"/>

रिजालको निवेदनमा कैफियत प्रतिवेदन मगाउने आदेश, निर्वासन अध्याय-१२

रिजालको निवेदनमा कैफियत प्रतिवेदन मगाउने आदेश, निर्वासन अध्याय-१२

878
SHARES

काठमाडौं : उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका टेकनाथ रिजालको निवेदनमा कैफियत प्रतिवेदन मगाउने आदेश दिएको छ।

न्यायाधीश जनक पाण्डेको एकल इजलासले सक्कली भुटानी नेता रिजालको निवेदनमा कैफियत प्रतिवेदन मगाउने आदेश दिएको उच्च अदालत पाटनले जनाएको छ।

ठगी, लिखत किर्ते, राज्य विरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतको आदेशमा १ असारमा रिजालसहित पूर्वमन्त्री बालकृष्ण खाँण, टोपबहादुर रायमाझी, निलम्बित सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई लगायत १६ जना पुर्पक्षका लागि थुनामा पुगेका छन्।

केशव दुलाल र सानु भण्डारीबाहेक १४ जना केन्द्रीय कारागार जलगन्नाथदेबल छन्। दुलाल र भण्डारीलाई नख्खु कारागार चलान गरिएको छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन रचिएको अपराधमा पक्राउ परेका लक्ष्मी महर्जन र टङ्ककुमार गुरुङलाई भने जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएको थियो।

जिल्लाको आदेश बदर गर्न माग गर्दै महर्जन र गुरुङ पनि उच्च अदालत पाटन पुगेका छन्। धरौटी रकममा चित्त नबुझाएका उनीहरूको निवेदनमा सुनुवाइ भएर कैफियत प्रतिवेदन मगाउने आदेश आइसकेको छ।

पूर्वमन्त्रीद्धय खाँण र रायमाझीसहित निलम्बित सचिव पाण्डे, राई लगायत थुनामा रहेका १६ जना नै जिल्लाको आदेश बदर गर्ने निवेदन बोकेर उच्च पुगिसकेका छन्। रिजालको तर्फबाट पनि कानुन व्यवसायीले सोमबार निवेदन दर्ता गराएका थिए।

निर्वासनका अरु अध्याय

नक्कली शरणार्थी : उच्च अदालतमा टेकनाथको निवेदन, निर्वासन अध्याय-११

नक्कली शरणार्थी प्रकरणका १७ जना उच्च पुगे, एक्लो पारिए टेकनाथ : निर्वासन अध्याय-१०

टेकनाथसँगै जेल पर्‍यो शरणार्थी व्यवस्थापन मुद्दा : निर्वासन अध्याय – ९

रिजालसँग भेटेको मानवअधिकार टोलीलाई अभियानले दियो धन्यवाद, निर्वासन अध्याय-८ (भिडियो)

टेकनाथ रिजालको निर्वासन अध्याय-६ र ७

नक्कली शरणार्थी : सचिव टेकनारायणको जेल कथा, टेकनाथको निर्वासन अध्याय-५

भुटानमा भ्रष्टाचार छानबिन गर्ने जिम्मेवारी पाएका टेकनाथ रिजालको निर्वासन अध्याय-४

अधिकारकर्मीहरूसँग टेकनाथको अपिल, न्यायका लागि लडिदिनुहोस् निर्वासन अध्याय-३

राजालाई अभिभावक मानेर सक्रिय हुन्थे टेकनाथ रिजाल : निर्वासन अध्याय-२ (भिडियो)

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन : अध्याय १ (भिडियो)

समाचार शेयर गर्नुहोस्
878
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.