समानुपातिक

समानुपातिकमा काठमाडौँ र चितवनबाट घण्टीको मत धेरै, कुन जिल्लाबाट कति?

समानुपातिकमा काठमाडौँ र चितवनबाट घण्टीको मत धेरै, कुन जिल्लाबाट कति?

काठमाडौँ : प्रतिनिधि सभाको समानुपातिक तर्फ बागमती प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले १० वर्ष युद्ध लडेको माओवादी केन्द्रलाई पछि पारेको छ। ५ लाख ४ हजार ९९३ मत ल्याएर एमाले पहिलो दल बनेको छ भने काँग्रेसले समानुपातिक तर्फ बागमती प्रदेशबाट ३ लाख ७४ हजार ६८६ मत पाएको छ।

सङ्घीय संसद्मा पहिलो पटक प्रतिस्पर्धा गरेको रबी लामिछानेको घण्टी चुनाव चिन्हले माओवादीको भन्दा १ लाख २१ हजार ५८३ मत ल्याएको छ। तेस्रो दल बनेको स्वतन्त्र पार्टीले ३ लाख ७४ हजार ६८६ मत ल्याउँदा माओवादी केन्द्रले २ लाख ५३ हजार १०३ मत पाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ७६ हजार ९२९, नेपाल मजदुर किसान पार्टीले ५७ हजार ७९८ र एकीकृत समाजवादीले ४८ हजार २९० मत पाएको छ। लौरो चुनाव चिन्हको हाम्रो नेपाली पार्टीले प्रतिनिधि सभाको समानुपातिक तर्फ बागमती प्रदेशबाट २२ हजार ५४१ मत पाएको निर्वाचन आयोगले जनाएको छ।

देशको राजधानी काठमाडौँमा स्वतन्त्र पार्टीले समानुपातिक तर्फ सबै भन्दा धेरै मत पाएको छ। १ लाख ३ हजार ५४० मत पाएर स्वतन्त्र पार्टी काठमाडौँमा पहिलो बन्दा काँग्रेसले ८३ हजार ६७१ मत पाएर दोस्रो बनेको छ।

‘ढुङ्गा हान्ने विज्ञान प्रविधि मन्त्री हुँदैन’

देशभरको गणनामा पहिलो दल बनेको एमाले काठमाडौँमा तेस्रो दल बनेको छ। उसले ८० हजार ९३० मत पाएको छ। काठमाडौँमा माओवादी केन्द्रलाई समानुपातिक तर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीले उछिनेको छ। राप्रपाले ६३ हजार ६४३ मत पाउँदा माओवादी केन्द्रले १७ हजार ७५२ मत पाएको छ। हाम्रो नेपाली पार्टीले १३ हजार ६२६ पाएर १२ हजार २८५ मत पाएको एकीकृत समाजवादीलाई पछाडि पारेको छ।

ललितपुरमा काँग्रेसको भन्दा धेरै मत ल्याएर स्वतन्त्र पार्टी दोस्रो दल बनेको छ। पहिलो बनेको एमालेले ३८ हजार ८९० मत पाउँदा दोस्रो बनेको स्वतन्त्र पार्टीले ३५ हजार ३८३ मत पाएको छ। तेस्रो बनेको काँग्रेसले ३३ हजार ८५१ र चौथो बनेको राप्रपाले १९ हजार ७३१ मत ललितपुरबाट पाएका छन्। माओवादी केन्द्रले ललितपुरबाट १४ हजार ८३ मत पाएको छ।

रबीविरुद्ध मिडियाहरू हात धोएर लागेको आरोप, उपनिर्वाचन भए झन् ठुलो मतान्तरले जित्छौँ : प्रवक्ता ढकाल

काभ्रेमा ५८ हजार ७८४ मत पाएर एमाले पहिलो दल बनेको छ भने ४८ हजार ३११ मत पाएर काँग्रेस दोस्रो बनेको छ। स्वतन्त्र पार्टीले काभ्रेबाट माओवादी केन्द्रको भन्दा धेरै मत पाएको छ। स्वतन्त्र पार्टीले २६ हजार ६१८ मत पाउँदा माओवादी केन्द्रले २५ हजार २६१ मत पाएको छ।

रामेछापमा भने एमालेले २८ हजार १५०, काँग्रेसले २४ हजार १०१ र माओवादी केन्द्रले २१ हजार ५४ मत पाउँदा स्वतन्त्र पार्टीले ४ हजार ६२३ मत पाएको छ। सिन्धुपाल्चोकमा एमालेले ४६ हजार ६९, काँग्रेसले ३७ हजार ९५६ र माओवादी केन्द्रले ३० हजार ४४१ मत पाउँदा स्वतन्त्र पार्टीले १० हजार ५२० मत पाएको छ।

नुवाकोट र रसुवाबाट काँग्रेस अरू दल भन्दा धेरै मत पाएको छ। ३५ हजार ८३६ मत पाएर काँग्रेस पहिलो बन्दा ३१ हजार ५१५ मत पाएर एमाले दोस्रो बनेको छ। माओवादी केन्द्रले २५ हजार ५६१ मत पाउँदा स्वतन्त्र पार्टीले १६ हजार २८३ मत नुवाकोटबाट पाएको छ।

रसुवाबाट काँग्रेसले १२ हजार ५८६, एमालेले ७ हजार ७०८ र माओवादी केन्द्रले ३ हजार ६८६ मत पाउँदा स्वतन्त्र पार्टीले १ हजार ७३१ मत पाएको छ। धादिङमा एमालेले ४१ हजार ८८, काँग्रेस ३७ हजार ५२४ र माओवादी केन्द्रले २७ हजार २८८ मत पाउँदा स्वतन्त्र पार्टीले १५ हजार ७५५ मत पाएको छ।

छापामार शैलीमा मतदाता भेट्छु : शरिन तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टी

मकवानपुरबाट प्रतिनिधि सभाको समानुपातिक तर्फ एमालेले धेरै मत पाएको छ। ५० हजार ९२२ मत पाएर एमाले पहिलो बन्दा काँग्रेस ३६ हजार ३७४ मत पाएर दोस्रो बनेको छ। २९ हजार ९५९ मत पाएको स्वतन्त्र पार्टीले २६ हजार १७३ मत पाएको माओवादी केन्द्रलाई पछाडि पारेको छ।

स्वतन्त्र पार्टीका सभापति लामिछाने उम्मेदवार बनेको चितवनमा घण्टीमा धेरै भोट खसेको छ। प्रतिनिधि सभाको समानुपातिक तर्फ घण्टीले ९९ हजार ३७ मत पाएको छ। चितवनमा ५५ हजार ३१२ मत पाएको एमाले दोस्रो र ३९ हजार ३५१ मत पाएको काँग्रेस तेस्रो दल बनेको छ। माओवादी केन्द्रले चितवनबाट २९ हजार ४६२ मत पाएको छ।

बागमती प्रदेशको दोलखामा भने मतगणना भएको छैन। १० वटा मतदान केन्द्रमा बिहीबार पुन मतदान भइरहेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading