एनपीएलमा कर्णाली याक्स र चितवन राइनोजको विजयी सुरुआत

एनपीएलमा कर्णाली याक्स र चितवन राइनोजको विजयी सुरुआत

50
SHARES

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)मा बुधवार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। खेल साँझ ५ बजे सुरु हुनेछ। एनपिएलमा पोखरा पहिलो खेल खेल्न लागेको हो। सुदूरपश्चिमको भने दोस्रो खेल हो। पहिलो खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो।

मङ्गलवारको खेलमा कर्णाली याक्स र चितवन राइनाेजले विजयी सुरुआत गरेका छन्। पहिलो खेलमा विराटनगर किंग्सलाई ८ रनले हराउँदै चितवन राइनोजले विजयी सुरुआत गरेको हो।

दोस्रो खेलमा कर्णालीले जनकपुरलाई १९ रनले हराउँदै एनपिएलमा सुखद सुरुआत गरेको हो।

चितवनले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको विराटनगर ३ बल अगावै १ सय ४९ रनमा अलआउट भयो। विराटनगरका लागि ओपनर इमरान शेखले ३९ र लोकेश बमले २६ रन बनाए। आन्द्रे रसेल ३३ रन बनाउँदै पेभेलियन फर्के। एंगेलो म्याथुसले १४ र बसिर अहमदले १३ रन थपे।

चितवनका लागि कमल ऐरिले ४ विकेट लिए। उनले आफ्‌नो स्पेलमा २६ रन खर्चे। रिजन ढकालले २ विकेट लिए। रन्जित कुमार, टम टेलर, डान मुस्ले र मौसम ढकालले समान एक विकेट आफ्‌नो नाममा गरे।

त्यसअघि विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ५७ रनको योगफल तयार पारेको थियो।

दोस्रो खेलमा कर्णालीले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको जनकपुर ३ बल अगावै १ सय १३ रनमा अलआउट भयो। जनकपुरलाई कम स्कोरमा रोक्न कर्णालीका युनिस र तलातले समान ३ विकेट लिए।

युनिसले आफ्‌नो स्पेलमा १ मेडन राख्दै २२ रन खर्चे। तलातले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए। सोमपाल कामीले २ ओभरमा ५ रन दिएर एक विकेट लिए। नन्दन यादवले २ विकेट आफ्‌नो नाममा गरे।

जनकपुरका लागि कप्तान हरमित सिंह र मोइन अलीले समान १९ रन बनाए। हरमितले १३ बलमा २ चौका हाने। जेम्स निसमले १५, अनिल साह ले ११ रन थपे। अविशेक तिवारी २० रन बनाउँदा क्याच आउट हुन पुगे।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३२ रनको योगफल तयार पारेको थियो।

आक्रामक सुरुआत गरेको कर्णालीले पावर प्ले मा नै ३ विकेट गुमाएको थियो। त्यसपछि केही दबाबमा परेको कर्णालीका लागि अरिफुल इस्लाम र पवन सर्राफले इनिङ्स सम्हालेका थिए।

अरिफुल इस्लामले बनाएको ४३ रन नै सर्वाधिक रह्यो। उनले २९ बलमा ४ चौका प्रहार । ३७ बलमा ३ छक्का सहयोगमा ३७ रन नै बनाएका पवन सर्राफ ललित राजवंशीको बलमा निसमको हातबाट क्याच आउट भए।

दिपक डुम्रेले १३ र गुल्सन झाले १२ रन थपे। ५ बलमा १ रन बनाएका कप्तान सोमपाल कामी हरमितको बलमा एलबीडब्लु धरापमा परे।

तलात ३, मार्क वाट र अकबर अली समान १ रनमा आउट भए। नन्दन यादवले ९ रनमा जोडे। कर्णालीलाई कम स्कोरमा रोक्न जनकपुरका कप्तान हरमित सिंहले ३ विकेट लिए। उनले आफ्‌नो स्पेलमा १ मेडन राख्दै २२ रन दिए। मोइन र राहुल यादवले समान २ विकेट लिए। ललितको नाममा एक विकेट रह्यो।

समाचार शेयर गर्नुहोस्
50
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.