वेलायतमा समलिङ्गी पुरुषमा एचाआइभी संक्रमण बढदो

वेलायतमा समलिङ्गी पुरुषमा एचाआइभी संक्रमण बढदो

  • आइतबार, फाल्गुन ६ २०६९

फागुन ६- वेलायतमा कण्डोम प्रयोग नगरी यौन सम्पर्क गर्ने समलिङ्गी पुरुषमा एचआइभी संक्रमणको दर बढेको छ । वेलायती स्वास्थ्य सुरक्षा सम्बन्धी काम गर्ने संस्था एचपिए र केही विश्वविद्यालयले गरेको अध्ययनमा समलिङ्गी पुरुषमा एचआइभी संक्रमणको दर २६ प्रतिशतले बढेको उल्लेख छ । सन् २०११ मा वेलायतभर ६ हजार २ सय ८० जनामा एचआइभी संक्रमण देखिएकोमा आधा समलिङ्गी पुरुष रहेको अध्ययनमा उल्लेख छ । अध्ययनले एचाआइभी संक्रमण हुनेको संख्या बढ्नुको कारण कण्डोम प्रयोग नगर्नु रहेको उल्लेख गरेको छ । अध्ययनले बेलायतमा कण्डोम प्रगोग गरेर यौन सम्पर्क गर्नेको संख्या पनि घटेको छ ।

कण्डोम प्रयोग नगरी यौन सम्पर्क गरेका कारण एचाआइभी संक्रमणको दर बढेको अध्ययनको निष्कर्ष रहेको छ । वेलायती स्वास्थ्य सुरक्षा सम्बन्धी काम गर्ने संस्था एचपिए र केही विश्वविद्यालयले गरेको अध्ययनमा सुरक्षित सम्बन्ध राख्न सुझाव दिईएको छ । एआरभी नभएको भए एचआइभी संक्रमणको दर ६८ प्रतिशतले बढ्ने अध्ययनको दावी छ ।

तलको लिङक हेर्नुहोला

http://www.bbc.co.uk/hindi/science/2013/02/130216_condom_hiv_aa.shtml

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.