तेश्रोलिङ्गीहरुका लागि शौचालय निर्माण

तेश्रोलिङ्गीहरुका लागि शौचालय निर्माण

  • शुक्रबार, चैत्र २ २०६९

DSC09527पहिचान/बर्दिया, चैत ३ – बर्दियाको गुलरिया तेश्रोलिङ्गीहरुका लागि शौचालय निर्माण भएको छ । गुलरिया नगरपालिकाको सहयोगमा गुलरिया बजारको राधा कृष्ण चौक नजिकै तेश्रोलिङ्गीहरुको शौचालय निर्माण भएको हो ।

नगरपालिकाको २ लाख रुपैयाँ सहयोगमा तेश्रोलिङ्गीहरुका लागि शौचालय निर्माण भएपछि आफूहरु खुशी भएको नील हिरा समाज बर्दिया शाखाका संयोजक अभिनाष चौधरी काजलले बताउनु भयो । आफूहरुको पहिचान अनुसारको शौचालय निर्माण भएको छ काजलले भन्नुभयो ः मलमुत्र त्याग्न महिला र पुरुषको शौचालयमा जानु पर्दैन ।

नील हिरा समाजले देशभरनै तेश्रोलिङ्गीहरुका लागि शौचालय निर्माण गर्न माग गर्दै आएको छ । समाजका कार्यकारी निर्देशक सुनिलवावु पन्तले शौचालय तेश्रोलिङ्गीहरुको लागि शौचालय निर्माण गरिदिएकोमा गुलरिया नगरपालिकालाई धन्यवाद दिनु भएको छ ।

यसअघि कहाँ बनेको थियो ?

नेपाल मै पहिलो सौचालयस् तेस्रो लिङ्गि र अन्यका लागिस् सभासद सुनिल बाबु पन्तको संसद बिकास कोषको रकम मद्धे केहि रकमवाट नेपालमै पहिलो सौचालयस् तेस्रो लिङ्गि वा “महिला वा पुरुष” भन्दा अन्य पहिचान भएका समूदायका लागि नेपालगञ्ज सहरको केन्द्र, बागेश्वरी पार्क, वउा नं। ३ मा, नगर पालिकाको अनुमति(सहयोगमा निर्माण कार्य पुरा भइसकेको छ। यस समलिङ्गि, तेस्रो लिङ्गि वा “अन्य” समूदायका लागि निर्मित सौचालयको विधिबत उदघाटन मा। सुनिल बाबु पन्त द्वारा यहि मंगलबार, १४ गते चैत्र २०६८ का दिन दिनको १ बजे हुने तय भएको छ, सथानस् नेपालगञ्ज, बागेश्वरी पार्क, वउा नं। ३ मा। सुनिल बाबु पन्तले, सिप मूलक तालिम ९बेकरि, दालमोट, मोटरसाइकल मर्मतस् नेपालगञ्ज तथा काठमाण्डौ०, सुधारिएको चुलो ९गोरखा०, सौचालय ९परिवारका लागि, गोरखा०, वाटर हारभेष्ट ९गोरखा०, सडक निर्माण ९गोरखा०, लगायतका परियोजनामा समेत संसद बिकास कोषको रकम सदुपयोग गरेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading