चुनावी सरकारलाई सहयोग गर्न आव्हान (अन्तरवार्ता सहित)

चुनावी सरकारलाई सहयोग गर्न आव्हान (अन्तरवार्ता सहित)

  • शुक्रबार, चैत्र २ २०६९

mg_0215पहिचान/काठमाण्डौं चैत २ – यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको मातृ संस्था नील हिरा समाजले अन्तरिम चुनावी मन्त्रीपरिषद गठन भएकोमा स्वागत गरेको छ । समाजका कार्यकारी निर्देशक सुनिलवावु पन्तले विज्ञप्ती निकालेर चुनावी मन्त्रीपरिषद गठनको स्वागत गर्नु भएको हो ।
लामो समयको राजनीतिक शून्यता अन्त्य गर्नका लागि प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गठन भएको चुनावी मन्त्रीपरिषदले तोकिएको मितिमा संविधानसभाको चुनाव गराउनेमा नील हिरा समाजले विश्वास गरेको विज्ञप्तीमा लेखिएको छ । निकै अप्ठ्यारो परिस्थितिमा देश गुज्रीरहेको अवस्थामा मन्त्रीपरिषद अध्यक्षको पदभार सम्हाल्नु आफैमा चुनौतीपूर्ण जिम्मेवारी भएको भन्दै समाजले विभिन्न क्षेत्रबाट यस चुनावी सरकारको पक्ष र विपक्षमा वकालत भइरहेकोमा चासो समेत व्यक्त गरेको छ ।
नेपालमा नकारात्मक कुरालाई बढी बढवा दिने, रचनात्मक भन्दा पनि ध्वंसात्मक प्रवृत्ति तथा विचारको हावी भएको पाइन्छ समाजले निकालेको विज्ञप्तीमा लेखिएको छ ः जुनसुकै प्रक्रियाबाट जुनसुकै व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन हुँदा पनि कानुनी तथा संवैधानिक कमजोरी देखाउन सकिन्छ नै । यस कारण नेपालको आजको यस परिस्थितिमा चुनावी सरकारका सम्भावनाहरु मध्येको एउटा राम्रो विकल्प सायद खिलराज रेग्मीनै हुनुहुन्छ भनिएको छ । समाजले उहाँको एक्लो प्रयासले मात्रै देशले निकास पाउने कुरा सम्भव नहुने भन्दै सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, संचारकर्मी र आम जनसमूदायको सक्रिय सहयोगको आवश्यकता पर्नेमा जोड दिएको छ । समाजले विहिवार निकालेको विज्ञप्तीमा आजको यस विकल्पलाई सबै क्षेत्रबाट रचनात्मक सहयोग गर्न आव्हान गरिएको छ । विज्ञप्तीमा लेखिएको छ ः जसले गर्दा देशले दिगो शान्ति, स्थायित्व र विकास निर्माणको बाटोमा अगाडि बढ्ने कामको थालनी होस् । रेग्मीको नेतृत्वमा बन्ने अन्तरिम चुनावी मन्त्रिपरिषदको सफलताको शुभकामना व्यक्त गर्दछौ ।
नयाँ सरकारसँगै हाम्रो पहिचान पनि नयाँ रुपमा आइरहेको छ ः पन्त
दुई महिना भन्दा धेरै समय रोकिएको रेडियो कार्यक्रम पहिचान शुरु हुनु र देशले नयाँ सरकार पाउनुलाई यहाँले कसरी लिनु भएको छ ?
सर्वप्रथम पहिचान कार्यक्रमका श्रोता माझ क्षमा प्रार्थी छौ । किनकी हामीले कार्यक्रमलाई निरन्तरता दिन सकेनौ । केही नकारात्मक तत्वहरु हाम्रो पछि लागेर भ्रम फैलाएको कारणले संस्थाको नविकरण पनि भएको छैन । तर यही बीचमा हामीलाई सहयोग गर्ने दातृ निकायहरुले जुन खालको अनियमतता भ्रष्टाचार भन्ने आरोप लागेको थियो त्यो आरोपबारे छानविन गरे । त्यस्तो कुनै अनियमितता नभएको प्रमाणित भएपछि अहिले जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले नील हिरा समाजको नविकरण नगरिरहेको अवस्थामा पनि यो संस्थाले निरन्तरता पाउनु पर्छ भनेर केही दाताहरुले आर्थिक सहयतालाई निरन्तरता दिने घोषणा गरेका छन् । खुशीको कुरा छ, पहिचान कार्यक्रम यहाँहरु माझ लिएर आउन सफल भएका छौ । आजकै दिन पूरानो डाक्टर बाबुराम भट्टराईको सरकार परिवर्तन भएर नयाँ सरकार आइरहेको छ र हाम्रो पहिचान पनि नयाँ रुपमा आइरहेको छ । यसकारण हामी सबैलाई नयाँ परिवर्तनको शुभकामना दिन चाहन्छौ । अव धेरैबाट धेरै थरी कुरा आएका छन् । चुनावी सरकारको विषयलाई लिएर त्यही पनि प्रधानन्यायाधीश आफै प्रधानमन्त्री बन्नु भएको भन्ने विषयलाई लिएर अव सामान्य स्थितिमा होइन यो देशलाई सधै यो राजनीतिक जालझेलमा मात्रै अड्काएर अनिश्चितता मात्रै राखेर कति रहने ? त्यस कारण चुनाव हुँनै पर्छ । संविधान लेखिनै पर्छ । अझ महत्वपूर्ण स्थानीय निकायको चुनावको छ । यसकारण यो अप्ठ्यारो परिस्थितिमा प्रधानन्यायाधीशले प्रधानमन्त्रीको पद सम्हाल्नु भएको छ । यसलाई अव विधिवत रुपमा के थियो कसो थियो भनेर टिका टिप्पणी गर्नुभन्दा पनि देशलाई सघाउने वेला आएको छ । यतिवेला हामीले रचनात्मक भएर अगाडि बढ्यौ भने देशले पनि निकास पाउछ । उहाँ (रेग्मी) एक्लै प्रधानमन्त्री भएर मात्रै गर्न सक्ने पनि होइन सबैको सहयोग चाहिन्छ र असाध्यै धेरै भइसक्यो राम्रा काम केही नगर्ने बनेकाहरुलाई भत्काउने भइरहेको छ । नील हिरा समाजमा पनि त्यस्तै भएको हो । राम्रो काम गर्न नदिने भत्काउन खोज्ने मात्रै अगाडि आउने भए । मेरो व्यक्तिगत विचारमा नील हिरा समाजले पनि यस्ता भत्काउनेहरुको कुरा नसुनी रचनात्मक भएर अगाडि बढ्ने र यो नयाँ सरकारले गर्ने चुनावमा समलिङ्गी तेश्रोलिङ्गी साथीहरुले पनि अगाडि बढ्ने, सघाउने, भाग लिने काम गर्छौ । नयाँ प्रधानमन्त्री खिलराज रेग्मीको कार्यकाललाई हामी शुभकामना पनि व्यक्त गर्छौ । हाम्रो एउटा सामान्य बुझाईबाट र निश्वार्थ तरिकाले उहाँप्रति शुभकामना र सहयोग रहन्छ । राजनीतिक कुनै दाउपेच हाम्रो छैन । त्यसकारण यो देशले निकास पाओस । त्यसमा हामीलाई पनि शान्ति सुरक्षा आओस । चुनाव होस भन्ने नै रहेको छ । उहाँले जुन अव मन्त्रीमण्डल बनाउनुहुन्छ त्यसमा राम्रा मान्छेहरु परुन जो देशका लागि निश्वार्थ भावले लागि पर्छन त्यो नै शुभकामना छ ।
संविधान सभा चुनावपछि चुनीनेले प्रतिनिधिले देशको कानुन लेख्ने हुन् । अव हुने संविधान सभा चुनावमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको सहभागिता कस्तो रहन्छ ?
पहिलाको अनुभव संविधान नलेखिदाँ पनि राम्रो रह्यो । धेरै कामहरु हुन सके । यो विषयमा राजनीतिक दलहरु भित्र पनि यौनिक तथा लैङ्गिक अल्पसख्यकको मुद्धा गंम्भिर मुुद्धा हो । समाजिक मुद्धा हो, राष्ट्रिय मुद्धा हो भन्ने कुरा स्थापित भएको छ । त्यसकारण अव आउने संविधानसभा चुनावमा पनि हाम्रो सहभागिता राम्रो रहन्छ उल्लेख्य रहन्छ । पहिलाको भन्दा निकै उत्साहित पनि रहन्छ । अव यसमा कसरी सहभागी हुन्छौ भन्दा विभिन्न उपायहरु छन । हामीले त राजनीतिक दलकै बाटोबाट जाने हो । त्यसकारण राजनीतिक दलहरुले पनि अल्पसंख्यक समूदायलाई आफ्नो समानुपातिक होस या प्रत्यक्ष उम्मेदवारीमा होस समावेशी बनाएर लगोस भन्ने हाम्रो आग्रह रहेको छ । अव नील हिरा समाज गैर सरकारी संस्थाको हिसावले कुनै पार्टीको प्रत्यक्ष अप्रत्यक्ष समर्थन या त्यसको झण्डा बोकेर हिड्ने काम गदैन । तर हामी यहाँ भित्र रहेका व्यक्तिहरु नगरिक पनि हुन । त्यो हिसावले आफ्नो विचार आफूलाई मन लागेको पार्टीमा अथवा नयाँ पार्टी खोल्न चाहने साथीहरुले नयाँ पार्टी खोलेर पनि जानु होला । अव यो आउँदा दिनहरुमा स्पष्ट हुँदै जाला । अव आज पहिलो दिन भएको छ । चुनावी सरकारले सकारात्मक बाटो महोल लेला भन्ने हामीले आशा गरेका छौ ।
नयाँ सरकार गठन हुनु अघिल्लो दिन अकुपाई सिडियो बालुवाटार अभियान शुरु गर्नु भएको थियो । तर नयाँ गठन भएकै दिन देखि स्थगित गर्नु भयो । कारण के हो ?
अव यो जुन तेश्रोलिङ्गीहरुको सत्याग्रह अकुपाई बालुवाटार अकुपाई सिडियो भनेर हामीले शुरु मात्रै गरेका थियौ । हुनत अकुपाई बलुवाटारमा अनौपचारिक रुपमा पहिलेदेखिनै साथ दिइरहेको हो । व्यानर सहित बुधवारदेखि गएको पनि हो । अहिले माहोल परिवर्तन भएको छ । नया सरकार आएको छ । त्यही पनि प्रधानन्यायाधी न्यायमूर्ती आफै प्रधाननमन्त्री बनेर आउनु भएको छ । रेग्मी दण्डहिनता मानवअधिकार न्यायको प्रत्याभूत गराउने कुरामा सबै भन्दा बढी सचेत बन्नुहुन्छ होला भन्ने लागेको छ । त्यसकारण उहाँको एक दिन पनि कार्यकाल देख्न पाएको छैन । अलिकति समय पनि दिएको छैन । फेरी विरोधमा गइरहँदा राम्रो पनि हुँदैन । त्यसकारण हामीले त अहिले उहाँलाई सघाउने हो र उहाँको क्षमता देश प्रतिको इमान्दारिता हेर्ने पर्खने वेला छ । उहाँलाई केही समयसम्म हामी सबैले काम गर्न दिनुपर्छ । उहाँले पनि गर्न सक्नु भएन भने विरोधका कार्यक्रम त पछि आउन सकिहाल्छ नि ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading