निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

किवानिज क्लबको सहयोगमा निःशुल्क आँखा तथा दन्त शिविर

किवानिज क्लबको सहयोगमा निःशुल्क आँखा तथा दन्त शिविर

891
SHARES

ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिका लुभु ८ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क आँखा तथा दन्त शिविर आयोजना भएको छ।

किवानिज क्लब हिमालय नेपाल र किवानिज क्लब बागमती नेपालको सहयोगमा किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले आयोजना गरेको आँखा तथा दन्त शिविरमा ३ सय थान चस्मा उपलब्ध गराइएको किवानिज क्लब हिमालयका संस्थापक अध्यक्ष युवराज न्यौपानेले जानकारी दिए।

बालबालिकाहरूको शिक्षा स्वास्थ्य तथा नेतृत्व विकासको क्षेत्रमा काम गर्दै आएको क्लब हिमालयले किवानिज एसिया प्यासिफिक ग्रोथ समितिका प्रमुख मोहन लम्सालले बताए। किवानिज अन्तर्राष्ट्रिय सामाजिक संस्था हो। किवानिज क्लबले बालबालिकाको क्षेत्रमा सामाजिक काम गर्ने गर्छ।


शिविर आयोजक संस्था किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रमुख प्रशासकीय अधिकृत अक्षय गौतमले करिब २ सय जनाले आँखा तथा दन्त सम्बन्धी सेवा निःशुल्क प्राप्त गरेको जानकारी दिए।

आगामी दिनमा विभिन्न सङ्घ संस्थाहरूको समन्वय र सहयोगमा यस्ता कार्यक्रमहरू आयोजना गर्दै जाने उनले बताए।

समाचार शेयर गर्नुहोस्
891
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.