निर्वाचन आयुक्तको जिम्मेवारी दोलखबहादुर गुरुङले सम्हाल्ने

निर्वाचन आयुक्तको जिम्मेवारी दोलखबहादुर गुरुङले सम्हाल्ने

  • बुधबार, कार्तिक २२ २०६९

पहिचान/ काठमाडौं, कार्तिक २२ – बिहीबारदेखि कार्यवाहक प्रमूख निर्वाचन आयुक्तको जिम्मेवारी वरिष्ठताका आधारमा आयुक्त दोलखबहादुर गुरुङले सम्हाल्नु हुने भएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको कार्यकाल आजदेखि सकिएकाले वरिष्ठताका आधारमा गुरुङ्गले कार्यवाहक प्रमूख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हाल्नु हुने भएको हो ।

उप्रेती अहिले अमेरिकामा हुनुहुन्छ । संवैधानिक निकायका पदाधिकारहरुको पारिश्रमिक सेवा सर्तका बारेमा व्यवस्था गर्न बनेको ऐन २०५३ ले वरिष्ठताका आधारमा भनेकाले गुरुङ्गले कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी पाउन लाग्नु भएको हो ।

२०६६ जेठमा प्रमुख निर्वाचन आयुक्त भोजराज पोख्रेलले अवकास लिएपछि उप्रेती कार्ववाहक बन्नु भएको थियो । कार्यवाहक निर्वाचन आयुक्तको रुपमा गुरुङ्गले आउँदो पुषसम्म काम गर्नु हुनेछ ।

अब आयोगमा एक कार्यवाहक निर्वाचन आयुक्त र एक आयुक्त अयोधी प्रसाद यादव मात्र रहनु हुनेछ । उहाँहरु दुबै जनाको कार्यकाल पुषसम्म मात्र छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.