काभ्रेको मथुरापाटी फुलवारीमा सोलार वितरण

काभ्रेको मथुरापाटी फुलवारीमा सोलार वितरण

  • आइतबार, माघ २१ २०६९

clip_image001पहिचान/काभ्रे, माघ २१ -रोट्याक क्लव अफ फुलवारी काभ्रेले मथुरापाटी गाविसमा ४५ वटा सोलार बत्ती वितरण गरेको छ । बढ्दो लोडसेडिङको समस्या समाधानको विकल्पको रुपममा सोलार बत्ती वितरण गरिएको क्लवले जनाएको छ ।

मथुरापाटी गाविसको भिमेश्वर निम्न माध्यमिक विद्यालय पिपलचौरमा १० वाटको ४५ वटा सोलार वितरण गरिएको हो । मथुरापाटी गाविसको वडा नम्वर ६, ७ र ८ मा १५ १५ वटाका दरले शोलार वत्ती वितरण गरिएको छ । एउटा शोलारको १२ हजार रुपैयाँ पर्ने र जडान गर्ने घरले जम्मा ३ हजार ३ सय रुपैयाँ तिर्नु पर्ने क्लवका अध्यक्ष हरिचन्द्र सत्यालले जानकारी दिनुभयो ।

हग हेवन फाउण्डेसनको सहकार्यमा शोलार वितरण गरिएको सत्यालले जानकारी दिनुभयो । अवको साढे चार बर्ष भित्र फुलवारी मथुरापार्टी गाविसका सबै घरमा शोलार वत्ती जडान गर्ने लक्ष्य रहेको सत्यालले जानकारी दिनुभयो । सोलार बत्ती वितरण कार्यक्रममा रोट्याक क्लव अफ भक्तपुरका चार जनालाई सम्मान गरिएको थियो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading