महिला हिंसा अन्त्यका लागि दवाव आवश्यक

महिला हिंसा अन्त्यका लागि दवाव आवश्यक

  • आइतबार, माघ २१ २०६९

पहिचान/ काठमाण्डौ, माघ २१- अन्तराष्ट्रिय संघसंस्थाहरुले महिला माथि हुने हिंसा अन्त्यको अभियान संचालन गरिरहेका नेपालका संघसंस्थासँग अन्तरक्रिया शुरु गरेका छन् । भारतको दिल्लीमा रहेको क्रिया नामक संस्थाले महिलाको शान्ति र सुरक्षा विषयमा गरेको छलफलमा सहभागी अधिकारकर्मीले कानुनमा भएका अधिकार लिन अहिले पनि सघर्ष गर्नु परेको बताएका छन् ।

राष्ट्रिय अन्तराष्ट्रिय कानुनमा भएका व्यवस्था पूर्ण रुपमा कार्यान्वयनमा आए महिलाको शान्ति, सुरक्षा र अधिकारका लागि धेरै सहज हुने धारणा राखे । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको मातृ संस्था नील हिरा समाज, नागरिक आवाज लगायतका संघसंस्थाबाट सहभागी भएकाहरुले अधिकार प्राप्तीको अभियानबारे अहिले पनि दवाव दिइरहनु परेको बताए । क्रियाकी कार्यकारी निर्देशक गिताञ्जली मिश्रले महिलाको शान्ति सुरक्षामा मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । नील हिरा समाजका कार्यकारी निर्देशक सुनिलवावु पन्तले फरक यौनिकता भएकै कारण अधिकार विहिन भएकाहरुको अधिकार प्राप्तीका लागि दवाव दिइरहेको बताउनु भयो । पन्तले समाजमा रहेका हरेक समूदाय भित्र कुनै न कुनै हिंसा भइरहेको बताउँदै सबैको साथ सहयोगबाट हिंसा अन्त्य गर्न सकिने बताउनु भयो ।

कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारीमा रहँदा विभेद भएपछि भागेर नील हिरा समाजको सम्पर्कमा पुगेकी सुशिला लामाले सिद्धान्त एउटा र काम अर्को भएपछि आफू भागेर समाजको सम्पर्कमा आउनु परेको बताउनु भयो । लामाले समाजको सम्पर्कमा आएपछि आफ्नो अधिकारबारे जान्न र बुभाउन सक्ने भएको बताउनु भयो । डान्स रेष्टुरेण्टमा काम गर्ने महिलाको संस्थाकी सिर्जना मगरले जनवरी महिनामा मात्रै हिंसाकै कारण २ जना महिलाको मृत्यु भएको बताउनु भयो ।

राज्यबाट पछाडि पारिएको, समाजले हेय भावले हेर्ने गरेको बताउँदै डान्स, दोहोरीमा काम गर्ने महिला धेरै पीडित बनिरहेको मगरले बताउनु भयो । कार्यक्रममा क्रियाले महिला माथि हुने हिंसा अन्त्यका लागि काम गरिरहेको र यो काममा सबैको सहयोग रहिरहने विश्वास व्यक्त गरेको छ । क्रियाले हिंसा अन्त्यका लागि आ आफ्नो ठाउँबाट दवाव दिइरहनु पर्नेमा जोड दिएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading