निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

पहिचान सहकर्मी विनोद बिसी सम्मानित

पहिचान सहकर्मी विनोद बिसी सम्मानित

504
SHARES

भैरहवा : पहिचान सहकर्मी विनोद बिसी सम्मानित भएका छन्। एक्लोलाई साहारा दिने वृक्ष समूह रुपन्देहीको १६ औँ वार्षिक उत्सव तथा नवौँ साधारण सभामा बिसी सम्मानित भएका हुन्।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य र मानव अधिकारका क्षेत्रमा पहिचान मिडियाको पहिचान अनलाइन एवं विभिन्न सञ्चारमाध्यममा कलम चलाउँदै आएका बिसीसँगै २०१६ मा मिस डाईमण्ड रुपन्देहीको विजेता कोरियोग्राफर तथा मानव अधिकारकर्मी रेसम न्यौपाने सम्मानित भए।


लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको हक हितका लागि काम गरिरहेकी फेशन डिजाइनर अवन्तिका घर्ती, सङ्गम आले मगर, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको स्वास्थ्यको क्षेत्रमा काम गरिरहेकी मनिला न्यौपाने पनि सम्मानित भएका छन्।

विगत ५ वर्ष देखि निरन्तर संस्थाको आर्थिक पाटो समालिरहेका लेखा तथा वित्तीय सहायक सूर्य सोमई मगर, उदय बहादुर थापा, अंकिता त्रिपाठीलाई कदरपत्र, प्रशंशापत्र र मायाको चिनो प्रदान गरिएको छ।

नवौँ साधारण सभाले अस्मिता रानाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। उपाध्यक्ष कु्रदुस अलि, सचिव अनु अनमोल बोहोरा, सह-सचिव रोजिना गुरुङ, कोषाध्यक्ष प्रह्लाद कुर्मी चयन भएका छन्।

नगेन्द्र चौधरी, आशिका थापा, आहाना खाँन र राम नारायण मल्लाह सदस्यमा निर्विरोध भएका छन्।

समाचार शेयर गर्नुहोस्
504
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.