प्रमाणिकरणमा नपरेका लडाकुलाई रकम दिने निर्णय कार्यान्वयन नगर्न आदेश

प्रमाणिकरणमा नपरेका लडाकुलाई रकम दिने निर्णय कार्यान्वयन नगर्न आदेश

  • आइतबार, कार्तिक १९ २०६९

पहिचान/ काठमाडौं, कार्तिक १९ – सर्वोच्च अदालतले अनमिनको प्रमाणिकरणमा नपरेका लडाकुलाई दुई लाख रुपैयाँ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

लडाकुलाई दुई लाख रुपैयाँ दिने सरकारी निर्णय कार्यान्वयन नगर्न माग गर्दै डेमोक्रेटिक लयर्स एशोसियसनले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीश गिरिशचन्द्र लालको एकल इजलाशले कात्तिक २६ गते दुवै पक्षलाई उपस्थित हुन पनि आदेश दिएको सर्वोच्चका सहायक प्रवक्ता हेमन्त रावलले जानकारी दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading