विपक्षी दलले तिहार पछि सरकार विरुद्ध आन्दोलन गर्ने

विपक्षी दलले तिहार पछि सरकार विरुद्ध आन्दोलन गर्ने

  • बुधबार, कार्तिक २२ २०६९

पहिचान/ काठमाडौं, कात्तिक २२ – विपक्षी दलले तिहार पछि सरकार विरुद्ध आन्दोलन गर्ने भएका छन् । कांग्रेस एमाले लगायत विपक्षी दलको कार्यदलले सरकार विरुद्ध आन्दोलनका कार्यक्रमको खाका तयार गरेको छ । बिहीबार सरकार बाहिर रहेका सबै दलको बैठकबाट पारित गरी पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने कार्यदलका सदस्य एमाले नेता भिम रावलले जानकारी दिए ।
सरकारले एक तर्फ रुपमा बजेट ल्याउन लागेको भन्दै रोक्न राष्ट्रपतिलाई लिखित आग्रह गर्ने, सहमतीको सरकारका लागि वर्तमन सरकारले तत्काल राजिनामा दिनु पर्ने र तिहार पछि आन्दोलन गर्ने गरी कार्यक्रम सार्वजनिक गर्ने कांग्रेस नेता मिनेन्द्र रिजालले बताए । .

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.