रेमिट्यान्सले बढायो विदेशी मुद्राको सञ्चिति

रेमिट्यान्सले बढायो विदेशी मुद्राको सञ्चिति

काठमाडौँ : विदेशी विनिमय संचिति बढेको छ। चालु वर्षको आठ महिनामा असार मसान्त सम्मको भन्दा विदेशी विनिमय सञ्चिति बढेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ।

२०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.२ प्रतिशतले बढेर फागुन मसान्तमा १४०१ अर्ब २१ करोड रुपैयाँ पुगेको राष्ट्र बैङ्कले जनाएको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १०५६ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा फागुन मसान्तमा १७.८ प्रतिशतले बढेर १२४४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ।

चालु वर्षको आठ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्र बैङ्कले आफ्नो बाहेक बैङ्क तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चितिमा २ प्रतिशतले कमी आएको जनाएको छ।

आर्थिक वर्ष २०७९/८० को आठ महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.९ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैङ्कले प्रतिवेदनमा उल्लेख गरेको छ।

विदेशी मुद्राको सञ्चिति बढ्नुमा रेमिट्यान्सको योगदान धेरै छ। बस्तु तथा सेवा आयातका लागि आवश्यक विदेशी मुद्राको जोहो खाडी मुलुकमा काम गर्ने नेपालीले पठाएको रेमिट्यान्स बनिरहेको छ।

मन्त्री बन्न सांसदले गरे २ करोडको डिल (भिडियो)

आयातमुखी अर्थतन्त्र देशले धान्न नसक्ने अर्थविद्हरू बताउँछन्। उत्पादनले वर्ष भरी खान नपुग्ने नेपालीको अवस्थामा व्यवस्थाले परिवर्तन ल्याउन सकेको छैन। नेपाल बाहिरका देशमा काम गरिरहेका नेपालीले पठाउने विप्रेषण २५.३ प्रतिशतले बढेको छ। ७९४ अर्ब ३२ करोड पुगेको छ विप्रेषण आप्रवाह।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८ प्रतिशतले बढेर ६ अर्ब ९ करोड पुगेको राष्ट्र बैङ्कले जनाएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २.६ प्रतिशतले घटेको थियो।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५४.३ प्रतिशतले बढेर ३,५१,७६१ पुगेको राष्ट्र बैङ्कले जनाएको छ। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ८.० प्रतिशतले बढेर १,९२,५५९ पुगेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading