शीर्षक : विषादी

शीर्षक : विषादी

419
SHARES

मकैमा विषादी धानमा विषादी!

तरकारीमा विषादी जे मा पनि विषादी!

विषादी नै विषादीले भरिएका छन्।

अनि रोग नै रोगले भरिएका छन्।

उत्पादन त धेरै भए।

पैसा पनि धेरै पाए।

आखिर त्यही पैसामा।

जीवन नै सकाए।

भ्रममा सबै बाचेका छन्।

उम्किनलाई गाह्रो छ।

सत्य कुरा बुझ्न अचेल।

चट्टान भन्दा सारो छ।

खाएर अनि खुवाएर।

सेवा जति गरेकै हुन्।

त्यही विषादी पाएर।

मानिस बिरामी परेकै हुन्।

यसरी नै प्रयोग गरे।

विश्व पतन निश्चित छन्।

कसरी पो बुझाउनु खै।

सबै जना शिक्षित छन्।

मिठो मिठो खानालाई।

स्वादमा मान्छे भुलियो।

नयाँ नयाँ समस्याहरू।

हुँदै शिखर चुलियो।

सकिँदैन अब त यहाँ।

रोकिएर रोक्नलाई।

मानवताको पीडाहरू।

कहाँ जाऊ म पोख्नलाई।

सकिदैछ विश्व अब।

अप्राकृतिक ती कार्यले।

कति समय टिक्ला र खै।

जिउन यस्तो पाराले।

साँचै अब विषादी।

नबुझेर हुन्न।

पिडा बिना कसैको।

आँखा कहिले रुन्न।

चल्नुपर्छ समय सँगै।

नचाहेर भए पनि।

छान्नु पर्छ सत्य बाटो।

कतै कतै पाउँछ नि।

गर्नुपर्छ परिवर्तन।

मानवताको लागि।

अमूल्य यो जीवनको।

पक्कै मूल्य छ कि?

सिन्धुली
जय मानव
जय प्रकृति
धन्यवाद।

समाचार शेयर गर्नुहोस्
419
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.