देशमा अराजकता र दण्डहीनता हावी

देशमा अराजकता र दण्डहीनता हावी

  • मंगलबार, पौस २४ २०६९

काठमाडौ,२४ पौष – देशमा अराजकता र दण्डहीनता हावी भएको छ । पत्रकारलाई जिउँदै खाल्डोमा गाड्ने अभियुक्तलाई पक्राउ गरेकोमा आपत्ति जनाउने बर्तमान सरकार देशमा विधिको शासन होइन दण्डहीनतालाई प्रश्रय दिएको प्रष्ट भएको छ ।

विधिको शासनको जिम्मेवारी लिएर बसेका प्रधानमन्त्री डँकटर बाबुराम भट्टराईले अपराध स्वीकार गरिसकेका व्यक्तिलाई समेत बचाउन लाग्नुले न्याय पाइन्छ भन्नु सर्वथा गलत हुनेछ । र, पत्रकार हत्याका अभियुक्तलाई पक्राउ गरेकोमा प्रधानमन्त्री आफैले आपत्ति जनाउनुले प्रधानमन्त्री आफै देशमा दण्डहीनताको स्रोत बन्नुभएको छ ।
एकातिर अभियुक्त पक्राउको विरोध गर्नु अनि अर्कोतिर त्यसमा सरकारको संलग्नता छैन भन्नु घोर लज्जाको विषय हो । यो राज्य कसरी चलिरहेको छ भनेर अब कससलाइ सोध्ने ? सरकार अभिभावक हो तर हाम्रा प्रधानमन्त्री सबै नागरिकका प्रधानमन्त्री होइनन भन्ने पछिल्लो कुराले प्रष्ट गरेको छ । एकातिर माओवादीको मात्रै प्रधानमन्त्री जस्तो बन्ने अनि अर्कोतिर आफू प्रधानमन्त्री भएर पनि देशका राज्य संयन्त्रका गतिविधिप्रति प्रमुख भएर पनि असहमति जनाउने प्रधानमन्त्रीको बालशुलभ प्रवृत्ति निन्दनीय छ ।
चर बर्ष अघि मारिएका पत्रकार डेकेन्द्र थापा मात्रै होइनन् थापा जस्ता धेरै पत्रकार जिउँदै मरिरहेका छन् । जिउँदै मार्नुको दोष प्रधानमन्त्री बाबुराम भट्टराई एक्लै लिन सक्ने कि नसक्ने ? यो प्रश्न प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति पछि उठेको छ । के यो देशमा कुनै यस्तो संयन्त्र छ जसले सहज न्याय दिन सक्यो ? यस्ता हजारौ प्रश्न राज्य प्रमूखसँग तेर्सिएका छन् । कुन निकायमा जानु हुन्छ त्यही निकायमा भ्रष्टाचार छ । बल्ल बल्ल ऋृण धन जम्मा गरेर दुई पाङ्ग्रे मोटरसाइकल किन्यो । आफ्नो नाममा बनाउने वेला घुस नै मागिन्छ । जग्गा किन्यो पास गर्दा मालपोतमन घुस नै मागिन्छ । कहाँ छैन घुस नलिने ठाउँ ?
देशको प्रमूख प्रशासनिक केन्द्र सिंहदरवार भित्रका कार्यालयमा भ्रष्टाचार छैन भनेर कसरी भन्ने ? सिंहदरवार भित्रका कार्यालयको सिकायतमा भ्रष्टाचार मौलाएको छ जसको उदाहारण जिल्ला प्रशासन कार्यालय नम्वर एकमा पर्छ । उ सत्य असत्य खुट्टयाउन एक व्यक्तिलाई पटक पटक कठघरामा उभ्याउँछ र थिल थिलो बनाएर घुस दिन बाध्य पार्ने प्रयास गरिरहन्छ ।
यो त उदाहरण मात्रै हो । यस्ता थुप्रै सरकारी कार्यालय छन् जुन कार्यालय हातमा दाम नपरी जनताको काम गर्दैनन् । एउटा जनताले अर्को जनतालाई मारिरहन्छ भने देशको अभिभावकको रुपमा रहने प्रधानमन्त्री मार्नेलाई कारवाही गर्नु हुँदैन भनिरहनु हुन्छ भने मर्नेका परिवारले न्याय माग्न कहाँ जाने हो ? न्याय पाउने ठाउँ पनि भनिदिए तपाईसँग यस्ता प्रश्न ओइरिने थिएनन् कि ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.