स्वतन्त्रतामा सिण्डिकेट

स्वतन्त्रतामा सिण्डिकेट

  • सोमबार, फाल्गुन ७ २०६९

पहिचान/काठमाण्डौं, फागुन ७ -अधिकार प्राप्त गरेर स्वतन्त्र भएको दिनको रुपमा लिइने फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस । १ सय ४ बर्षे राणा शासन अन्त्य गरी जनताको हातमा शासन सत्ता आएको दिनको रुपमा लिइने प्रजातन्त्र दिवस धेरैका लागि खल्लो भयो । राजनीतिक दलहरुले आजकै दिन प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी परिषद गर्ने सहमति गरेका छन् ।

यो सहमतिसँगै २०७० साल जेठ मसान्त सम्म देशमा निर्दलिय शासन व्यवस्था संचालन हुनेछ । यो बीचमा संविधानसभाको चुनाव भइसक्नुपर्नेछ । चुनाव भएर संविधानसभा गठन भएपछि फेरी दलिय नेतृत्वलेनै शासन व्यवस्था संचालन गर्नेछन । प्रजातन्त्र दिवसको दिन दलहरुले राष्ट्रपति निवासबाट चुनावी सरकार गठनबारे यो जानकारी दिइरहँदा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका सदस्य भने वेरोजगार हुनु पर्ने भएको छ ।

यो समूदायका लागि अधिकार प्राप्ती देखि खाने बस्ने व्यवस्थाको चाजो पाजो मिलाउँदै आएको नील हिरा समाजले सन् २०१३ फ्रेवुअरी महिनादेखि सबैले स्वयंसेवकको रुपमा काम गर्नु पर्ने अवस्था सिर्जना भएको जानकारी गराएको छ । यो सूचना र यो समाचार राष्ट्रिय प्रजातन्त्र दिवसको दिन सार्वजनिक भएको छ । विगत नसम्झने, भविष्य नदेख्ने र वर्तमान मात्रै सबै हो भन्नेहरुलाई यो अचुक ओखती नहोला भन्न सकिदैन ।
नील हिरा समाजको विज्ञप्ती
नील हिरा समाज तपाई हामी सबैको मातृ संस्था हो । यो संस्था आज भन्दा १२ बर्ष अगाडि देखि स्थापना भएर हाम्रो समूदायको अधिकार प्राप्तीका लागि क्रियाशिल रहँदै आएको यहाँहरु सबैलाई विदितै छ । पछिल्लो केही समय यो संस्थाबाट बाहिरिएका साथीहरुले दूरासय राखेर संस्थानै नरहने अवस्थामा पुर्याउन विभिन्न हर्कतहरु गरेको तपाई हामी कसैबाट छिप्न नसकेको तितो यर्थातता छ । यही कारणले संस्थाको नविकरण नहुँदा हाम्रो समूदायलाई सहयोग गर्दै आएका दातृ निकाय एवं सरोकारवाला निकायले हात झिकेका छन् । यो अवस्थामा आर्थिक एवं प्राविधिक कारणले संस्थाको दैनिक कार्य संचालनमा समेत असहज अवस्था सिर्जना भएको छ ।

केही महिनादेखि हाम्रो अथक प्रयासबाट संस्थालाई जिवन्त राख्न भरमग्दूर प्रयास गरिएको हो । तर यो हाम्रो प्रयासलाई नजरअन्दाज गरेर नियमनकारी निकायले संस्थाको नविकरण नगरी अधिकार प्राप्तीको अभियाननै तुहाउने मनसायले यसअघि कुनै पनि संस्थालाई नराखेका÷नसुनिएका नविकरणका शर्त अगाडि सारी तत्काल नविकरणनै नगर्ने आदेश दिएको छ । नियमनकारी निकायको यस्तो आदेश विरुद्ध पुनरावेदन अदालतमा हाम्रो तर्फबाट निवेदन दायर भएको र अन्तिम किनारा लागि संस्था नविकरणमा पुग्न कति समय लाग्ने हो भन्न सकिने अवस्था छैन ।

यस्तो परिस्थितिमा संस्थासँग आवद्ध कर्मचारी साथीहरुलाई नियमित रुपमा खाइपाइ आएको तलव लगायतका सेवा सुविधा प्रदान गर्न असमर्थ भएको जानकारी गराउनु पर्दा अन्त्यन्तै दुख लागेको छ । अत ः यस्तो विषम परिस्थितिमा सम्पूर्ण कर्मचारी साथीहरुलाई यस अभियानमा स्वयंसेवकको रुपमा प्रतिवद्ध भइ सहयोग पुर्याउनु हुन हार्दिक अनुरोध गरिन्छ । यहाँहरुले नियमित कर्मचारीको रुपमा यस संस्थालाई हाल सम्म दिनु भएको योगदान प्रति नील हिरा समाज ह्ृदयदेखिनै आभार व्यक्त गदै भविष्यमा पनि यहाँहरुको साथ सहयोगको अपेक्षा गर्दछ ।

संजिव गुरुङ्ग (पिङकी)
अध्यक्ष

नील हिरा समाजमा कार्यरत कर्मचारी यो फ्रेवूअरी महिना देखि बेतलवी हुने भएका छन् । समाजका अध्यक्ष संजिव गुरुङले दातृ निकाय एवं सरोकारवाला निकायबाट आर्थिक सहयोग आउन छाडेकाले समाजमा कार्यरत कर्मचारी वेतलवी हुने भएको जानकारी दिनुभयो । अध्यक्ष गुरुङले समाजमा कार्यरत समलिङ्गी तेश्रोलिङ्गीलाई फ्रेवुअरी महिनादेखि स्वयंसेवकको रुपमा काम गर्नु पर्ने अवस्था आएको जानकारी दिनुभयो । समाजका देशभर रहेका ३८ वटा शाखा कार्यालयमा ७ सय ५० जना समलिङ्गी तेश्रोलिङ्गी कर्मचारी कार्यरत छन् ।

समलिङ्गी तेश्रोलिङ्गीलाई सहयोग गर्दै आएका दातृ निकाय एवं सरोकारवालाले समाजको नविकरण नभएको भन्दै आर्थिक सहयोग रोकेका अध्यक्ष गुरुङले बताउनु भयो । नियमनकारी निकाय जिल्ला प्रशासन कार्यालय काठमाण्डुले नविकरणका लागि शर्त राखेपछि समाज न्यायीक निकासका लागि पुनरावेदन अदालत पुगेको छ । अदालतको अन्तिम फैसला नआएको र संस्थाको नविकरण नभएकाले आर्थिक एवं प्राविधिक काम अवरुद्ध भएको अध्यक्ष गुरुङले बताउनु भयो । संस्थाको नविकरण नहुँदा रेडियो कार्यक्रम पहिचान जनवरी देखि बन्द भइसकेको छ ।

 

 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading