समाचारमा सन्तुलन र भाषा, शव्द प्रयोगमा सावधानी अपनाउन आग्रह(पत्र सहित)

समाचारमा सन्तुलन र भाषा, शव्द प्रयोगमा सावधानी अपनाउन आग्रह(पत्र सहित)

  • शुक्रबार, माघ २६ २०६९

पहिचान/काठमाण्डौं, माघ २६- प्रेस काउन्सिल नेपालले सगरमाथा टेलिभिनलाई समाचारको विषयवस्तुको प्रस्तुतीमा सन्तुलन, भाषा र शव्द प्रयोगमा सावधानी अपनाउन पुन आग्रह गरेको छ । समलिङ्गी तेश्रोलिङ्गी समूदायको एक मात्र मातृ संस्था नील हिरा समाजले सगरमाथा टेलिभिजनद्धारा प्रसारित समाचार मुलक कार्यक्रममा आधारहिन, कपोलकल्पित र एकपक्षिय आरोप लगाएर सामग्री प्रसारण गरेको दावी सहित काउन्सिलमा उजुरी गरेको थियो ।
प्रेस काउन्सिल नेपालले नील हिरा समाजका अध्यक्ष संजिव गुरुङले दिएको उजुरीबारे काउन्सिलको आचारसंहिता अनुगमन तथा संवाद समितिमा छलफल गरेर विषयवस्तुको प्रस्तुतीमा असन्तुलन, भाषा र शव्दको प्रयोगमा असावधानी देखिएको ठहर गरेको छ । काउन्सिलका उप प्रशासकीय अधिकृत दीपक खनालले सगरमाथा टेलिभिजनलाई लेखेको पत्रमा नील हिरा समाजका बारेमा प्रसारित समाचारको सिडि अध्ययन पछि आचार संहिता अनुगमन तथा संवाद उपसमितिको माघ २० गतेको बैठकमा पुन छलफल हुँदा त्यस समाचारको विषयवस्तुको प्रस्तुतीमा असन्तुलन र भाषा, शव्दको प्रयोगमा असावधानी देखिएकाले ध्यान पुर्याउन पुन ध्यानाकर्षण गराउने निर्णय भएको उल्लेख छ ।
सगरमाथा टेलिभिजनमा प्रसारित समाचारकै कारण संस्थामाथि अनियमितताको आरोप लागेको र संस्थाको नविकरण समेत रोकिएको संस्थाले बताउँदै आएको छ । समाजले यही कारण जिल्ला प्रशासन कार्यालय काठमाण्डौले संस्थाको नविकरण रोकेको भन्दै प्रशासनको पूर्वाग्रही पत्र सहित पुनरावेदन अदालत सम्म पुगिसकेको जनाएको छ । समाजको पत्रमा सुनुवाई गर्दै पुनरावेदन अदालत पाटनले प्रमूख जिल्ला अधिकारी चुडामणी शर्मालाई छलफलका लागि आउँदो आइतवार बोलाइसकेको छ ।
समाजका कार्यकारी निर्देशक सुनिलवावु पन्तले सगरमाथा टेलिभिजनले नील हिरा समाजको विरुद्धमा देखाएको समाचार कार्यक्रमले अंचार आचारसंहिता उल्लघंन गरेको पुष्टी हुँदै गएको बताउनु भएको छ । आरोप जो माथि पनि लाग्न सक्छ तर त्यो आरोप प्रमाणित हुनुपर्छ पन्तले पहिचानसँग प्रश्न गर्नुुभयो ः म माथि व्यक्तिगत रुपमा यसरी कपोलकल्पित समाचार प्रसारण गरेर संचारमाध्यमले समूदायबारे दिन खोजेको के हो ?
नील हिरा समाजले प्रेस काउन्सिलको लामो समयको छानविन पछिको यो ठम्माई गरेर जारी गरेको पत्रको स्वागत गरेको छ । समाजले सगरमाथा टेलिभिजनको भ्रामक समाचार र कार्यक्रमका कारण समलिङ्गी, तेश्रोलिङ्ग समूदाय, नील हिरा समाज परिवार, सहयात्री, सहयोगीहरु, संचारक्षेत्र तथा सम्पूर्ण नेपाली समुदाय तथा अन्तराष्ट्रिय समूदायमा पर्न गएको असामन्जस्यता वा अप्ठ्याराहरुका लागि माफी मागेको छ ।press_council

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading