समूदायका लागि मर्न तयार छौ : अध्यक्ष गुरुङ

समूदायका लागि मर्न तयार छौ : अध्यक्ष गुरुङ

  • मंगलबार, फाल्गुन २९ २०६९

sanjeeb_gurung

काठमाण्डौ, फागुन २९- समलिङ्गी तेश्रोलिङ्गी समूदायको मातृ संस्था नील हिरा समाज रहने नरहने अन्तिम घढीमा पुगेको छ । नियमनकारी निकाय जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले संस्थाको नविकरणका लागि राखेका तीन वटा शर्त पूरा गर्दा पनि संस्थाको नविकरण भएको छैन । संस्थाको नविकरण नहुँदा समलिङ्गी तेश्रोलिङ्गी समूदायको अधिकार प्राप्तीको अभियानमा बाधा पुगेको छ भने नियमित ७ सय ५० जना कर्मचारीको रोजिरोटी गुम्ने अवस्थामा पुगेको छ ।
समाजले बाध्य भएर आन्दोलनको तयारी थालेको छ । कि गर कि मरको अवस्था आएको भन्दै समलिङ्गी तेश्रोलिङ्गीले काठमाण्डौंमा अकुपाई सिडियो नाम दिएर प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन लागेका छन् भने देशभरका प्रशासन कार्यालय घेराउ गर्ने समाजले बताएको छ । यसै सन्दर्भमा पहिचानको टोलीले समाजका अध्यक्ष संजिव गुरुङ पिकीसँग कुराकानी ।
१२ बर्षको अवधीमा भएका सघर्षलाई कसरी सम्झनुहुन्छ ?
शुरुवातका दिन सघर्षशिलनै थिए । यति सहज थिएनन् । एक दुई बर्ष अगाडिदेखि अलि सहज हुँदै थियो । अहिले पनि सघर्षनै गर्नु परिरहेको छ । नील हिरा समाजको नविकरण नभएको छ सात महिना भयो । आउने तयारीमा रहेको योजना आएका छैनन् भने आइरहेका योजना पनि बन्द हुने अवस्थामा छन् । रोजगारी पाइरहेका ७ सय ५० जनाको रोजिरोटी गुम्ने अवस्था आएको छ । अहिलेको सघर्ष संस्थाको नविकरण कसरी गर्ने र अधिकार प्राप्तीको अभियानलाई कसरी अगाडि बढाउने भन्नेनै छ ।
संस्थाको नविकरण नहुदाँ देशभरका समलिङ्गी तेश्रोलिङ्गीलाई के असर परेको छ ?
७ सय ५० जना कर्मचारीलाई संस्थाको नविकरण नहुँदा प्रत्यक्ष असर पारेको छ । त्यसदेखि बाहेक ४ देखि ५ लाख हाराहारीमा रहेका सदस्यहहरु प्रत्यक्ष पाइरहेको सेवाबाट वञ्चित हुनुपरेको छ । संस्थाले एचआइभी एड्सको कार्यक्रम संचालन गरिरहेको थियो । एचआइभी संक्रमितले सेवा पाइरहेको अवस्था थियो । तर संस्थाको नविकरण नहुँदा दातृ निकायले सहयोग गर्न बन्द गरिदिए । एचआइभी अवारनेसको कार्यक्रम पनि बन्द भएको छ र एचाआइभी संक्रमितहरुले लिइरहेको सेवाबाट पनि उनीहरु बञ्चित हुनुपरेको छ । संगठित हुने अभियान र मानवअधिकारको अभियानलाई रोक्ने काम जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले गरेको छ । यो हाम्रो समूदायका लागि दुखदायी कुरा हो । त्यसैले यस्ता धेरै दुखदायी कुराले अझै सघर्ष गरेर अगाडि बढ्नु पर्ने पाठ सिकाएको छ ।
प्रमूख जिल्ला अधिकारीले संस्थाको नविकरण रोक्नुको कारण के हो ?
सिडियोले आरोप लगाएको सुनिलवावु पन्तको दोहोरो तलवको कुरा थियो । उहाँले सभासद्को तलव फर्काइसक्नु भएको छ । काठमाण्डौं महानगरपालिकाको पत्र माग्नु भएको थियो त्यो पनि दिइसक्या छ । अव घरको नक्सा सुनिलवावु पन्तको नाममा बनाएको हो । जग्गा त विडिएस नील हिरा समाजकै नाममा छ । नामसारी हुने प्रक्रियामा भनेर महानगरपालिकाले पत्र पनि जारी गरिसकेको छ । यो पत्रबाट पनि प्रमूख जिल्ला अधिकारी कन्भिन्स हुनु भएन । मलाई लाग्छ सिडियोको व्यक्तिगत सोच के छ थाहा भएन तर यो सबै अभियान र समाजलाईनै बन्द गर्ने अभियानमा उहाँहरु ज्ुट्नु भएको जस्तो लाग्छ । जुन नील हिरा समाज विरोधीहरु छन्, समाजका विरुद्ध जुन अभियनहरु चालिएका छन्, उहाँहरुसँग मिलेर प्रमूख जिल्ला अधिकारीले के सोच बनाउनु भएको छ र कुन अभियान चाल्नु भएको छ ? त्यो थाहा हुन सकिरहेको छैन । तर मेरो विचारमा जुन खालको समाजको अभियान छ नील हिरा समाजले जुन खालको सफलता हासिल गरेको छ त्यो सफलतालाई विफल बनाउने र यो अभियानलाई ठप्प बनाउने तथा यो संस्थालाईनै बन्द गराउने अभियानमा उहाँहरु लगिरहनु भएको भन्ने मलाई लाग्छ ।
लामो समयसम्म नविकरण रोकिएको छ भनेर गुनासो गर्नु बाहेक अरु विकल्प केही छन् र ?
हामीले संस्थाको नविकरणका लागि विभिन्न कदमहरु पनि चाल्यौ । प्रत्यक्ष सिडियोसँग भेटेर पनि कुरा गरर्यौ र अरु निकायहरुलाई पनि लगायौ । तर उहाँ के कारणले कन्भिन्स हुनु भएन त्यो थाहा भएन । हाम्रो सोच भनेको नील हिरा समाजलाई अगाडि बढाउन र यो हाम्रो अभियानलाई अगाडि बढाउन छुट्टै एउटा रणनीति तय नगरी हुँदैन । नेपालमा अलिकति तोडफोड नगरी, धर्ना जुलुश नगरी सरकारको कान खुल्दैन रहेछ । सरकारको बन्द रहेको आँखा र कान खोल्नका लागि हामीले केही न केही गर्नु जरुरी छ । त्यसका लागि पनि देशभर रहेका समलिङ्गी तेश्रोलिङ्गीलाई जागरुक हुनका लागि अनुरोध गर्छु । अव चाडैनै संस्थाको नविकरण नभए जुलुस एवं प्रर्दशनको कार्यक्रम गर्छौ । त्यसमा सहयोग गर्न सम्पूर्ण समलिङ्गी तेश्रोलिङ्गी एवं यो समूदायसँग सरोकार राख्ने र सयोग गर्ने विभिन्न निकायलाई अनुरोध गर्छु ।
यो सघर्षमा साथ पाउने विश्वाशिलो आधार के छ ?
समूलायका साथीहरु प्रत्यक्ष अप्रत्यक्ष रुपमा तयारी अवस्थामा हुनुहुन्छ । काठमाण्डौं बाहिरका साथीहरु संस्थाको नविकरण नहुँदा चिन्तित हुनुहुन्छ । अहिले कि गर कि मरको अवस्था आइसक्यो । सिडियोबाट नविकरण रोकेर अभियानलाई रोक लगाउने दुष्प्रयास भएको छ । त्यसलाई व्रक डाउन गर्न सबै साथीहरु तयार भइसकेका छन् । साथीहरुले मर्नै परेपनि पछि हट्ने छैनौ । यदी हामी मर्नै परेपनि सघर्ष गरेरै मरौला त्यतितै हार खाएर मर्ने छैनौ भन्ने प्रतिक्रिया आइरहेका छन् । यो अधिकार प्राप्तको अभियानका लागि देशभरका समलिङ्गी तेश्रोलिङ्गी मर्नका लागि तयार भइसकेका छन् । अरुले किन नेपाल बन्द गरे ? किन आन्दोलन गर्छन भन्ने लाग्ने भएपनि अहिले यो बाध्यता बन्दै आएको महसुस महिले गर्न थालेको छु । हामीले धेरै गुनासा गर्र्यौ । प्रधानमन्त्री निवासमा लगेर पत्र छाड्र्यौ । प्रधानमन्त्रीले केही चासो देखाउनु भएको छैन । सिडियोसँग कति पटक विन्ती गर्र्यौ । सिडियोले त अझ गाली गरेर कसले छिरायो यहाँ भनेर अवदेखि छिर्न दिन्न भन्ने खालको असभ्य व्यवहार भनौ कठोर व्यवहार देखाएर हामीलाई गाली पनि गर्नुभयो । यस्तो खालको व्यवहारले हामी धेरै दुखी भएका छौ । त्यो दुख मेटाउनका लागि हामी जे पनि गर्न तयार छौ । हामीले त अहिले सम्म समूदाय र देशकै लागि गरेको हो । व्यक्तिगत स्वार्थ केही छैन । यो संस्थालाई जोगाएर समूदायको अभियानलाई अगाडि बढाउनेनै हाम्रो उद्धेश्य हो । अघि पनि कोही छैन पछि पनि कोही छैन न बुढा छ न बुढी खाली एक्लो जिन्दगी मर्नु परे पनि हामीलाई डर छैन । हामी यो संस्था र समूदायको अभियान अगाडि बढाउन मर्नका लागि देशभरका समलिङ्गी तेश्रोलिङ्गी तयार हुनुहुन्छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading