तेश्रोलिङ्गी भूमिकालाई नइ रामलक्ष्मी पुरस्कार प्रदान

तेश्रोलिङ्गी भूमिकालाई नइ रामलक्ष्मी पुरस्कार प्रदान

  • सोमबार, फाल्गुन २८ २०६९

Bhumikaपहिचान/काठमाण्डौ, फागुन २८- नई प्रकाशनले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका नौ जना प्रतिभालाई यो बर्षको नई पुरस्कार प्रदान गरेको छ । नई प्रकाशनले नई पुरस्कार २०६९ को धर्म सस्कृति तर्फ १००८ स्वामी भागवताचार्यलाई नइ चन्द्रधन पुरस्कार प्रदान गरेको छ ।

यस्तै राष्ट्रिय अखण्डता र स्वतन्त्रता विषयक चिन्तक डाक्टर भीमार्जुन आचार्यलाई नइ कीर्तिनिधि पुरस्कार र तेश्रोलिङ्गी भूमिका श्रेष्ठलाई नइ रामलक्ष्मी पुरस्कार प्रदान गरिएको छ । नई प्रकाशनले २०६६ सालदेखि समलिङ्गी तेश्रोलिङ्गीका तर्फबाट एक जनालाई पुरस्कार प्रदान गर्दै आएको छ । समाजका अरु व्यक्तित्व सरह सम्मान पाउन सघर्ष गर्दै आएका फरक पहिचान भएका समलिङ्गी तेश्रोलिङ्गीलाई नइ प्रशासनले नइ रामलक्ष्मी पुरस्कार प्रदान गर्दै आएको छ । पहिलो नइ रामलक्ष्मी पुरस्कार नील हिरा समाजका कार्यकारी निर्देशक एवं पूर्व सभासद् सुनिलवावु पन्तलाई प्रदान गरिएको थियो ।

यस्तै २०६७ सालमा नील हिरा समाजका उपकार्यकारी निर्देशक मनिषा ढकाल र २०६८ सालमा समाजका अध्यक्ष संजिव गुरुङ पिंकीलाई नइ रामलक्ष्मी पुरस्कार प्रदान गरिएको थियो । यो बर्षको रामलक्ष्मी पुरस्कार नील हिरा समाजकी समलिङ्गी तेश्रोलिङ्गी मानवअधिकारकर्मी भूमिका श्रेष्ठले पाउनु भएको हो ।

पन्त समलिङ्गी हुनुहुन्छ भने मनिषा, पिंकी र भूमिका तेश्रोलिङ्गी हुनुहुन्छ । पुरस्कार पाएपछि तेश्रोलिङ्गी भूमिका श्रेष्ठले समाजमा अरु सरह जीउनका लागि संघर्ष आएका समूदायका सदस्यलाई पुरस्कार प्रदान गरेकोमा खुशी व्यक्त गर्नु भयो । श्रेष्ठले समाजमा अहिले पनि विभेद भइरहेको भन्दै विभेद अन्त्यका लागि सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading