विवादकाबीच फोरम गणतान्त्रिकको पहिलो महाधिवेशन सुरु

विवादकाबीच फोरम गणतान्त्रिकको पहिलो महाधिवेशन सुरु

  • मंगलबार, कार्तिक २१ २०६९

पहिचान/ बिरगञ्ज, कार्तिक २१ – विवादकाबीच मधेशी जनअधिकार फोरम गणतान्त्रिकको पहिलो महाधिवेशन बिरगञ्जमा सुरु भएको छ । विवादकाबीच मधेशी जनअधिकार फोरम गणतान्त्रिकको पहिलो महाधिवेशन बिरगञ्जमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै पार्टी कार्यवाहक अध्यक्ष राज किशोर यादवले यो महाधिवेशन अवैधानिक भएको भन्ने प्रचार झुठो भएको दाबी गरे ।

तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन, विधान संशोधन, कार्य समितीको संरचना परिवर्तन लगायतका विषयमा पनि छलफल हुनेछ । महाधिवेशनमा पार्टीको झण्डा फेर्ने प्रस्ताव समेत पेश हुने एक नेताले बताएका छन् ।

पार्टीको अर्को समूहले भने महाधिवेशन विधान विपरीत हुन लागेको भन्दै यसको अर्थ नभएको दावी गरेको छ ।

नन्दनकुमार दत्त समूहले महाधिवेशनमा बहुमत केन्द्रीय सदस्य उपस्थित गरेर देखाउन समेत चुनौती दिएको छ ।

दत्तले पार्टीको २२ सदस्य केन्द्रीय सदस्य मध्ये १२ जना एकै ठाउँमा रहेको दावी गरेका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.