नेपालबाट चीनतर्फ गाँजा तस्करी भैरहेको खुलासा

नेपालबाट चीनतर्फ गाँजा तस्करी भैरहेको खुलासा

  • सोमबार, कार्तिक २० २०६९

पहिचान/ काठमाडौं, कार्तिक २० – नेपालबाट चीनतर्फ गाँजा तस्करी भैरहेको खुलासा भएको छ । तातोपानी नाका हुँदै चीन लैजान तयार गरिएको झण्डै ११ क्वीन्टल गाँजा सहित तीन जनालाई पक्राउ गरेपछि चीन तर्फ गाँजा तस्करी हुने गरेको नयाँ तथ्य खुलेको हो ।

यसअघि नेपालबाट भारत र तेस्रो मुलुक गाँजा तस्करी हुने गरेको पाइएको थियो । चीन तर्फपनि गाँजा तस्करी हुने गरेको तथ्य खुलेपछि प्रहरीले चीनतर्फपनि यसको संजाल पत्ता लगाउन अनुसन्धान सुरु गरिसकेको प्रहरीको लागु औषध नियन्त्रण कानून कार्यान्वयन ईकाईले जनाएको छ ।

र्ईकाईका प्रहरी बरिष्ठ उपरिक्षक नवराज सिलवालले चीनतर्फ गाँजा तस्करी गर्ने मुख्य व्यक्ति राजनन्दन साह सहितका व्यक्ति फक्राउ गरेर नेपालभित्र रहेको उनको समुहको संजाल नै तोडेको दाबी गरे ।

प्रहरीले काठमाण्डुको चाल्नाखेलबाट मकवानपुर सरिखेत पलासे ६ का डिलबहादुर मगर, महोत्तरी डाम्हीमडै ९ का उमेश चौधरी र महोत्तरी भटोलिया ८ का राजनन्दन साहलाई १ हजार ८० किलो गाँजा सहित पक्रेको हो ।

प्रक्राउ परेका व्यक्तिलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

गाँजा तातोपानी नाकाबाट चीनको खासा र तिब्बत पुराउने तयारीमा रहेका उनीहरुलाइ प्रहरीले तीन दिन अघि पक्रेको हो ।

ईकाईका प्रमुख प्रहरी नायब महानिरीक्षक केदार साउदले आफूहरुको ध्यान भारत र तेस्रो मुलुक हुने गाँजा तस्करीतिर गएपनि अब चीनतर्फ हुने गाँजा तस्करीमा समेत ध्यान केन्द्रीत गरेको बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.