नविकरण नरोक्न प्रधानमन्त्रीलाई खुल्ला पत्र (पत्र सहित)

नविकरण नरोक्न प्रधानमन्त्रीलाई खुल्ला पत्र (पत्र सहित)

  • आइतबार, पौस २९ २०६९

२९पौष / काठमाण्डौं – नील हिरा समाजले जिल्ला प्रशासन कार्यालय काठमाण्डौले संस्थाको नविकरण रोकेकोमा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टर्राईलाई खुल्ला पत्र लेखेको छ । समाजले संस्थामा अनियमितता देखिएमा सजाय भोग्न भोगाउन तयार रहेको बताउँदै अविलम्व हस्तक्षेप गरी समाजको नविकरण गराउन माग गरेको छ ।
विभन्न संचारमाध्यममा प्रमूख जिल्ला अधिकारी चुडामणी शर्माले छानविनको प्रारम्भिक प्रतिवेदनमा कुनै अनियमितता नभेटिएको बताएपनि प्रतिवेदन अहिले सम्म र्सार्वजनिक गरेकोमा समाजले आपत्ती जनाएको छ । समाजले प्रधानमन्त्रीलाई खुल्ला पत्र लेखेर प्रमूख जिल्ला अधिकारी शर्माले छानविन एउटा प्रक्रिया र नविकरण अर्को प्रक्रिया हो भने भने अहिले सम्म संस्थाको नविकरण रोकिदिएको घटनालाई शंकास्पद रुपमा हर्ेन थालेको उल्लेख गरेको छ ।
प्रमूख जिल्ला अधिकारी शर्माले अहिलेसम्म पनि नविकरणको फाइल आफ्नै टेवुलमा राखेकाले देशभरका समलिङ्गी तेश्रोलिङ्गी समूदायका कार्यक्रम बन्द हुने भन्दै नील हिरा समाजले चिन्ता व्यक्त गरेको छ । समाजको नविकरण नहुँदा रेडियोमा हरेक दिन र टेलिभिजनमा हप्तामा एक दिन प्रसारण हुँदै आएको कार्यक्रम पहिचान बन्द भइसकेको छ । अधिकार प्राप्तीको अभियान चलाइरहेको समाजलाई अगाडि बढ्न नदिने काममा लागेकहरुले प्रशासन कार्यालय समेतलाई आफ्नो दवावमा पारेको हो कि भन्ने शंका समाजले व्यक्त गरेको छ ।
समाजले छानविनको प्रतिवेदन जस्ताको तस्तै जारी गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौंलाई आग्रह पनि गरेको छ । संस्था नविकरण नहुँदा तेश्रो लिंगी तथा समलिंगी समुदायका मुद्दा ओझेलमा पर्नुका साथै यो समुदायका ७ सय ५० भन्दा बढिको रोजगारी गुमेको निलहीरा समाजले बताएको छ ।
संस्थाको नविकरण नहुँदा नेपाल भर रहेका समलिङ्गी तेश्रोलिङ्गी विचल्लीमा परेका नील हिरा समाजले उल्लेख गरेको छ । समाजको नविकरण रोकिएकोमा विभिन्न अन्तराष्ट्रिय समूदायले पनि प्रधानमन्त्री डाक्टर बाबुराम भट्टर्राईलाई पत्र लेखेर ध्यानाकर्षा गराइसकेका छन् । नील हिरा समाजले प्रधानमन्त्रीलाई लेखेको खुल्ला पत्र जस्ताको तस्तै ः

सम्माननिय प्रधान मन्त्री ज्यूलाई खुला पत्र

सम्माननिय प्रधान मन्त्री ज्यू,

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

सिंहदरबार काठमाडौ,नेपाल।

फोन: ९७७-१-४२११००० पो ब. नं. २३३१२ Email: [email protected]
हामी नेपाल भरि छरिएर रहेका यौनिक तथा लैँगिक अल्पसंख्यक समुदायको आमा-संस्था, नील हिरा समाज, जिल्ला प्रशासन कार्यलय काठमाण्डौले नबिकरण रोकि दिंदा, विचल्लिमा परेक छौं। हाम्रालागि एउटैमात्र आस्रयको थलो, हक-अधिकारका लागी एकसुत्रमा बाध्ने धागो, एउटै मात्र रोजगारिको सहारा, नील हिरा समाज नविकरण नगरिदिदा बन्द हुने अवस्थामा पुगेको मा हामी चिन्तित भएर सम्माननिय प्रधान मन्त्री ज्यू लाई यो खुला पत्र लेख्न र सहयोग माग्न वाध्य भएका हौं।
२०५८ साल देखि नील हिरा समाज हाम्रो पहिचान र आत्मा बोकेर, हामीसंगै हाम्रा हक अधिकारका लागि लड्दै आईरेहेको छ। हाम्रो जस्तो परम्परागत र पुरातन सोचको आधारमा चल्ने समाजमा देशका विभिन्न भागमा उल्लेख्य मात्रामा रहेका यस समुदायका व्यक्तिहरू भए पनि घर,परिवार, समाज, एवम् राज्यले समेत गर्ने विभिन्न प्रकारका हिंसा तथा भेदभावका कारणले गर्दा यस हामी आफ्ना इच्छा आकांक्षालाई दभित पारी नारकीय जीवन भोगी रहेको अवस्था थियो।  यस समुदायका व्यक्तिहरूको मर्म र पिडालाई महशुस र आत्मसात् गरि यस समुदायको मानव अधिकार र स्वास्थ्यको क्षेत्रमा केही गरौँ भन्ने उद्देश्यले यसै समुदायका अगुवा श्री सुनिल बाबु पन्तको पहल र प्रयासमा आजभन्दा ११ बर्ष अघि एक गैर-सरकारी संस्थाको रूपमा यस नील हिरा समाजको स्थापना गरिएको हो। यद्यपी अथक प्रयास र संघर्षका बीच प्राप्त उपलब्धिहरूले गर्दा आज यौनिक तथा लैंगिक अल्पसंख्यकको क्षेत्रमा कार्यरत यस नील हिरा समाज एक प्रतिष्ठित गैर-सरकारी संस्थाको रूपमा स्थापित हुन पुगेको छ। यस संस्थाले देशमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मानव अधिकार र स्वास्थ्यको क्षेत्रमा विभिन्न प्रकारका गतिविधिहरू इमान्दारिता र पारदर्शीताका साथ गर्न सफल भएको कारणले नै विभिन्न दुतावास तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायहरूले सहयोग गर्दै आइरहेका छन्। देशका ३८ वटा शहरहरूमा आफ्ना शाखा कार्यालयहरू स्थापना गरी करिब ७५० जनाभन्दा बढी व्यक्तिहरूलाई रोजगार प्रदान गर्न यो संस्था सक्षम भएको छ। तर हाल आएर नविकरण जिल्ला प्रशासन कार्यलय काठमाण्डौले नबिकरण रोकि दिंदा नील हिरा समाजको २०६९ साउन १७ गतेदेखि नियमित प्रसारण हुँदै आएको रेडियो कमर्यक्रम पहिचान बन्द भएको छ । समलिङ्गी तेश्रोलिङ्गी समूदायको एक मात्र रेडियो कार्यक्रम पहिचान हरेक दिन दिउँसो चार बजेर १० मिनेट देखि ५ बजेसम्म प्रसारण हुँदै आएको थियो । यस्तै नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको पहिचान कार्यक्रम पनि बन्द भएको छ । रेडियो र टेलिभिजन कार्यक्रम समलिङ्गी तेश्रोलिङ्गी समूदायका सदस्यलेनै संचालन गर्दै आएका थियौं । समलिङ्गी तेश्रोलिङ्गी समूदायको अधिकार प्राप्ती र समाजमा अरु सदस्य सरह जीवन यापनमा सहज वातावरण बनाउन रेडियो कार्यक्रम पहिचानले सहयोगी भूमिका निर्वाह गर्दै आएको थियो । हामी सबै भिन्न हामी सबै समान नारा सहित शुरु भएको रेडियो कार्यक्रम जिल्ला प्रशासन कार्यालय काठमाण्डौले नील हिरा समाजको नविकरण रोकिदिएकाले बन्द भएको हो ।जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा नील हिरा समाजकै पूर्व ५० दिन काम गरेकस आम्सिक-कर्मचारी सिंहवहादुर लामाका नाति, इमानसिंह लामाका छोरा काभ्रे जिल्ला माझि फेदी घर भई हाल काठमाण्डु चावहिल बस्ने बर्ष ३० का विनोद लामा (जमिम शाह, जमिन राना एउटै नाम ) ले व्यक्तिगत रिसिविका कारण संस्थामा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी दिएका थिए । अख्तियारबाट उजुरीमाथि छानविन गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा पत्रचार भएको थियो । तर यो उजुरीमाथि प्रशासनले नील हिरा समाजसँग कुनै लिखित पत्राचार विना मौखिक रुपमा सम्पूर्ण कागजात मगाएर छानविन गरेको छ । छानविनको प्रारम्भिक प्रतिवेदनमा कुनै अनियमितता भएको नभेटिएको प्रमूख जिल्ला अधिकारी चुडामणी शर्माले संचारमाध्यम मार्फत बताउँदै आउनु भएको छ । उहाँले छानविन एउटा प्रक्रिया नविकरण अर्को प्रक्रिया हो भने पनि संस्थाको नविकरण रोकिदिएको घटनालाई हामीले शंकास्पद रुपमा हेर्न थालेका छौं ।  शर्माले हाल सम्म पनि नविकरणको फाइल आफ्नै टेवुलमा राखेकाले देशभरका समलिङ्गी तेश्रोलिङ्गी समूदायका थप कार्यक्रमहरु बन्द हुने भएका छन् । अधिकार प्राप्तीको अभियान चलाइरहेको नील हिरा समाजलाई अगाडि बढ्न नदिने काममा लागेकाहरुले प्रशासन कार्यालय समेतलाई आफ्नो दवावमा पारेको हो की भन्ने शंका हामीलाई लागेको छ ।छानविनको प्रतिवेदन जस्ताको तस्तै जारि गर्न प्रधान मन्त्री मार्फत जिल्ला प्रशासन कार्यलय काठमाण्डौ संग माग गर्दछौं। अनियमितता देखिएमा सजाय भोग्न भोगाउन तयार छौं।
त्यसैले प्रधान मन्त्री ज्यूलाई अविलम्व हस्तछेप गरी नील हिरा समाजको नविकरण तुरुन्त गर्न गराउन पनि अनुरोध सहित जोडदार माग गर्दछौं।

देश भरका यौनिक तथा लैंगिक अल्पसंख्यक

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading