स्थानीय निर्वाचन

नमोबुद्ध नगर प्रमुखमा कुन्साङ लामा निर्वाचित, वडामा गोकुल बास्कोटाका भान्जे ज्वाइँ र गणेश लामाका जेठान पराजित

नमोबुद्ध नगर प्रमुखमा कुन्साङ लामा निर्वाचित, वडामा गोकुल बास्कोटाका भान्जे ज्वाइँ र गणेश लामाका जेठान पराजित

काभ्रे : काभ्रेको नमोबुद्ध नगर प्रमुखमा कुन्साङ लामा निर्वाचित भएका छन्। नेपाली काँग्रेसबाट उम्मेदवार बनेका लामाले ११ हजार २११ मत पाएर निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ।
२०७४ को निर्वाचनमा नेकपा एमालेले जितेको नमोबुद्ध नगरमा यो पटक आधा भन्दा कम मत ल्याएर पराजित भएको छ। आयोगका अनुसार एमालेका राजन भुर्तेलले ५ हजार ८२२ मत पाए।
माओवादी केन्द्रले उपप्रमुख पद सुरक्षित गरेको छ। काँग्रेससँग चुनावी तालमेल गरेको माओवादीका रत्न बहादुर लामा ८ हजार १८७ मत पाएर उपप्रमुखमा निर्वाचित भएका छन्।
दुई वटा कालोपत्रे रिङरोड, निःशुल्क वाई-फाईदेखि नगरलाई भ्रष्टाचार रहित बनाउनेसम्म
अघिल्लो चुनावमा नगर प्रमुखका उम्मेदवार काँग्रेसका कुन्साङ र माओवादीका रत्न दुवै पराजित भएका थिए। नगरप्रमुखमा एमालेका टङ्कप्रसाद शर्मा निर्वाचित भएका थिए। पाँच वर्षे कार्यकालमा नगरपालिकाको प्रमुख प्रशासकीय भवन र ११ मध्ये १० वटा वडा कार्यालयको भवन निर्माण सम्पन्न गरेको उल्लेख गरेर शर्मा नगरप्रमुख पदबाट बाहिरिएका छन्।
११ मध्ये एक नम्बर वडामा स्वतन्त्रका उम्मेदवार प्रेम बहादुर तामाङ निर्वाचित भएका छन्। उनले एमालेका नेता गोकुल बास्कोटाका भान्जे ज्वाइँ निरोज पाण्डे र काँग्रेस केन्द्रीय सदस्य गणेश लामाका जेठान गण बज्र लामालाई पराजित गरे।
यस्तै वडा नम्बर २ मा एमालेका सञ्जीव ढकाललाई पराजित गरेर काँग्रेसका कविराज श्रेष्ठ निर्वाचित भए। ३ नम्बर वडामा एमालेका रोहिणी प्रसाद अधिकारीलाई पराजित गर्दै काँग्रेसका रमेश तिवारी निर्वाचित भए।
वडा नम्बर चारमा माओवादी केन्द्रका रामप्रसाद चिमौरियालाई पराजित गर्दै एमालेका अर्जुन बहादुर कार्की निर्वाचित भए। ५ नम्बर वडामा एमालेका बुद्ध सीँ तामाङलाई हराउँदै काँग्रेसका सरे तामाङ विजयी भए।
६ नम्बर वडामा काँग्रेसका टिका बहादुर के.सी एमालेका सुरज कुमार न्यौपानेलाई पराजित गरेर निर्वाचित भए। वडा नम्बर ७ मा एमालेका प्रतापसिंङ्ग तामाङलाई हराएर माओवादी केन्द्रका धर्म सिंह लामा विजयी भए।
८ नम्बर वडामा एमालेका शेर बहादुर तामाङ काँग्रेसका दीपेश चन्द्र तामाङलाई हराउँदै निर्वाचित भए। वडा नम्बर ९ मा माओवादीका मेलबहादुर लामालाई हराउँदै काँग्रेसका वीरबहादुर लामा निर्वाचित भए भने १० नम्बरमा काँग्रेसका कृष्णप्रसाद तिमल्सेनालाई हराउँदै माओवादीका राम कृष्ण उपाध्याय विजयी भए।
वडा नम्बर ११ मा एमालेका कृष्णबहादुर तामाङ काँग्रेसका सानु कान्छा तामाङलाई हराउँदै निर्वाचित भए।
नवनिर्वाचित जनप्रतिनिधिले जेठ ६ गतेबाट कार्यभार सम्हालेछन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.