अकुपाई सिडिओ वालुवाटार सत्याग्रह शुरु

अकुपाई सिडिओ वालुवाटार सत्याग्रह शुरु

  • बुधबार, फाल्गुन ३० २०६९

DSC08828पहिचान/काठमाण्डौं, फागुन ३० – समलिङ्गी तेश्रोलिङ्गीले आजदेखि अकुपाई सिडिओ वालुवाटार सत्याग्रह शुरु गरेका छन् । नील हिरा समाजको नविकरण नहुँदा रोजीरोटी गुमेको भन्दै समलिङ्गी तेश्रोलिङ्गीले विहान दुई घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिए ।

यस्तै देशभरका जिल्ला प्रशासन कार्यालयमा पनि समलिङ्गी तेश्रोलिङ्गीले धर्ना दिएको नील हिरा समाजले जनाएको छ । समलिङ्गी तेश्रोलिङ्गीले लैंगिक हिंसा अन्त्य गर, तेश्रोलिंगीहरुको रोजीरोटीको व्यवस्था गर, हामीले पाएको रोजगारी बन्द नगर, नील हिरा समाजको नविकरण तुरुन्त गर जस्ता नारा तय गरेर धर्ना दिएका हुन् । सम्पूर्ण पुरानो तर गलत नागरिकता लिन बाध्य तेश्रोलिङ्गीहरुको सहि पहिचानको नागरिकता पाउने व्यवस्था गर्न, तेश्रोलिङ्गीहरु माथि विनाकारण हुने धरपकड बन्द गर्न, स्थानीय निकायको चुनाव अविलम्व गर्न र दण्डहिनता अन्त्य गर्न पनि समलिङ्गी तेश्रोलिङ्गीले माग गरेका छन् । आवश्यक सबै प्रक्रिया पुरा गर्दा पनि जिल्ला प्रशासन कार्यालय काठमाण्डूले दर्ता नवीकरण नगरेको निल हिरा समाजले गुनासो गरेको छ । DSC08832

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading