काँग्रेसको जनप्रदर्शनको तयारी तीब्र

काँग्रेसको जनप्रदर्शनको तयारी तीब्र

  • बुधबार, कार्तिक २२ २०६९

पहिचान/ काठमाडौं, कार्तिक २२ – नेपाली काँग्रेसले कार्तिक २४ गते काठमाडौंमा गर्ने जनप्रदर्शनको तयारी तिब्र भएको जनाएको छ । काँग्रेस काठमाडौं जिल्ला सभापति भिमसेन दास प्रधानले पत्रकार सम्मेलन गरेर स्वर्गीय नेता गणेशमान सिहको ९७ औ जन्म दिवसको अवसर पारेर प्रर्दशन गर्न लागेको बताए ।
पत्रकार सम्मेलनमा प्रचार प्रसार समितिका संयोजक गोविन्द पुडासैनीले मुलुकमा बढ्दै गएको राजनीतिक, संबैधानिक र आर्थिक संकट सहमतिको सरकार निर्माण विना समाधान हुन नसक्ने भएकोले त्यसको लागि आन्दोलनमा उत्रन बाध्य भएको बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.