नील हिरा समाजका कार्यकारी निर्देशक सहित सदस्यलाई ज्यान मार्ने धम्की सरकारले चासो नदिएकोमा इन्सेकको ध्यानाकर्षाण

नील हिरा समाजका कार्यकारी निर्देशक सहित सदस्यलाई ज्यान मार्ने धम्की सरकारले चासो नदिएकोमा इन्सेकको ध्यानाकर्षाण

  • बुधबार, मंसिर २७ २०६९

पहिचान/काठमाडौ, २७ मंसिर- इन्सेकले नील हिरा समाजका कार्यकारी निर्देशक सुनीलबाबु पन्त तथा सदस्य भूमिका श्रेष्ठ र स्वस्तिकालाई मार्ने धम्की आएकोप्रति चासो लिन सरकारको ध्यानाकर्षा गराएको छ । नचिनेका मान्छेले फोनबाट मार्ने धम्की दिएको भन्दर्ैर् इन्सेकले सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षा गराएको हो ।
नेपालका यौनिक तथा लैङ्गकि अल्पसंख्यक व्यक्तिको अधिकारका लागि क्रियाशील व्यक्तिमाथीको धम्कीका घटनामा राज्यले मौनता देखाएको भन्दै इन्सेकले विज्ञप्ती निकालेर आपत्ती जनाएको छ ।
‘मानिसको सम्मान पर्ूवक बाँच्न पाउने अधिकारको संरक्षण गर्नु राज्यको दायित्व हो । अझ मानव अधिकार रक्षकको सुरक्षा राज्यको विशेष जिम्मेवारीमा पर्दछ’, इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘मानवअधिकार रक्षकमाथि भएका यस्ता घटनाका दोषीलाई यथाशीघ्र कानुनी कारबाहीको दायरामा ल्याउन हामी नेपाल सरकारसँग आग्रह गर्दछौँ ।’
समाजका सदस्य अञ्जली थापालाई केहीदिनअघि चितवनमा अपरिचित व्यक्तिले कुटपिट गरेपनि घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न प्रहरी प्रशासन उदासीन रहेको पाईएकोर् इन्सेकले जनाएको छ ।
केहीदिन अघि समाजका कार्यकारी निर्देशक सुनिलवावु पन्तले आफू र आफ्ना सदस्यमाथि ज्यान मार्ने धम्की आएको भन्दै प्रहरी महानिरीक्षक कुवेरसिंह राणालाई पत्र लेखेर सुरक्षा दिन माग गर्नु भएको थियो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading