नमोबुद्धमा कुन्साङ लामाको सङ्कल्प

दुई वटा कालोपत्रे रिङरोड, निःशुल्क वाई-फाईदेखि नगरलाई भ्रष्टाचार रहित बनाउनेसम्म

दुई वटा कालोपत्रे रिङरोड, निःशुल्क वाई-फाईदेखि नगरलाई भ्रष्टाचार रहित बनाउनेसम्म

काभ्रे : नमोबुद्ध नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका कुन्साङ लामाले ‘संविधान र व्यवस्थाको रक्षा, गठबन्धनको आवश्यकता’ नारा रहेको सङ्कल्प पत्र सार्वजनिक गरेका छन्।
विपन्न परिवारका नागरिकलाई उच्च शिक्षा हासिल गर्न आर्थिक सहायता उपलब्ध गराउने लामाले सङ्कल्प गरेका छन्। एक शिक्षक एक ल्यापटप, सबै वडामा स्वास्थ्य चौकी र एउटा एम्बुलेन्सको व्यवस्था गर्ने, हरेक वडाका ३० घर परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने सङ्कल्प लामाले गरेका छन्।
लामाले नगरभित्र २ वटा कालोपत्रे रिङरोड निर्माण गर्ने सङ्कल्प पत्रमा लेखेका छन्। यस्तै बाहिरी रिङरोडको रूपमा गहते–पिपलटार–खाक्सी–चौकीडाँडा–लासकोट–डाँडागाउँ कोट तिमाल–कानपुर–बाहोरे–पाँचखाल–बेला–फूलबारी–नमोबुद्ध–विमिरे–सिम्ले हुँदै पुन गहते सम्म कालोपत्रे सडक मार्फत जोड्ने योजना लामाले मतदातालाई सुनाएका छन्। नगरको सम्पूर्ण क्षेत्रलाई ल्याडलाईन टेलिफोन मार्फत जोड्ने र नगरको मुख्य–मुख्य चोकहरूमा निःशुल्क वाई–फाईको व्यवस्था गर्ने गठबन्धनका साझा उम्मेदवार लामाले सार्वजनिक गरेका छन्।
प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गर्ने र ट्रेकिङ रुटको व्यवस्था एवं विकास गरी पर्यटन व्यवसायलाई ध्यानमा राखेर खोलिने होम स्टे, होटेल, लज यातायातका साधनलाई कर छुट दिने सङ्कल्प पत्रमा लेखिएको छ।
धार्मिक पर्यटन क्षेत्र निर्माण गर्ने, गोठ सुधार गर्न कम्तीमा पचास हजार रुपैयाँ अनुदान प्रदान गर्ने, मठ, मन्दिर,गुम्बा तथा चर्चलाई संरक्षण गर्न ५ लाख देखि ५० लाखसम्म बजेटको व्यवस्था गर्ने, नगरले सम्पूर्ण वडा समेट्ने गरी नगरको आम्दानी खर्च मासिक बुलेटिन मार्फत प्रकाशन गर्ने व्यवस्था गर्ने सङ्कल्प लामाले गरेका छन्।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नगरपालिकाहरूसँग भगिनी सम्बन्ध स्थापना गर्ने, रोशीखोला, दाप्चेखोला तथा सोती खोला करिडोरहरुको निर्माण गर्ने सङ्कल्प नमोबुद्ध नगर प्रमुखका उम्मेदवार लामाले गरेका छन्। नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) नमोबुद्ध नगरको आगामी ५ वर्षका लागि साझा संकल्प :
१.नगरपालिका भित्र रहेका सम्पूर्ण विद्यालयहरूमा आवश्यक भौतिक पूर्वाधार सहित पर्याप्त दरबन्दीको व्यवस्था गर्दै शिक्षक सिकाई केन्द्रको स्थापना र त्रैमासिक भेला गरी शैक्षिक गुणस्तर वृद्धिको लागि पहल गर्ने।
२. नगर भित्र कम्तीमा एउटा ‘अगुवा विद्यालय’ स्थापना गर्दै वार्षिक ‘सिकाई मेला’ को आयोजना गर्ने र आमन्त्रित विज्ञ अतिथि शिक्षकको सुरुवात गर्ने।
३. निजी विद्यालयको अभ्यास र अनुभव सार्वजनिक विद्यालयको सुधारमा उपयोग गर्ने।
४.विपन्न परिवारबाट उच्च शिक्षा हासिल गर्नको निमित्त आर्थिक सहायता उपलब्ध गर्ने।
५. थप प्राविधिक शिक्षालयको स्थापना र स्तरोन्नति गर्ने।
६. एक शिक्षक एक ल्यापटपको व्यवस्था गर्ने।
७. नगर भित्रका १ वडा १ सुविधा सम्पन्न स्वास्थ्य चौकी स्थापना गर्ने जसमा १ वटा एम्बुलेन्स अनिवार्य उपलब्ध गर्ने।
८. आर्थिक रूपमा अति विपन्न प्रत्येक वडाका ३० घर परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने र सो कार्यक्रम क्रमशः बढाउँदै लाने।
९. हाल नगर भित्र रहेका सम्पूर्ण प्राकृतिक मुहानहरूको संरक्षण एवं प्रवर्द्धनका निम्ति तत्काल बजेट विनियोजन गर्ने र वर्षातको पानी सङ्कलन प्रविधि विकास गर्दै नगर भित्र खानेपानी व्यवस्थापनका निम्ति २ वटा ठुला खानेपानी आयोजना सञ्चालन गर्ने।
१०.हालको नगर भित्रका उर्वर भूमिको पहिचान गरी तिनीहरूलाई विभिन्न बालीनालीको पकेट क्षेत्रको रूपमा विकास एवं घोषणा गर्ने र उक्त घोषित पकेट क्षेत्रलाई आवश्यक पर्ने कृषि सामाग्री अनुदानमा उपलब्ध गर्ने।
११. १ वडा १ कृषि प्राविधिकको व्यवस्था गर्ने र दाप्चा क्षेत्रमा र मेथिनकोट कानपुर क्षेत्रमा कम्तीमा १÷१ वटा कोल्ड स्टोर स्थापना गर्ने।
१२. हाल भएका खोला नाला रोशीबाट गरिने सिँचाइलाई व्यवस्थित वितरणको व्यवस्था गर्ने र हाल नगर भित्र चलन चल्तीमा रहेका कुलो कुलेशा नहरहरूलाई स्तरोन्नति गर्नुका साथै समान वितरणको व्यवस्था गर्ने।
१२. हाल निर्माणाधीन अवस्थामा रहेको दाप्चा सडक कालोपत्रे कार्यलाई चाँडो भन्दा चाँडो चौकीडाँडा वि.पी. राजमार्ग सम्म जोडिने कार्य पुरा गर्न पहल गर्ने, हाल रहेका भकुन्डे चौकी डाँडा सडक, भकुन्डे काँक्रे खाक्सी सडक, भकुन्डे तल्लेहटिया पिपलटार सडक, भकुन्डे दारेगौडा हुँदै गहते सडक, भकुन्डे ऐसेलुचौर हुँदै श्यामपाटी सडक, भकुन्डे फूलबारी सडक, भकुन्डेबाट चरुवा हुँदै भिडाबारी सडक, भकुन्डेबाट काफ्लेथोक, चुहाने जोड्ने सडक, कानपुर बोहोरे कमेरे सडक, पुरानागाउँ सिम्ले बसेरी सडक, चिन्डे विमिरे सडकहरूलाई तत्काल स्तरोन्नति तथा ग्राभेलको व्यवस्था गर्ने।
१३. यस नमोबुद्ध नगरपालिका स्थानीय निकायलाई कालोपत्रे सडक मार्पmत छिमेकी गाउँपालिका÷नगरपालिकाहरू रोशी गाउँपालिकाको केन्द्र, तिमाल गाउँपालिकाको केन्द्र, पाँचखाल नगरपालिका केन्द्र र धुलिखेल नगरपालिका केन्द्र सँग जोड्ने र नगर भित्र २ वटा कालोपत्रे रिङरोड निर्माण गर्ने।
१४. बाहिरी रिङरोडको रूपमा गहते–पिपलटार–खाक्सी–चौकीडाँडा–लासकोट–डाँडागाउँ कोट तिमाल–कानपुर–बाहोरे–पाँचखाल–बेला–फूलबारी–नमोबुद्ध–विमिरे–सिम्ले हुँदै पुन गहते सम्म कालोपत्रे सडक मार्फत जोड्ने।
१५. भित्री रिङरोडको रूपमा नगरपालिका भित्रका साबिक गा.वि.स.हरुका महत्त्वपूर्ण मठ, मन्दिर, गुम्बा, चर्च आदि प्राकृतिक सुन्दरतालाई समेट्ने गरी पर्यटकीय सडकको रूपमा भित्री रिङरोड निर्माण गर्नुका साथै नगर कार्यालयलाई सार्वजनिक यातायात मार्पmत प्रत्येक वडा सम्म पहुँच विस्तार गर्ने।
१६. नगरको सम्पूर्ण क्षेत्रलाई ल्याडलाईन टेलिफोन मार्पmत जोड्ने र नगरको मुख्य–मुख्य चोकहरूमा निःशुल्क वाई–फाई नेटको व्यवस्था गर्ने।
१७. हाल नगर भित्र रहेका फूलबारी बजार, श्यामपाटी बजार, दाप्चा बजार, भकुन्डे बजार तथा कानपुर बजारका भौतिक संरचनालाई सम्वद्र्धन, प्रवर्द्धन एवं सुरक्षित बसोबासको व्यवस्थापन गर्ने, उक्त कार्यक्रमलाई कानपुर, मेथिनकोट लगायतका स्थानमा समेत लागू गर्ने।
१८. बस्ती विकासको निम्ति एसियाली मापदण्ड अनुसार नगर भित्रका सम्पूर्ण संरचनामा सडक सञ्जाल, खानेपानी, टेलिफोन, वाई फाई, ढल व्यवस्थापन तथा सडकहरूमा सुन्दर बोट–बिरुवाहरूको वृक्षारोपण गर्ने र ५ वर्ष भित्रमा नगरलाई स्मार्ट सिटी को रूपमा विकास गर्ने।
१९. यस नगरलाई आवास तथा औद्योगिक क्षेत्रलाई वर्गीकरण गरी व्यवस्थित सहरी विकास र औद्योगिकीकरण गर्ने।
२०. पर्यटनलाई नगर विकासको मुख्य मेरुदण्डको रूपमा विकास गर्ने र हाल भएका मठमन्दिर गुम्बा, चर्च आदि प्राकृतिक मनोरम दृश्यावलोकन स्थलको पहिचान एवं प्रचार–प्रसार गर्ने।
२१. प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गर्ने र ट्रेकिङ रुटको व्यवस्था एवं विकास गरी पर्यटन व्यवसायलाई ध्यानमा राखेर खोलिने होम स्टे, होटेल, लज यातायातका साधनलाई करमा छुट दिँदै नमोबुद्ध लगायतका धार्मिक स्थलहरूलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने।
२२. नमोबुद्ध दाप्चा–कोटकाली–भिमसेनस्थान–धुँवाकोट–देवीस्थान–रतmकाली–कोट तिमाल– जगबैजेश्वार लगायत नगर भित्र रहेका सम्पूर्ण मन्दिरहरूलाई समावेश गरी धार्मिक पर्यटन क्षेत्र निर्माण गर्ने।
२३. जडीबुटी प्रशोधनजन्य उद्योग, दुग्ध प्रशोधन जन्य उद्योग, पशुपालन जन्य उद्योगहरूको स्थापना नगर स्वयंले गरी रोजगारीको व्यवस्थापन गर्ने, ५० जना भन्दा बढी कामदार राखेर खोलिने वातावरण मैत्री उद्योगहरूलाई २५% करमा छुट दिने र युवा लक्षित कार्यक्रमहरू अन्तर्गत विभिन्न किसिमका सीप विकासका तालिम निःशुल्क सञ्चालनको व्यवस्था गर्ने।
२४. व्यावसायिक पशुपालन गर्ने किसान (कम्तीमा ५ दूध दिने पशुपालन गरेको हुनु पर्ने) लाई गोठ सुधार गर्न कम्तीमा पचास हजार रुपैयाँ अनुदान प्रदान गर्ने।
२५. हाल यस नगर भित्र रहेका साना ठुला सम्पूर्ण मठ, मन्दिर,गुम्बा तथा चर्चलाई संरक्षण गर्नका निम्ति तत्काल ५ लाख देखि ५० लाख सम्म बजेटको व्यवस्था गर्ने।
२६. हाल नगर भित्र सञ्चालनमा रहेका चाड, पर्व, मेला तथा जात्राहरूको सञ्चालन गर्नका निम्ति छुट्टै कोषको व्यवस्था गरी अनुदानको व्यवस्था गर्ने।
२७. महिलाहरूलाई नगरभित्र गठन हुने हरेक सङ्घ संस्थामा ५०% सहभागिता अनिवार्य गर्ने र एकल महिला तथा दलित समुदायलाई हरेक कार्यमा करमा छुटको व्यवस्था गर्दै दलित महिला जनजातिलाई ध्यानमा राखेर खोलिने सङ्घ संस्था, उद्योगलाई करमा २०% छुटको व्यवस्था मिलाउने।
२८. न्याय सम्पादनमा जनशक्तिको व्यवस्था गर्नुको साथै पूर्वाधार र सेवाको गुणस्तर मापदण्ड निर्माण गर्ने।
२९. हाल नगर भित्र रहेका सम्पूर्ण वन जङ्गललाई संरक्षण, प्रवर्द्धन एवं अतिक्रमणलाई रोक्दै कबुलियत, सामुदायिक तथा निजी वनलाई प्रोत्साहन एवं अनुदानको व्यवस्था मिलाउने र हाल नगरको जोखिमपूर्ण क्षेत्रमा नगर स्वयंले वृक्षारोपण गर्ने।
३०. व्यवसायीक पशुपालनलाई उच्च प्राथमिकता एवं अनुदानको व्यवस्था गर्ने र दुग्धजन्य उद्योगका लागि करमा २५% छुट दिने।
३१. नगर भित्र धेरै मानिसहरूको जमघट हुने सम्पूर्ण क्षेत्रमा वर्षात्को पानी सङ्कलन गर्ने प्रविधि सहितको सार्वजनिक शौचालय निर्माण गर्ने।
३२. नगर भित्रका प्रत्येक वडामा कम्तीमा २ वटाका दरले सार्वजनिक भूकम्प प्रतिरोधात्मक आवासको व्यवस्था गर्ने, जसमा बाटो, खानेपानी, टेलिफोन, वाई फाईद्वारा अनिवार्य जोडिने छ।
३३.नगरले सम्पूर्ण वडा समेट्ने गरी नगरको आम्दानी खर्च मासिक बुलेटिन मार्पmत प्रकाशन गर्ने व्यवस्था गर्ने।
३४. नगरभित्र १ वडा खेल मैदान निर्माण गर्दै खेलकुदको विकास एवं खेलाडीहरूको चौतर्फी विकास गर्नका निम्ति छुट्टै कोष निर्माण गरी बजेटको व्यवस्था गर्ने।
३५. सरकारले दिने गरेको वृद्ध भत्ता, एकल महिला भत्ता अपाङ्ग भक्त जस्ता सामाजिक सुरक्षा भत्ता सम्बन्धित बैङ्कसँगको सहकार्य समन्वयमा घुम्ती सेवा मार्फत स्थानीय स्तरमा नै वितरण गर्ने व्यवस्था गर्ने।
३६. ६० वर्ष उमेर नाघेका प्रत्येक नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने।
३७.नगर भित्र स्थापना हुने बैङ्क तथा वित्तीय संस्थालाई प्रत्येक वडामा पर्ने गरी स्थापना गर्ने व्यवस्था गर्ने, विद्युत्, खानेपानी टेलिफोनको विल तिर्न प्रत्येक वडामा नगरले विशेष व्यवस्था गर्ने र कृषि क्षेत्रमा लगानी गर्न सहकारी कृषि सहकारीलाई करमा छुट गर्ने।
३८. भविष्यमा हुन सक्ने सम्भाव्य खाद्य अभाव, भोकमरी जस्ता विषयलाई ध्यानमा राख्दै नगरले १ छुट्टै खाद्यान्न सञ्चित गृहलाई सञ्चालन गर्ने।
३९.सामाजिक न्यायको क्षेत्रमा सामाजिक रूपले विगतमा उत्पीडनमा पर्दै आइरहेका महिला, दलित, अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक, आर्थिक, राजनैतिक क्षेत्र लगायतका सबै क्षेत्रमा विशेषाधिकारको व्यवस्था गर्ने।
४०. नगरवासीको सूचना प्राप्त गर्ने अधिकारलाई सुरक्षित गर्नको लागि नगर भित्र पत्रपत्रिका, एफ.एम. रेडियो, अनलाइन मिडिया सञ्चालन गर्ने।
४१. नमोबुद्ध नगरपालिकाको चौतर्फी एवम् साझेदारीमा विकास गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नगरपालिकाहरूसँग भगिनी सम्बन्ध स्थापना गर्ने।
४२.नमोबुद्ध नगरपालिकाको भकुन्डे बजारमा बढ्दै गएको सवारी चाप एवम् भौतिक निर्माणलाई ध्यानमा राखी रोशीखोला, दाप्चेखोला तथा सोती खोला करिडोरहरुको निर्माण गर्ने।
४३.नमोबुद्ध नगरपालिका भित्र हुने जुनसुकै विकास निर्माण, नागरिकले पाउने सेवा सुविधा, ठेक्कापट्टा, प्रशासनिक कामहरूमा कानुनी आधारमा कार्य सम्पादन गर्ने।
४४. भकुण्डेबेशी उपत्यका प्रशासनिक हिसाबले नमोबुद्ध नगरको केन्द्र भए पनि भौगोलिक हिसाबले तेमाल, रोशी, महाभारत लगायतका भेगको पनि केन्द्र भएकोले भकुन्डेलाई यस क्षेत्रको व्यापारी एवम् औद्योगिक सहरको रूपमा विकास गर्ने।
४५.‘भ्रष्टाचार रहित नगर,हाम्रो नमोबुद्ध नगर’ मूल मन्त्रको रूपमा आत्मसात् गर्ने।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading