काठमाडौं : भुटानमा निरङ्कुश व्यवस्थाको विरोधी मानिने नागरिकलाई जेल सजाय दिएको छ। नाम मात्रको बहुदलीय प्रजातन्त्रको नाटक मञ्चन भएको छ। जेलमुक्त भएपछि पनि देश निकाला गरिएको छ।
सन् १९९० मा भागेर नेपालको शरणार्थी शिविरमा परिवार छोडेर निरङ्कुशता विरुद्ध १९९४ मा भुटान फर्केका मध्ये रामबहादुर राईले झन्डै ३२ वर्ष जेल बस्नु पर्यो। रिहा भएपछि पनि आफ्नो देशमा बस्न पाएनन्।
भुटानी शासकले राईलाई सीमावर्ती भारतीय भूमिमा ल्याएर फालिदिए। शिविरमा छोडेर गएका राईले जेलमै हुँदा श्रीमती गुमाए। सन् २०१२ देखि आफ्नो परिवारसँग कुनै सम्पर्क गर्न नपाएका उनले आफ्नो रिहाइ पछि आफ्ना चार छोराछोरीहरूलाई एउटा फोटो पठाएका थिए।
आफ्नो बुबा कस्तो देखिन्छन् जान्न सकुन् भनेर फोटो पठाएका उनी आफ्नो देशमा बस्न नपाएपछि शशरीर उपस्थित भए। भुटानमा ३१ वर्ष १० महिना जेल बिताएका उनी नेपालको बेलडाँगी शिविरमा आए। भुटानी शासकले उनलाई आफ्नो देशमा बस्न दिएन।
निरङ्कुशता विरुद्धको आवाज दबाउने काम भुटानी शासकले अहिले पनि गरिरहेको छ। त्यसको पछिल्लो सिकार भए राई। नेपालमा नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्चपदस्थ पक्राउ परेपछि भुटानी जेलबाट दुई जना राजनीतिक बन्दी रिहा भए।
नक्कली भुटानी शरणार्थी काण्डपछि नै ३० वर्ष ४ महिना जेल सजाय पाएर मुक्त भएका थिए मधुकर मगर। भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजाललाई १० वर्ष राखिएको जेलबाट मगर रिहा भएका थिए।
भुटानी राजाको अत्याचारबाट बाँचेर सन् १९८९ मा नेपालमा शरण लिन आएका रिजाललाई तत्कालीन पञ्चायती सरकारले भुटान सरकारकै जिम्मा लगाएको थियो। रिजाल अहिले नक्कली भुटानी शरणार्थीको मुद्दा खेपिरहेका छन्।
भुटानको चेमगाङ कारागारबाट रिहा भए राई, आए बेलडाँगी शिविरमा
भुटानी शासक भने निरङ्कुशको विरोध गर्ने नागरिकलाई देश निकाला गरिरहेको छ। ह्युमन राइट्स वाचका अनुसार अझै ३४ जना राजनीतिक बन्दीको रूपमा जेलमा कोचिएको छ। मगर र राई जस्ता राजनीतिक बन्दीहरूलाई चामलका बोरा कपडा भनेर दिइएको छ। राजनीतिक बन्दीहरूलाई डरलाग्दो अवस्थामा राखिएका छन्।
भुटान सरकारको राष्ट्रिय खुसीको नारा घन्काएर राजनीतिक बन्दीहरूमाथि अपमानजनक व्यवहार गरेको छ। ह्युमन राइट्स वाच एसियाका उप निर्देशक मीनाक्षी गांगुलीले भनिन्,’भुटानी सरकारले अन्तर्राष्ट्रिय साझेदारहरूसँग आफ्नो सम्बन्ध सुदृढ गर्ने प्रयास गर्दा विदेशी सरकारहरू र बहुपक्षीय संस्थाहरूले राजनीतिक बन्दीहरूको रिहाइको लागि जोड दिनुपर्छ।’
राजनीतिक बन्दीहरू बिरामी परेमा आफै औषधि किन्न बाध्य छन्। उनीहरूले डाक्टरलाई भेट्न पर्यो भने आठ महिनासम्म पर्खनु पर्छ। उपचार पाउन सकेका छैनन्। ‘धेरैको स्वास्थ्य अत्यन्तै कमजोर रहेको छ,’राईले वाचसँग भनेका छन्।
राशन पहिलेको स्तरमा आधा घटाइएको छ। कैदीहरूलाई प्रत्येक तीन वर्षमा एउटा कम्बल र प्रत्येक १८ महिनामा एउटा गद्दा प्रदान गरिन्छ। ‘यद्यपि यो यति कम गुणस्तरको छ कि यो एक वा दुई महिना पछि प्रयोग गर्न नसकिने हुन्छ,’राईले भने,’हामीले कपडा र ओछ्यानमा प्रयोग गर्न चामलको बोरा जम्मा गर्यौँ।’
जेल यातनापछि निर्दोष प्रमाणित भएका राजनीतिक बन्दीहरूलाई भुटानले गरेको व्यवहारले सरकारको प्रतिष्ठामा दाग लागेको ह्युमन राइट्स वाचले उल्लेख गरेको छ। ‘भुटानको कानुनी प्रणाली औपचारिक रूपमा बौद्ध परम्परा जस्तै करुणाको अवधारणामा आधारित छ,’वाचले लेखेको छ। गांगुलीले भने,’भुटानमा प्रजातन्त्र आएको हो भने बाँकी सबै राजनीतिक बन्दीहरूलाई अन्ततः रिहा गरिनुपर्छ।’
भुटानका राजनीतिक बन्दीहरूको रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजक राम कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग रिहाइको पहल गरिदिन आव्हान गरेका छन्। राजनीतिक बन्दलाई मानवोचित व्यवहार गर्न र तत्काल रिहा गर्न पनि कार्कीले भनेका छन्।
सम्बन्धित समाचार :
राजनीतिक बन्दीलाई आममाफी दिन भुटानी राजालाई अपिल
युरोपियन युनियनलाई भुटानी शरणार्थीको पत्र : जीवनयापन र स्वदेश फिर्तीको पहल गरिदिनु
भुटानका प्रधानमन्त्रीलाई सुझाव : राजाको कठपुतली नबन्नु
भुटानका प्रधानमन्त्रीलाई ह्युमन राइट्स वाचको पत्र : राजनीतिक बन्दीहरूलाई रिहा गर्नु
टेकनाथसँगै जेल पर्यो शरणार्थी व्यवस्थापन मुद्दा : निर्वासन अध्याय – ९
भुटानको शासक पुरानै चिन्तामा, मन्त्रीकै आफन्त शरणार्थी (भिडियो)
नक्कली प्रकरणले थलिएको भुटानी मुद्दा, शरणार्थीभित्र पनि फाटो ल्याउने प्रयास
हेगमा भुटानीहरूको प्रदर्शन, बन्दी रिहा गर्न राजालाई दबाब
हेगबाट कार्कीले भने, भुटानी आन्दोलनको एउटा बलियो स्तम्भ ढल्यो
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.