना रहेको बताए । सेवा सुबिधामा समान पहुँच र रोजगार दाताको अपाङ्गता प्रतिको बुझाइमा वृद्दि गर्नु परियोजनाको उदेस्य रहेको प्रधानले बताए । द लेप्रोसी मिसन नेपालले रोजगार बिहीन अपाङ्गता भएका व्यत्तिहरुका लागि उर्जासिल अबसर नाराका साथ मोरङ, ललितपुर, काठमाडौं, रुपन्देही र कपिलबस्तु यो परियोजना सन्चालन गरेको छ ।

रोजगार दातासंग सिधा सम्पर्क गराउने र उत्पादित सामान बजारसम्म पुर्याउने ललितपुर क्लस्टरका रोजगार परामर्स दाता तारा सिग्देल बताउँछन् । फाउण्ड परियोजनाले तीन सय जना सम्पर्कमा आइसकेका र पच्चिस भन्दा धेरै रोजगारदातासँग छलफल भैसकेको दाबी गरेको छ । अपाङ्खता भएका व्यक्तिका समस्या, सीप, क्षमता पहिचान गर्ने र रोजगारमा जोड्ने परियोजनामा कार्यरत समिक्षा गौतमले बताइन ।

फाउण्ड परियोजनाको दाबी

नेपालको जनगणना २०६९ अनुसार कुल जनसंख्याको १.९५ अपाङ्गता भएका व्यक्तिहरु छन् । यद्यपि वास्तविक तथ्यांक भने धेरै नै बढी छ । त्यस्तै, ३०,००० भन्दा बढी कुष्ठरोगबाट प्रभावित व्यक्तिहरुमा देखिने वा नदेखिने प्रकारका अपाङ्गता छन् । उनीहरुको सार्वजनिक तथा विभिन्न प्रकारका सेवाहरुमा पहुँच एकदमै न्युन रहेको छ । त्यस्तै, शहरी क्षेत्रहरुमा रहेका सार्वजनिक सेवाहरुमा अझ अपाङ्गता प्रति बढी भेदभाव छ । साथै अपाङ्गता भएका व्यक्तिहरुलाई अन्य व्यक्तिहरुको तुलनामा रोजगारीको अवसर कम त छदैछ त्यसमा पनि रोजगारदाता संघ संस्थाहरुसँग अपाङ्गता भएका व्यक्तिहरुको शैक्षिक योग्यता र सीपहरुको बारेमा कम जानकारी हुने हुनाले पनि अपाङ्गता भएका व्यक्तिहरुको रोजगारीको अबस्था झन दयनीय रहेको छ ।

यद्यपि रोजगारीमा रहेका अपागंता भएका व्यक्तिप्रति कार्यस्थलमा हुने भेदभावको ज्वलन्त अनुभवहरु प्रसस्तै छन् । तुलनात्मक रुपमा आपाङ्गता भएका महिलाहरुले त झन उच्च भेदभावको सामना गर्न परिरहेको छ । यि यावत समस्याहरुको परिदृष्यको आंकलन गरी फाउण्ड परियोजनाले त्यसको न्यूनीकरणमा सहयोग गर्ने सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरु (१८ देखि ४५ बर्ष उमेर समूह ) लाई आत्मनिर्भर बनाउने उद्धेश्यका साथ औपचारिक रोजगारीका लागि सहजिकरण तथा स्वरोजगारीका निम्ती विविध कार्यक्रमहरु संचालन गर्नुका साथै रोजगारदाताहरुमा रहेका अपाङ्गता सम्बन्धी बुझाईमा सकारात्मक परिवर्तन ल्याउन पहल गर्नेछ । तथा अपाङ्गता भएका व्यक्तिहरुको जिविकोपार्जनमा परिवर्तन ल्याई समुदायमा स्थापित गर्न सहयोग गर्नेछ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading