समलिङ्गी /तेश्रोलिङ्गीले देशभरका प्रशासन कार्यालय घेराउ गर्ने

समलिङ्गी /तेश्रोलिङ्गीले देशभरका प्रशासन कार्यालय घेराउ गर्ने

  • मंगलबार, फाल्गुन २९ २०६९

पहिचान /काठमाण्डौ ,फागुन २९ -समलिङ्गी / तेस्रो लिङ्गीले नीलहीरा समाजको नवीकरणको माग गर्दै भोलिदेखि देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाण्डूले संस्थाको नवीकरण नगर्दा समलिङ्गी र तेस्रो लिङ्गीको रोजगारी गुमेको भन्दै उनीहरुले धर्नाको घोषणा गरेका हुन् ।

आवश्यक सबै प्रक्रिया पुरा गर्दा पनि जिल्ला प्रशासन कार्यालय काठमाण्डूले नवीकरण नगरेको समाजको गुनासो छ । समाजले लैङ्गिक हिंसा अन्त्य गर, तेश्रोलिङ्गीहरुको रोजीरोटीको व्यवस्था गर, हामीले पाएको रोजगारी बन्द नगर, नील हिरा समाजको नविकरण तुरुन्त गर जस्ता नारा तय गरेर धर्ना दिन लागिएको जनाएको छ । समाजले सम्पूर्ण पुरानो तर गलत नागरिकता लिन बाध्य तेश्रोलिङ्गीहरुको सहि पहिचानको नागरिकता पाउने व्यवस्था गर्न, तेश्रोलिङ्गीहरु माथि विनाकारण हुने धरपकड बन्द गर्न, स्थानीय निकायको चुनाव अविलम्व गर्न र दण्डहिनता अन्त्य गर्न पनि माग गरेको छ । नील हिरा समाजकी अध्यक्ष सजिव गुरुङ्ग पिंकीले संस्थाको नविकरण नहुँदा देशभर रहेका कर्मचारीको रोजीरोटि गुम्न लागेकोले आफूहरु गर या मरको अवस्थामा पुगेको बताउनुभयो । अध्यक्ष गुरुङले घर परिवार, समाज सबैबाट एक्लो भएका समलिङ्गी तेश्रोलिङ्गी आफ्नो अधिकार प्राप्तीका लागि मर्न समेत तयार रहेको बताउनु भयो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading