राष्ट्रपतिले ‘कू’ गर्ने संभावना छैनः यादव

राष्ट्रपतिले ‘कू’ गर्ने संभावना छैनः यादव

  • बिहिबार, कार्तिक २३ २०६९

पहिचान/ जनकपुर, कार्तिक २३ – मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिले सत्ता हातमा लिने संभावना नरहेको बताएका छन् । जनकपुरमा बिहीबार पत्रकारसँग यादवले राष्ट्रपति डा. रामवरण यादवले ‘कू’ गर्ने संभावना नरहेको र त्यो उचित पनि नहुने बताए ।

तर दलहरुको सहमतिमा निकासका लागि राष्ट्रपतिले भूमिका निर्वाह गर्न सक्ने यादवको तर्क छ । सहमतिमा मात्रै बजेट आउनु पर्ने भन्दै यादवले सरकारले राजिनामा नदिए आन्दोलनबाट हटाउने दावी गरे ।

अब चुनावमै जानुपर्नेमा उनले जोड दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.