समलिङ्गी तेश्रोलिङ्गीको आन्दोलनलाई कमजोर बनाउने षडयन्त्र

समलिङ्गी तेश्रोलिङ्गीको आन्दोलनलाई कमजोर बनाउने षडयन्त्र

  • शुक्रबार, मंसिर २२ २०६९

पहिचान/काठमाडौ, २२ मंसिर– भ्रष्टाचार र अश्लिल क्रियाकलाप गरेर निकालिएका ब्यक्तिहरुले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको अधिकारको लागि १२ वर्षदेखि लड्दै आएको नील हीरा समाजको बदनाम गर्दै हिडेको प्रति सरोकारबालाहरुले आपत्ति जनाएका छन् ।
नील हीरा समाजका तर्फाट सरोकारवाला यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले शुक्रवार रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर आफूहरुको अधिकार स्थापित गर्न निरन्तर संर्घष्ा गरिरहेको संस्थालाई बदनाम गर्दै संगठनबाट भ्रष्टाचार र अश्लिलताको आरोपमा निकालिएकाहरुले अधिकारको अभियानलाई बदनाम गरेको आरोप लगाए ।
पत्रकार सम्मेलनमा बोल्दै नील हीरा समाजकी अध्यक्ष पिंकी गुरुङले संगठनमा भ्रष्टाचार गरेको प्रमाणित भए पछि निकालिएका केही ब्यक्तिहरुले अधिकार प्राप्तिको आफूहरुको आन्दोनलनलाई कमजोर बनाउने र आफूहरुलाई अधिकार विहीन षडयन्त्र गरेको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरिन ।
सञ्चारमाध्यमहरुमा संगठनमा ब्यापक भ्रष्टाचार भएको, संगठनका निर्देशक एवम पर्ूव सभासद सुनीलबाबु पन्तले कार्यालयमै बलात्कार गरेको जस्ता समाचारहरु आएको प्रति लक्षित गर्दै विगत लामो समयदेखि आफू संगठनको अध्यक्ष पदमा रहँदै आएकोले त्यस्तो केही नभएकोले आशंकालागे सबै हिसाव किताव देखाउन आफूहरु तयार रहेको स्पष्ट परिन ।
पहिलो पटक तेस्रो लिङगीको परिचयसहितको नागरिकता पाएका विष्णु अधिकारीले नील हीरा समाजकै अभियानका कारण आफूहरुको परिचय स्थापित भएको उल्लेख गर्दै अहिले आफूहरुको नामबाट कमाउन पल्केकाहरुले अधिकार खोस्ने षडयन्त्र गरेको प्रति आक्रोस ब्यक्तगरे ।
उनले भने-विगतमा भ्रष्टाचारको आरोपमा निकालिएका बद्री पुन, जमिम शाह र पुनम रोक्क लगायतकाले कोर नेपाल नामक नयाँ संस्था गठन गरेकोले नील हीरा समाजलाई बदनाम गरेर सहयोगीहरुलाई भ्रममा पारि आर्थिक लाम लिन उनिहरुको योजना मा भ्रम छरिएको छ । यसबाट सचेत हुनु पर्छ । उनले आफुले सुनील बाबु पन्तको दवावमा नागरिकता लिएकेा भन्ने प्रचारको खण्डन समेत पत्रकार सम्मेलनमागरे ।
पत्रकार सम्मेलनमा समलिङगी दर्ुगा थापा, चन्दा भुसाल, भक्ति शाह, सुमन, भूमिका श्रेष्ठ लगायतकाले पनि आफूहरुकेा अधिकार प्राप्तीको लर्डाईलाई नष्ट गर्ने योजनाको हतियार नबनी आफूहरुलाई समाजमा स्थापित गराउन र अधिकार दिलाउन सहयोग गर्न आब्हान गरे ।
१२ वर्षअघि स्थापित नील हीरा समाजको अहिले देशका ४० शहरमा कार्यालय र ७ सय ५० जना कर्मचारी रहेका छन् । नेपालमा ४ लाख भन्दा बढी यौनिक र लैंगिक अल्पसंख्यकहरु रहेको तथ्याङक रहेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading