सर्वोच्चद्वारा न्याय परिषदका नाममा कारण देखाउ आदेश

सर्वोच्चद्वारा न्याय परिषदका नाममा कारण देखाउ आदेश

  • आइतबार, कार्तिक १९ २०६९

पहिचान/ काठमाडौं, कार्तिक १९ – सर्वोच्च अदालतले अस्थायी न्यायाधीश पुनर्नियुक्तिमा संसदीय सुनुवाई गर्ने व्यवस्थाबारे न्याय परिषदसँग कारण मागेको छ । एकपटक संसदीय सुनुवाई भएर नियुक्त न्यायाधीशलाई फेरि नियुक्ति गर्दा सुनुवाई गर्नुपर्ने व्यवस्था बदर गर्नु पर्ने माग सहित परेको रिटमा सर्वोच्चले न्याय परिषदका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

सर्वोच्चले मंसिर ५ गतेभित्र लिखित जवाफ पेश गर्न न्याय परिषदलाई आदेश दिएको छ । यो विषय संविधानको जटिल व्याख्याभित्र पर्ने भएकाले एमीकस क्यूरी बोलाउने निर्णय पनि भएको सर्वोच्चका सहायक प्रवक्ता हेमन्त रावलले जानकारी दिए ।

यसबारे मंसिर ६ गते सुनुवाई हुनेछ । एमीकस क्युरीमा सर्वोच्च र नेपाल बारका तीन तीन जना संविधानका ज्ञातालाई राखिनेछ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading