लिङ्ग परिवर्तनका लागि हर्मोन प्रयोग गर्न उक्साउने सङ्गठित संस्थाहरू सक्रिय, सरकारी निकायको अनदेखा

लिङ्ग परिवर्तनका लागि हर्मोन प्रयोग गर्न उक्साउने सङ्गठित संस्थाहरू सक्रिय, सरकारी निकायको अनदेखा

अकालमा ज्यान जान सक्ने जटिल शल्यक्रियाका लागि हर्मोन प्रयोग गर्न उक्साएको आरोप लागिरहँदा जवाफविहीन बनेका सङ्गठित संस्थाहरूमा सरकारी नियमन शून्य छ।

काठमाडौँ : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारका नाममा खुलेका सङ्गठित संस्थाहरूले पछिल्लो समय लिङ्ग परिवर्तनका लागि हर्मोन प्रयोग गर्न उक्साइरहेको सार्वजनिक हुन थालेको छ।

यसअघि गुपचुप राखिएको र बाहिर ल्याए, ल्याउनेलाई धम्की दिँदै आएका ती संस्थामा कार्यरतहरूले नै हाल आएर लिङ्ग परिवर्तनका लागि कृत्रिम हर्मोन प्रयोग भइरहेको सार्वजनिक गरेका छन्।

नेपालको सरकारी मिडिया गोरखापत्र दैनिकले १४ मङ्सिरमा ‘लिङ्ग फेर्न कृत्रिम हर्मोन प्रयोग’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। समाचारमा जनाइए अनुसार, चिकित्सा विज्ञानमा पुरुष शरीरलाई महिला बनाउन ‘एस्ट्रोजेन’ तथा ‘प्रोजेस्टेरोन’ र महिला शरीरलाई पुरुष बनाउन ‘टेस्टोस्टेरोन’ हर्मोन प्रयोग गरिन्छ। नेपालमा एस्ट्रोजेन चक्की र जेलमा, प्रोजेस्टेरोन र टेस्टोस्टेरोन सुईका रूपमा र ‘ब्लकर’ चक्की पाइन्छ।

ब्लु डायमन्ड सोसाइटीबाट मिस पिंकको उपाधि पाएकी एन्जल लामाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्ति लिङ्ग परिवर्तनका लागि जथाभाबी औषधीहरू सेवन गर्ने गरेको बताएकी छन्।

उनले दिएको अभिव्यक्ति हर्मोन क्लिनिक सञ्चालन गर्नेमै केन्द्रित छ। जसलाई उनले हर्मोन लिन हुँदैन भनेकी छैनन्। चिकित्सकको सल्लाह बिना लिनु हुँदैन भन्ने प्रतिक्रिया छ उनको। चिकित्सकको सल्लाह र परीक्षणबिना हर्मोनको औषधी सेवन गर्न नहुने उनी बताउँछिन्। उनी हाल ब्लु डाइमण्डमा कार्यरत छिन्।

आफूलाई पारालैंगिक अर्थात् नव महिला बन्नेहरूले हर्मोन प्रयोग गरेका छन्। तीमध्ये ८० प्रतिशतले चिकित्सकको परामर्शबिना हर्मोनको औषधी सेवन गरिरहेको लामाले बताएकी छन्। आफूलाई तेस्रोलिंगी पहिचानमा चिनाउँदै आएका व्यक्तिहरूमध्ये केही यस्ता छन्,जो लिङ्ग परिवर्तनका लागि हर्मोन प्रयोग गर्न उक्साइरहेका छन्।

जन्मँदा बालक जन्मिएर बालिका स्वभाव र जन्मँदा बालिका जन्मिएर हुर्कँदा बढ्दा बालक स्वभाव भएका तेस्रोलिंगीहरुमा भ्रम सिर्जना गरेर विकृति निम्त्याउन क्रियाशील स्वार्थ समूहले महिला या पुरुषकै पहिचान पाउनु पर्ने लबिङ गरिरहेका छन्।

क्रिष्टिनाको ३१ वर्षकै उमेरमा निधन, परिवार पीडामा

महिला या पुरुषकै पहिचान लिन (जन्मँदा भन्दाको ठिक विपरीत) सङ्गठित संस्थाको नेतृत्वले खुलेआम अभियान चलाइरहेको छ। अकालमा ज्यान जान सक्ने जटिल शल्यक्रियाका लागि हर्मोन प्रयोग गर्न उक्साएको आरोप लागिरहँदा जवाफविहीन बनेका सङ्गठित संस्थाहरूमा सरकारी नियमन शून्य छ।

सन् २०१८ सम्म पारालैंगिक भन्ने नै थिएन। नेपालमा रहेको ब्रिटिस र अमेरिकी दूतावासको अनुदान लिन तेस्रोलिंगी पहिचानमा चिनाउँदै आएका गिनाचुना व्यक्तिले तेस्रोलिंगी पहिचानको सट्टा पारालैंगिक अर्थात् पुरुष या महिला नै पहिचान पाउनु पर्ने जिकिर गर्दै आए।

हर्मोन क्लिनिक सञ्चालन गर्न अमेरिकी अनुदान लिएको खुलासा

तेस्रोलिंगी शब्द लेख्यो कि धम्की दिने केही व्यक्तिका कारण लिङ्ग परिवर्तन र हर्मोन प्रयोग नगर्ने लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (समलिङ्गी, तेस्रोलिंगी, अन्तरलिंगी र दुईलिंगी) व्यक्तिहरू पीडित बन्दै आए। अहिले भने उनीहरू त्यस्ता व्यक्तिको दादागिरी अन्त्य गर्न लागिरहेका छन्।

आर्थिक क्षमता भएकाहरू भारत, थाइल्यान्डलगायतका मुलुकमा गएर पनि लिङ्ग परिवर्तन गराउँछन्। नेपालमा लिङ्ग परिवर्तन गर्ने व्यवस्था छैन। शल्यक्रिया गर्न नसक्नेहरूले नेपालमा जथाभाबी हर्मोन परिवर्तनका लागि औषधी सेवन गरिरहेको मिस पिंक लामा बताउँछिन्।

केही व्यक्तिहरूले चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गरे पनि केहीले आफूखुसी खाने गरेको पाइएको चिकित्सकहरू बताउँछन्। हर्मोन तथा थाइराइड रोग विशेषज्ञ डा. विनय भट्टराईले हर्मोनको जथाभाबी सेवन गर्दा समस्या हुने बताए।

उनका अनुसार शरीरको हर्मोनल सन्तुलनमा परिवर्तन ल्याउन टेस्टोस्टेरोन, इस्ट्रोजेन र प्रोजेस्ट्रोनको प्रयोग हुने गरेको छ। यस्ता हर्मोनको आफूखुसी प्रयोगले अनियमित महिनावारी, प्रजनन तथा मानसिक स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने उनले बताए।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायभित्र पर्न न त लिङ्ग परिवर्तन गर्नुपर्छ न त हर्मोन नै लिनुपर्छ। तर, समुदायभित्रै विकृति, विसङ्गति ल्याएर व्यक्तिगत स्वार्थपूर्तिमा केन्द्रित व्यक्तिहरू हर्मोन प्रयोग, लिङ्ग परिवर्तन गर्न पाउनुपर्ने अभियान चलाइरहेका छन्। राज्यले दिँदै आएको पहिचान अनुसारको नागरिकतामा विवाह निकाल्ने प्रयास गरेका छन्।

राम्री देखिन हर्मोन सेवन गरेका विपिनको कलिलै उमेरमा निधन

पहिचान अनुसार अन्य लैङ्गिक पहिचानमा नागरिकता लिन पहिले जस्तो चिकित्सकको सिफारिस मागिँदैन। अन्यमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय पर्छन्। नागरिकता ऐन २०६३ मा संशोधन भएर पुरुष, महिला र अन्य लैङ्गिक पहिचानमा नागरिकता लिन सक्ने व्यवस्था भइसकेको छ।

लोक सेवा आयोग लुम्बिनी प्रदेशले निजामती सेवामा अन्य (यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक) पहिचानका व्यक्तिलाई आरक्षणको व्यवस्था गरेको छ। यो पहल गर्ने साहसी कदम नेपालकी अध्यक्ष तेस्रोलिंगी आनिक रानाको भने निधन भएको छ। उनले नै नागरिकता लिँदा चिकित्सकको प्रमाण माग्ने व्यवस्थाविरुद्ध सुनिलबाबु पन्तसमेत भएर सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन।

तेस्रो लिङ्गीहरूको प्रश्न : हर्मोन थेरापी र सेक्सचेन्ज नगर्ने तेस्रो लिङ्गी होइनन्?

तर, पहिचान सहितको अधिकार प्राप्त गर्ने बाटोमा अघि बढिरहँदा निहित व्यक्तिगत स्वार्थ समूह आबद्ध सङ्गठित संस्थाका कारण एकातिर पहिचानकै सङ्घर्ष र अर्को तिर कम उमेरमै ज्यानै जान सक्ने गतिविधि भइरहेको पाइएको हो।

अमेरिकी संस्था युएसएआइडी अन्तर्गतको एफएचआई ३६० को आर्थिक सहयोगमा ब्लु डायमन्ड सोसाइटी, क्रुज एड्स नेपालले केही समय अघिसम्म हर्मोन क्लिनिक नै सञ्चालन गरेको खुलेको थियो। हाल ब्लु डायमन्ड र मितिनी नेपालको समर्थनमा भन्दै नेपाल परिवार नियोजन सङ्घले हर्मोन क्लिनिक सञ्चालन गरिरहेको छ।

ती संस्थाका नेतृत्वले हाल बालिका भएर जन्मिएकाले आफू बालक भएको महसुस गरे पुरुषको नागरिकता पाउनु पर्ने र बालक भएर जन्मिएकाले आफू बालिका भएको महसुस गरे महिलाको नागरिकता पाउनु पर्ने अर्थात् ब्रेन जेण्डरको विवादास्पद पहिचानको अभियान चलाउँदा राज्यका निकाय मौन छन्।

लहलहैमा हर्मोन र यौन अङ्ग प्रत्यारोपण नगर्न भुक्तभोगीले दिए सुझाव

ब्लु डायमन्ड सोसाइटीमै कार्यरत अर्का नाम परिवर्तन गरेका सञ्जिव शर्माले अहिले पनि लिङ्ग परिवर्तनका लागि हर्मोनको औषधी प्रयोग गरिरहेको बताएका छन्। उनले नियमित औषधी सेवन नगरेको अवस्थामा असहज हुने गरेको सुनाए।

लिङ्ग परिवर्तन गर्नका लागि महिलाबाट पुरुष बन्टेस्टोस्ट्रोन र पुरुषबाट महिला बन्प्रोजेस्ट्रोन हर्मोन अत्यधिक रूपमा प्रयोग गर्दा ज्यानै समेत जाने गरेको छ। जसलाई ब्लु डायमन्ड, मितिनी, क्रुज एड्स नेपाल जस्ता संस्थाले लुकाउँदै आएका छन्।

हर्मोन सेवन र लिङ्ग परिवर्तन गर्नेलाई धम्की समेत दिँदै आएका यी संस्थाको गलत धन्दा उजागर हुँदा छानबिन गर्नुपर्ने सरकारी निकायहरू भने अनदेखा गरिरहेका छन्। यसले व्यक्तिको स्वास्थ्यमा खेलबाड गर्नेहरूलाई नै प्रोत्साहित गरेको छ।

सुरुमा हर्मोन प्रयोग गर्न उक्साउने र अन्तिममा शल्यक्रियाका लागि सुझाव दिने सङ्गठित संस्थाको नेतृत्वका कारण केही व्यक्तिको कम उमेरमा मृत्यु नै भएको छ। केही अस्पताल धाइरहन विवश छन्।

सम्बन्धित समाचार :

स्वार्थका लागि गठित समूह सक्रिय, पारदर्शिताको कुरा उठाउँदा जागिर चट

हर्मोन प्रयोग गर्नेहरुमा मुटु र किड्नीको समस्या

लिङ्ग परिवर्तन गराउने धन्धाको संसदमा खैलाबैला , महिला बनेका पुरुष देखि तर्सिए सांसद

अकालमा ज्यान गुमाउनु पर्ने अवस्थामा यौनिक अल्पसङ्ख्यक

सांसद झाले गराइन सरकारको ध्यानाकर्षण : हर्मोन क्लिनिक र लिङ्ग परिवर्तनको गैरकानुनी काम तत्काल रोकियोस्

सांसदहरूले भने, ‘लिङ्ग परिवर्तन र हर्मोन बन्द गर्नुहोस्, मुद्दा साझा बनाउनुहोस्’

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले गरे प्रश्न : व्यवस्था बदलिए पनि अवस्था उस्तै किन?

व्यक्तिको स्वास्थ्य भन्दा अभियान रोकिने त्रास

पिंकी गुरुङले शेयर बिक्री बापत समुदायबाट लाखौँ उठाएको आरोप

समलिङ्गी विवाह दर्ता गरेर इतिहास रचेका जोडीहरू आफ्नै समुदायको संस्थाबाट अपहेलित, संरक्षण दिनुको साटो तिरस्कार?

हर्मोन प्रयोग र यौन अङ्ग प्रत्यारोपणको मलजल, समाचार लेख्ने मिडियालाई कारबाही गर्ने धम्की

ब्लु डायमन्डकी अध्यक्ष पिंकीको अभिव्यक्तिमा बोर्डले जनायो आपत्ति

सर्वोच्चको आदेशले उठाएका ११ प्रश्न : नयाँ महिलाको अधिकार के हुन्छ?

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.